• १४ वैशाख २०८२, आइतबार

नेपाली तारा दीपक लिम्बूको पहिलो स्वर्णिम साङ्गीतिक साँझ हुने

blog

काठमाडौँ, वैशाख १४ गते । पहिलो नेपाली तारा विजेता गायक दीपक लिम्बूको पहिलो स्वर्णिम साङ्गीतिक साँझ आयोजना हुने भएको छ । सयौँ गीत गाएर श्रोताको मन जितेका लिम्बूले आगामी भदौ १७ गते साँझको आयोजना गर्ने भएको हो । 

लिम्बूले आफ्नो जन्मदिनसँगै नेपाली तारा विजेता बनेको २० औँ वर्षगाँठ पारेर काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भदौ १७ गते साँझ ५ बजेदेखि कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रमको आयोजना ओएस म्युजिकले गरेको शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । 

साङ्गीतिक साँझ सङ्गीत प्रेमीहरूका लागि उत्कृष्ट साँझ हुने र जीवनभर स्वर दिएका गीतहरू प्रस्तुत गर्ने उहाँले बताउनुभयो । आयोजक संस्थाका प्रबन्ध निर्देशक आशिष् भट्टराईले लोकप्रिय गायक तथा पहिलो नेपाली ताराका विजेता दीपक लिम्बूको पहिलो स्वर्णिम साँझ श्राेताहरूको रोजाइमा रहेको बताउनुभयो । 

साँझमा २५ जना वाद्य वादकको प्रत्यक्ष साथ रहनेछ । उक्त कार्यक्रमका लागि प्रवेश शुल्क पाँच सय र एक हजार तोकिएको छ । गायक लिम्बूको यहाँ देशको छ चिन्ता, मुटु माग्यौ तिमीले, ढल्क्यो ढल्क्यो, मैले माया गर्न जानिनँ होला जस्ता गीतलगायत सयौँ गीत चर्चित छन् ।