• १४ वैशाख २०८२, आइतबार

सहकारीको रकम अपचलनको कसुरमा सांसद राई पक्राउ

blog

काठमाडौँ, वैशाख १४ गते ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सांसद माया राईलाई पक्राउ गरेको छ ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा सांसद राईलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो ।

सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा सांसद राईलाई काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको उहाँले बताउनुभयो । सांसद राईसमेतका व्यक्तिले उक्त सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ । रासस