युरोप रोजगारीको मागपत्र विभागबाटै प्रमाणीकरण गर्ने तयारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोप रोजगारीको मागपत्र प्रमाणीकरण वैदेशिक रोजगार विभागबाट गराउन सकिने गरी तयारी थालेको छ ।
नेपाली चलचित्रप्रति दर्शकको मोह
भारतीय चलचित्रको बोलवाला रहेकै बेला नेपाली चलचित्रले पनि भारतीय चलचित्रलाई माथ खुवाउने गरी आक्रामक व्यापार गरेका छन् ।
सामाचकेवा मूर्तिकला निर्माण कार्यशाला
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा मैथिली विकास कोष, जनकपुरधामको संयुक्त आयोजनामा आइतबारबाट छ दिवसीय ‘सामाचकेवा मूर्तिकला निर्माण कार्यशाला’ सुरु भएको छ ।
निवर्तमान प्रदेशमन्त्री अधिकारीलाई हिरासतमा राख्न दुई दिन म्याद थप
नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप दुई दिन हिरासतमा राख्न अदालतबाट म्याद थप गरिएको छ ।
सडक सुरक्षा परीक्षण नहुँदा दुर्घटना
पछिल्लो समय दिनहुँजसो हुने गरेको सडक दुर्घटनाका कारण ठुलो मानवीय क्षति हुने गरेको छ तर सडकको अवस्था के छ, सडक सुरक्षाका लागि चाहिने
चिकित्सा शिक्षामा सङ्कुचन, विद्यार्थीसँगै विदेसिन्छ करोडौँ
नेपालमा चिकित्सा शिक्षा अध्ययनका लागि निर्धारित सिट सङ्ख्या न्यून भएकै कारण अध्ययनका लागि नेपाली विद्यार्थी बिदेसिने क्रम बढ्दो छ ।
मतदाता शिक्षा स्थानीय तहबाटै
निर्वाचन आयोगले उपनिर्वाचनका लागि निर्वाचन शिक्षा कार्यक्रम स्थानीय तहमा प्रत्यायोजन गरेको छ ।
आंशिक प्राध्यापकलाई करारमा नियुक्त गर्न कार्यदल
त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागमा आंशिक प्राध्यापकका रूपमा कार्यरत व्यक्तिलाई करार बनाउन तीन सदस्यीय अध्ययन टोली गठन गरिएको छ ।
चार सञ्चारमाध्यम कालोसूचीमा
प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल काम गरेको भन्दै विभिन्न चार वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । विभिन्न ७ वटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी छानविन गरिरहेको सो कार्यालयले जनाएको छ ।
बागमती प्रदेशमा कांग्रेस र एमालेको संयन्त्र गठन
नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्र गठन भएको छ । संयन्त्रमा दुई दलका तीन–तीन नेता रहनुभएको संयन्त्रका सदस्य एवं एमाले बागमती प्रदेशका इन्चार्ज डा. राजन भट्टराईले जानकारी दिनुभयो ।
अंशको विषयमा विवाद बढेपछि पिताको हत्या
काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–७ मा अंश नदिएको झोकमा छोराले पिताको हत्या गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आइतबार पत्रकार सम्मेलन गर्दै पिताको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका नमोबुद्ध नगरपालिका–७ धारापानी पुजारीथुम्काका ४४ वर्षीय रामलाल श्रेष्ठलाई सार्वजनिक गरेको हो।
गोली लागेर प्रधानाध्यापक घाइते
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६ झप्सीमा आइतबार अज्ञात समूहबाट गोली प्रहार हुँदा एक जना शिक्षक घाइते हुनु भएको छ ।
सुवर्ण शमशेर लोकतान्त्रिक राजनीतिलाई चलायमान गराउने नेता हुनुहुन्थ्यो : मन्त्री पाण्डे
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुवर्ण शमशेर राणा नेपाली कांग्रेसप्रति समर्पित र तत्कालीन लोकतान्त्रिक राजनीतिलाई चलायमान गर्ने नेता भएको बताउनुभएको छ ।
तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली
हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ ।
बाढीले बगर बनायो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त
दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो ।
राष्ट्रपति पौडेल आज अजरबैजान जानुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल आज साँझ अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन जाँदै हुनुहुन्छ ।
सय दिनमा गरेका कामको प्रतिवेदन सार्वजनिक गर्न आग्रह
नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा बनेको बागमती प्रदेश सरकारले सय दिन पूरा गरेको छ ।
तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाले आफ्नो सात किलोमिटर लामो सुरुङमा दोस्रो पटक पानी पठाएर परीक्षण गर्न थालेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
कांग्रेसद्वारा उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो
आगामी मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ ।
सहुलियत पसलको कारोबार बढ्यो
चाडपर्वलक्षित सहुलियत मूल्य पसलको कारोबार गत वर्षभन्दा यस वर्ष बढेको छ ।
सातै प्रदेशमा आधुनिक गोदामघर
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सातै प्रदेशमा आधुनिक गोदामघर निर्माण गर्ने भएको छ ।
चलचित्रकर्मीबिच चलचित्रकै कटाक्ष
नेपाली चलचित्रको अहिले जताततै चर्चा छ । विशेष गरेर दसैँतिहारलक्षित एकैसाथ एकभन्दा बढी चलचित्र प्रदर्शन भएपछि चलचित्रले चर्चा नबटुल्ने कुरै भएन ।
निःशुल्क कृत्रिम खुट्टा वितरण
मारवाडी सेवा समिति अन्तर्गतको पशुपति गौशाला धर्मशालाले ८४ औँ गोपाष्टमी महोत्सवका अवसरमा आयोजित कार्यक्रममा सात जनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरेको छ ।
फाल्गुनन्दको मार्गनिर्देश अनुसरणयोग्य
राष्ट्रपति रामचन्द्र पौडेलले किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनले देखाउनुभएको बाटोमा हिँड्न सकेमा मुलुकको राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।