उपनिर्वाचन : उम्मेदवारको योग्यतासम्बन्धी प्रावधान पालना गर्न निर्देशन
निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा मनोनयन हुने उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी प्रावधानको पालना गर्न राजनीतिक दल र निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।
बागमतीमा बढ्यो मन्त्रालय
बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या १३ बाट बढाएर १४ वटा बनाएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले १३ वटा मन्त्रालय रहेकोमा फुटाएर १४ वटा बनाउने निर्णय गरेको हो ।
इचङ्गु नारायणमा हरिबोधिनी एकादशी मनाउनेको घुइँचो (फोटो फिचर)
प्रत्येक वर्ष हरिबोधनी एकादशीका दिन लाग्ने मेला भर्न इचङ्गु नारायणमा भक्तजनको घुइँचो लागेको छ। हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाउँछन् ।
बूढानीलकण्ठमा हरिबोधिनी एकादशी मनाउनेको भिड (फोटो फिचर)
काठमाडौँको बूढानीलकण्ठमा हरिबोधिनी एकादशी मनाउनेको भिड लागेको छ । भगवान् विष्णु नारायणको पूजा आराधना गरी मनाइँदैछ ।
कक्षा ११ र १२ का २१ वर्ष पुराना परीक्षार्थीलाई मौका परीक्षा
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ का २१ वर्ष पुराना परीक्षार्थीहरुका लागि मौका परीक्षाको आवेदन खुला गरिसकेको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार २०५६ देखि २०७७ सालसम्मका पुराना आंशिक तथा ग्रडवृद्धि परीक्षार्थीका लागि यो मौका परीक्षा खुलाइएको हो ।
सुनको मूल्यमा गिरावट
स्थानीय बजारमा सुनको मूल्य दुई हजार चार सय रुपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला एक लाख ६५ हजार रुपियाँमा कारोबार भएको छापावाला सुन मङ्गलबार एक लाख ६२ हजार ६ सय रुपियाँमा किनबेच भइरहेको छ ।
बलम्बुमा महालक्ष्मी जात्रा सुरु (फोटो फिचर)
चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरु भएको छ । बलम्बु महालक्ष्मी जात्रा काठमाडौँ उपत्यकाको प्राचिन र महत्त्वपूर्ण जात्रा हो ।
प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ
गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे)लाई पक्राउ गरिएको छ । स्थानीय सानोभ–याङबाट निजलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।
अस्वाभाविक हवाई भाडा वृद्धिले श्रमिक मारमाः अध्यक्ष भण्डारी
नेपाल वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले अस्वाभाविक रुपमा हवाई भाडा वृद्धि हुँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मारमा परेको बताउनुभएको छ ।
गौरीशङ्कर उपाध्यक्षमा उम्मेदवारको चुनावी कार्यक्रमबाट प्रतिस्पर्धा सुरु
दोलखाको गौरीशङ्कर गाउँपालिकामा आउँदो मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको सरगर्मी बढ्दै गएको छ ।
टायर पड्कँदा एकको मृत्यु, छ जना घाइते
हेटौँडा उपमहानगरपालिका ११ थानाभर्याङस्थित टायर रिपियर पसलमा टायर पड्कँदा एक जनाको मृत्यु र अन्य छ जना घाइते भएका छन् ।
घाँस काट्न गएका वृद्धको मृत्यु
मकवानपुरको राक्सिराङ गाउँपालिकामा छुट्टाछुट्टै स्थानमा भिरबाट लडेर एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।
सङ्घीय र प्रदेश सरकारबाट पुनर्निर्माणको नीतिगत निर्णय आएन
गत असोजमा अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न क्षेत्रमा अर्बौं रुपियाँको क्षति भए पनि सम्बन्धित निकायबाट बाढीपहिरोपछि गर्नुपर्ने अस्थायी आवास, पुनस्र्थापना तथा पुनर्निर्माणतर्फ
भरतपुरमा हिउँ खेल्न चाहनेलाई ‘स्नो पार्क’
तराईका जिल्लामा हिउँ खेल्न मन लागेको छ भनेर कसैले भन्यो भने हास्यपात्र बन्न सक्छ ।
‘सार्वजनिक सेवा प्रभावकारी बनाएका छौँ’
विसं २०७९ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित नेकपा (एमाले) का राजकुमार गुप्ता अहिले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हुनुहुन्छ ।
मनाइयो महालक्ष्मी जात्रा
चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा मनाइएको छ । जात्रामा यस क्षेत्रका नेवार मात्र नभएर अन्य समुदायको पनि उल्लेखनीय सहभागिता रहने गर्छ ।
अध्यक्ष लिङ्देनद्वारा राप्रपाको स्थानीय तह परिचालन र पर्यटन विभागमा मनोनयन
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम स्थानीय तह परिचालन विभाग र पर्यटन विभागका सदस्य सचिव तथा सदस्यहरू मनोनयन गरी दुई विभागलाई पूर्णता दिनुभएको छ।
भारत हुँदै तेस्रो देश जान ‘एनओसी’ नचाहिने
श्रम स्वीकृति लिएका नेपाली नागरिकलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अबदेखि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ ।
आज हरिबोधिनी एकादशी पर्वः तुलसी र दामोदरको विवाह
हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ ।
सिंहदरबारभित्र अधिकृत आन्दोलित
सर्वोच्च अदालतको आदेश पुनरवलोकन गर्न माग गर्दै प्रशासन सेवाका शाखा अधिकृतहरूले सिंहदरबारभित्रै आन्दोलन सुरु गरेका छन् ।
दिवा खाजामा स्थानीय उत्पादन प्रयोग गर्नुपर्ने
विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने दिवा खाजामा स्थानीय उत्पादन प्रयोग गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेको छ ।
एमाले प्रतिनिधिमण्डल बेइजिङ जाँदै
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको पूर्वसन्ध्यामा एमालेको उच्चस्तरीय प्रतिनिधिमण्डल मङ्गलबार बेइजिङ जान लागेको छ ।
निजी क्षेत्र अख्तियारको क्षेत्राधिकारमा नरहने
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकार क्षेत्रभित्र निजी क्षेत्रलाई समेत राख्ने व्यवस्था परिमार्जन गर्ने संसदीय उपसमितिमा सहमति भएको छ ।
कार्यान्वयनमा लाल आयोगको प्रतिवेदन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लाल आयोगको प्रतिवेदन कार्यान्वयन भइरहेको बताउनुभएको छ ।