कुलोमा डुबेर बालकको मृत्यु
हेटौँडा उपमहानगरपालिका-११ मा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
उपनिर्वाचनका लागि आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत
निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत तोकेको छ ।
डेडिकेटेड र ट्रंक लाइनको महसुल १५ दिनभित्र असुलउपर गर्न निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य नहुने बताउनुभएको छ ।
६४ सौर्य ऊर्जा परियोजना छनोट
ऊर्जा मिश्रणको अवधारणालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले ६४ वटा ऊर्जा कम्पनी छनोट गरेको छ ।
मन्त्रिपरिषद् बैठकका आठ निर्णय (सूचीसहित)
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आठ वटा निर्णय गरेको छ । सोमबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्ब गुरुङले आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आठ वटा विभिन्न निर्णय गरेको जानकारी दिनुभयो ।
उपनिर्वाचनमा पर्यवेक्षणका लागि निवेदन आह्वान
निर्वाचन आयोगले मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थाहरूलाई निवेदन आह्वान गरेको छ ।
भाषिक र सांस्कृतिक अतिक्रमणप्रति सचेत हौँ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जातीय सद्भावमा बलियो शक्ति हुने भएकाले भाषिक र सांस्कृतिक अतिक्रमणप्रति सचेत रहन आग्रह गर्नुभएको छ ।
महिला सशक्तीकरणका क्षेत्रमा उपलब्धि धेरै, चुनौती अझै छन् : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालमा लैङ्गिक समानता र महिला सशक्तीकरणका क्षेत्रमा गएका तीन दशकयता धेरै नै उपलब्धि भए पनि चुनौतीहरू पनि रहेका उल्लेख गर्नुभएको छ ।
एसियाली जनसङ्ख्या सम्मेलनको उद्घाटन प्रधानमन्त्रीले गर्नुहुने
नेपालमा हुने छैटौँ एसियाली जनसङ्ख्या सम्मेलन (एपिसी) को तयारी तीव्र रूपमा भइरहेको छ । नेपालको बदलिँदो जनसङ्ख्याको स्वरूपमा राज्यले लिने नीति बारेमा विभिन्न एसियाली देशको अनुभवले मद्दत पुग्ने सरोकारवालाहरूले बताएका छन् ।
उत्तरपुस्तिका जाँच प्रभावकारी बनाउन माग गर्दै ध्यानाकर्षणपत्र
अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवार बनाउन बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
उपनिर्वाचनमा पार्टीका उम्मेदवार जिताउन एकताबद्ध हुन माओवादी केन्द्रको निर्देशन
नेकपा (माओवादी केन्द्र) ले मङ्सिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन एकताबद्ध भएर पहलकदमी लिन निर्देशन दिएको छ ।
उपचारका लागि ब्रेन डेथ प्रक्रियाको सुरुवात गर्ने : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उपचारका लागि ब्रेन डेथ प्रक्रियाको सुरुवात गर्ने योजना भइरहेको बताउनुभएको छ ।
अस्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारमा अस्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शङ्खधर साख्वा प्रेरणादायी व्यक्तित्व : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राष्ट्रिय विभूति एवम् नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाबाट नेपाली समाजले प्रेरणा लिनुपर्ने बताउनुभएको छ ।
कर्णालीका पाँच जिल्लाले मुलुकलाई फलफूलमा आत्मनिर्भर बनाउन सक्छन् : प्रदेश कृषिमन्त्री शाह
नेपालले अहिले अभ्यास गरिरहेको राजनीतिक प्रणाली प्रजातान्त्रिक हिसाबले सबैभन्दा उच्चतम व्यवस्था हो । हामीले यसलाई उत्कृष्ट व्यवस्थाका रुपमा आत्मसात गरिरहेका छौँ । तथापि, व्यवस्था आफैँले केही गर्ने होइन, सञ्चालनकर्ताका क्रियाकलापका आधारमा निर्धारण हुन्छ ।
पार्कर खेलाडी दिनेशलाई यस वर्षको अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार प्रदान
नेपालका पार्कर खेलाडी दिनेश सुनारलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय मदर टेरेसा’ पुरस्कार प्रदान गरिएको छ । अठार पटक गिनिज विश्व रेकर्डमा नाम लेखाउन सफल सुनारले खेल क्षेत्रसँगै समाजमा पुर्याएको उत्कृष्ट योगदानको कदर गर्दै उहाँलाई नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा सो पुरस्कार प्रदान गरिएको हो ।
इच्छुमती सफाइमा महानगर
काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका नदी सफाइ अभियानलाई तीव्रता दिएको छ । महानगरको मध्य क्षेत्र भएर बग्ने इच्छुमती (टुकुचा) मा सोमबार महानगरअन्तर्गतको वातावरण विभागले सफाइ गरेको छ ।
दशक बित्दासमेत टेकोमै वसन्तपुरको सम्पदा
काठमाडौंको वसन्तपुर डबलीमा अवस्थित नेपाल–संस्कृत विश्वविद्यालयको भवन काठको टेकोमा अड्याइएको वर्षौ बितिसकेको छ । विश्व सम्पदा क्षेत्र अन्तर्गत रहेको यस भवन परिसरमा दिनहुँ हजारौं बाह्य तथा आन्तरिक पर्यटकको आवागमन हुने गरेको छ ।
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु सुखद’
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रका लागि सुखद भएको उद्योगी व्यवसायीहरुले बताएका छन् ।
उद्योगमा विद्युत लाइन सुचारु गर्न सरकारको निर्देशन
सरकारले उद्योगमा विद्युत लाइन तत्काल सुचारु गर्न निर्देशन दिएको छ । आइतवार साँझ बालुवाटारमा बसेको मन्त्री परिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।
हेटौँडामा दुई दिने बजार प्रदर्शनी मेला हुँदै
हेटौँडामा दुई दिने सामुदायिक वन उपभोक्ता समूह र साना तथा मझौला उद्योग बजार प्रदर्शनी मेला हुनेभएको छ । संयुक्त राष्ट्र विकास कार्यक्रम र एलोई प्रालिको साझेदारीमा सामुदायिक वन उपभोक्ता समूह र स्थानीय साना तथा मझौला उद्यम बजार मेला कात्तिक २९ र ३० गते हेटौँडामा हुनेभएको हो ।
दलहरू होमिए निर्वाचन प्रचारमा
आगामी मङ्सिर १६ गते हुने गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष पदका लागि जिल्लामा क्रियाशील राजनीतिक दलले निर्वाचनकेन्द्रित प्रचारप्रसार थालेका छन् ।
उपनिर्वाचनका लागि थालियो उम्मेदवारी घोषणा
हेटौँडा उपमहानगरपालिका–१२ मा हुने आसन्न उपनिर्वाचनका लागि मकवानपुरका राजनीतिक दलले उम्मेदवार चयन धमाधम गरिरहेका छन् ।
चिनी उद्योगका समस्या समाधान गर्न कार्यदल प्रस्ताव
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उखु उत्पादक किसान र चिनी उद्योगका समस्या दीर्घकालीन रूपमा समाधान गर्न कार्यदल बनाउने प्रस्ताव गर्नुभएको छ ।