• ५ मंसिर २०८१, बुधबार

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु सुखद’

blog

काठमाडौं, कात्तिक २६ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रकोा लागि सुखद भएको उद्योगी व्यवसायीहरुले बताएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रवारदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द भएसँगै विमानस्थलको उडान कटौती गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वायुसेवा कम्पनीहरुले उडान शुरु गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पूरा हुँदा पनि पूर्णरुपमा सञ्चालन हुन सकेको थिएन । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न लागेकाले उडान कटौती गरी विकल्पको रुपमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु गरेसँगै उद्योगी व्यवसायीहरु उत्साहित छन् । विमानस्थल बन्ने भएसँगै भैरहवामा निजी क्षेत्रले होटल लगायत पर्यटन पूर्वाधारमा ठूलो लगानी गरेका थिए ।

विमानस्थल सञ्चालनमा आउन नसक्दा खर्बौैंको लगानी डुब्ने चिन्तामा रहेका उद्योगी व्यवसायीहरुलाई थोरै भए पनि राहत हुने देखिएको छ । उद्योगी व्यवसायीहरुले राज्यले नीतिगत रुपमा वैदेशिक रोजगारीमा जाने यात्रुहरुको लागि पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही उडान गर्ने व्यवस्था गरी पर्यटनको लागि प्रचारप्रसार गर्नुपर्ने व्यवसायीहरुको भनाइ छ । उनीहरुले बहाना गर्ने नभ अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई सहुलियत र सेवा सुविधा दिएर दीर्घकालीन रुपमा सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । 

जजिरा,थाई र एयर एसियाले विमानस्थलबाट उडान नै शुरु गरेका छन् । विमानस्थल सञ्चालनसँगै आर्थिक क्षेत्रसँग जोड्न आवश्यक रहेको निजी क्षेत्रले बताएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको लागि १० घण्टा बन्द गर्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि सुखद भएको बताउनुभयो । उहाँले निजी क्षेत्रले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न बारम्बार सरकारसँग माग गर्दै आएको भन्दै काठमाडौंमाको विमानस्थल विस्तारको क्रममा उडान कटौती गरी भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि सकारात्मक भएको उल्लेख गर्नुभयो । 

पर्यटन आगमनको सिजनको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपर्ने अवस्था भएकाले काठमाडौं आउने पर्यटकमा कमी देखिएको बताउनु भयो । पर्यटन सिजनको समयभन्दा अन्य समयमा विमानस्थल बिस्तार गर्न व्यवसायीहरुले माग गरेको बताउनु भयो । उहाँले काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान कटौती गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान शुरु गर्दा नयाँ अवसरहरु शुरु हुने बताउनुभयो । उहाँले भैरहवा,बुटवल क्षेत्रमा होेटलमा निजी क्षेत्रको ठूलो लगानी भए पनि विमानस्थल सञ्चालनमा आउन नसक्दा खर्बौंको लगानी डुब्ने अवस्थामा रहेको बताउनु भयो ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको लागि १० घण्टा बन्दा गर्दा अन्तर्राष्ट्रिय उडानहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न थाई,एयर एसिया र जजिरा तीन वायुसेवा कम्पनीहरु उडान शुरु गरेका छन् । भैरहवाबाट विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि राम्रो विषय हो । निजी क्षेत्रले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न बारम्बार सरकारसँग माग गर्दै आएका थियौँ । काठमाडौंमाको विमानस्थल विस्तारको क्रममा भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु भएको त्यो निजी क्षेत्रको लागि खुशीको कुरा हो । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पर्यटन सिजनको समयमा उडान कटौती गर्दा काठमाडौं आउने पर्यटक कमी भएको छ । पर्यटन सिजनको समयभन्दा अन्य समयमा विमानस्थल विस्तार गर्न माग व्यवसायीहरुले गरेको हुन् । काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान कटौती गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान शुरु गर्दा नयाँ अवसरहरु शुरु हुन्छ । 

भैरहवा,बुटवल क्षेत्रमा होेटलमा निजी क्षेत्रको ठूलो लगानी भएको छ । तर विमानस्थल सञ्चालनमा आउन नसक्दा खर्बौको लगानी डुब्ने अवस्थामा थियो । अहिले भैरहवा अन्तर्राष्ट्रिय उडान हुन निजी क्षेत्रको लागि राम्रो हो । उडानको पर्यटनसँग सम्बन्धित पूर्वाधारहरुको सदुपयोग हुनेछ । भैरहवा विमानस्थलमा राज्यले दिनुपर्ने सेवा सुविधा र आवश्यक व्यवस्थाहरु छोटो समयको लागि भन्दा पनि दीर्घकालीन हुनुपर्छ । भैरहवा विमानस्थलमा जाने कम्पनीहरुलाई दिने इन्टसेन्टिभ निरन्तरता हुनुपर्छ । उडान शुरु हुँदा बुटवल,पाल्पासम्म पर्यटक वृद्धि हुने अपेक्षा छ । 

कृषि उत्पादन विक्री लगायत धेरै क्षेत्रमा राम्रो हुन्छ । त्यसलाई पुँजी निर्माण र व्यापारसँग जोड्न सक्नुपर्छ । निजी क्षेत्रको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नुपर्ने माग पूरा भएको छ । दीर्घकालीन बनाउनको लागि आवश्यक सहुलियत,सुविधा र पूर्वाधारहरु तयार बनाउनसके गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानले यो क्षेत्रको पर्यटन प्रवर्धन ठूलो योगदान गर्छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई सञ्चालनको लागि सरकारले दिनुपर्छ । निजी क्षेत्रलाई दिँदा व्यावसायिक हिसाबले गुणस्तरिय सेवाका साथ चल्नसक्छ । सरकार र निजी क्षेत्र दुवैलाई फाइदा हुन्छ ।’

उद्योगी व्यवसायी पवन गोल्यानले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि सकारात्मक भएको बताउनु भयो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको बहानामा भए पनि निजी क्षेत्रका लागि सुखद् र उत्साह बढाउने काम भएको उल्लेख गर्नुभयो । उहाँले थाई एयर एसियाले उडान शुरु गरेको भन्दै गौतमबुद्धको जन्म भूमिलाई सरकारले मार्केटिङ गर्न सक्नुपर्ने धारणा राख्नुभयो । उहाँले थाइल्याण्डका ९९ प्रतिशत बुद्ध धर्मावलम्बीहरुलाई बुद्ध नेपालमा जन्मिएको भन्ने थाहा नभएको भन्दै नेपालले प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले वैदेशिक रोजगारीमा जाने उडानहरु पनि भैरहवाबाट शुरु गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो,‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि उत्साहित हुने खबर हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको बहानामा भए पनि निजी क्षेत्रका लागि सुखद् र उत्साह बढाउने विषय हो । थाई एयर एसियाले उडान शुरु गरेको छ । नेपालको मार्केटिङ गर्न सक्नुपर्छ । थाइल्याण्डका ९९ प्रतिशत बुद्ध धर्मावलम्बीहरुलाई बुद्ध नेपालमा जन्मिएको भन्ने थाहा छैन । नेपालले प्रचारप्रसार गर्नुपर्छ । लुम्बीनीको प्रचारलाई महत्व दिनुपर्छ । वैदेशिक रोजगारीमा जाने उडानहरु पनि भैरहवाबाट शुरु गर्नुपर्छ । सबै काठमाडौंमा चाप परिरहेको छ । केही उडान पोखरा र केही भैरहवाबाट गर्नुपर्छ । बुद्धको जन्मभूमिको रुपमा सरकारले विश्वमा प्रचार गर्नसके गौतमबुद्ध विमानस्थल सञ्चालनसँगै  लुम्बिनी पर्यटकको हब बन्नसक्छ । लुम्बिनीमा होटल ठूला लगानी भएको छ भने उद्योगको राजधानी बनेको छ । खर्च गर्ने क्षमता पनि बढी छ । पर्यटक गतिविधिहरु बढाउन आवश्यक छ ।’

उहाँले अन्तर्राष्ट्रिय सबै उडान काठमाडौंबाट हुँदा ठूलो चाप परिरहेको भन्दै केही उडान पोखरा र भैरहवबाट गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बुद्धको जन्मभूमिको रुपमा सरकारले विश्वमा प्रचार गर्नसके गौतमबुद्ध विमानस्थल सञ्चालनसँगै लुम्बिनी पर्यटकको हब बन्नसक्ने बताउनुभयो ।