बाढीपीडितले अझै पाएनन् राहत
रामेछापको मन्थली नगरपालिका–१, मन्थलीघाटकी ६५ वर्षीय मनमाया श्रेष्ठ अझै बासविहीन अवस्थामै हुनुहुन्छ ।
चाडपर्वपछि सुनसान बन्दै गाउँ
कमलामाई नगरपालिका–३, चपौली निवासी ८८ वर्षीय पद्मनाथ देवकोटा दसैँका बेला तीन छोराबुहारी र नातिनातिनासँगै रमाउनुभयो ।
गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान
मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ ।
मर्मतको बहानामा भाडा बढाउनु अनुचित
मर्मत तथा स्तरोन्नतिका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गरिँदा केही विदेशी विमान सेवाले भाडा बढाउने पहल गरेका छन् ।
सौराहामा पर्यटक घुम्ने बढे, होटेलमा बस्न रुचाएनन्
पर्यटकको सङ्ख्या बढे पनि सौराहामा होटेलमा बस्ने पर्यटक घटेका छन् ।
साउदी अरबमा लचिलो नीति
साउदी अरबमा कार्यरत विदेशी महिला घरेलु श्रमिकलाई काम चित्त नबुझे दुई महिनाभित्र स्वदेश फर्किन वा रोजगारदाता (स्पोन्सर) परिवर्तन गर्न सकिने नयाँ सुविधा दिन लागिएको छ ।
आज गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइँदै
प्रजातन्त्र पुनः स्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको एक सय १०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
स्थानीय निर्वाचन सुरक्षा तयारी
आगामी मङ्सिर १६ गतेका लागि तय भएको स्थानीय तह उपनिर्वाचनका सुरक्षा तयारी सुरु भएको छ ।
विदेशी शैक्षिक कार्यक्रम : कानुनी दायरामा ल्याउन सुझाव
नेपालमा विदेशी विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका संस्थालाई कानुनी दायरामा ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको एक समितिले सुझाव दिएको छ ।
मानव अधिकार उल्लङ्घन मधेशमा बढी
सात प्रदेशमध्ये सबैभन्दा बढी दलित मानव अधिकार उल्लङ्घनका घटना मधेश प्रदेशमा भएको अध्ययन प्रतिवेदनले देखाएको छ ।
सर्वोच्चकाे न्यायाधीशमा निरौला र पाण्डेय सर्वसम्मत अनुमोदित
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मत अनुमोदन गरेको छ ।
निजामती कर्मचारी ‘परीक्षामा अब्बल, काममा दुर्बल’
परीक्षामा शतप्रतिशत सफलता हासिल गर्ने निजामती कर्मचारीको कार्यसम्पादनबाट सरकारको काममा अपेक्षाकृत परिणाम भने आउन सकेको छैन ।
पाठ्यपुस्तकको त्रुटि सच्याउन ध्यानाकर्षण
विद्यालय तहका पाठ्यपुस्तकमा रहेका त्रुटि सच्याउन अनेरास्ववियुले पाठ्यक्रम विकास केन्द्रलाई ध्यानाकर्षण गराएको छ ।विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठ भेटेर शुक्रबार अनेरास्ववियुले ध्यानाकर्षण गराएको हो ।
पेरिस सम्झौताअन्तर्गत वन मन्त्रालय र डब्लुडब्लुएफविच सम्झौता
नेपालको जलवायु कार्य प्रयासलाई थप बढावा दिन वन तथा वातावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष (डब्लुुडब्लुएफ) बिच सम्झौतामा हस्ताक्षर भएको छ। मन्त्रालयमा आज भएको सम्झौताको उद्देश्य पेरिस सम्झौताअन्तर्गत बृहत् पारदर्शिता ढाँचा (इटिएप) को आवश्यकताहरू पूरा गर्न राष्ट्रिय क्षमता निर्माण गर्ने लक्ष्य राखिएको छ ।
नयाँ गीत ‘कुनै दिन त’ सार्वजनिक
युवा पुस्ताका लोकप्रिय गायक नारायण थापाको स्वरमा सजिएको नयाँ गीत ‘कुनै दिन त’ सार्वजनिक भएको छ । चर्चित गीतकार डा. कृष्णहरि बरालको शव्द रचना रहेको उक्त गीत शुक्रवार आभूषण इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरिएको हो ।
‘खेलकुदको बिकास प्राथमिकताका साथ गर्छौं’
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले खेलकुद क्षेत्रको बिकास प्राथमिकताका साथ अगाडि बढाउने प्रतिवद्धता जनाउनुभएको छ ।
क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणबारे जाइकाद्वारा निरीक्षण
असोज दोस्रो साताको बाढीपहिराबाट क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक टोलीले स्थलगत अवलोकन सुरु गरेको छ। कात्तिक दोस्रो साता दुई दिन र बिहीबार गरी दुई पटक अवलोकन–निरीक्षण भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
नारायणगढ-मुग्लिन सडक दुर्घटना : मृतक पाँचै जनाको सनाखत
भरतपुर महानगर पालिका वडा नम्बर २९ सत्र किलोमा शुक्रबार बिहान विद्युतीय गाडी र बस ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा एक गम्भीर घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक शनिबार बिहान पार्टी कार्यालय बालाजुमा बस्ने भएको छ । बैठकमा आसन्न उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।
न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने कार्यमा लाग्नेछु : नित्यानन्द पाण्डे
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नित्यानन्द पाण्डेले न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने कार्यमा आफू समर्पित भएर लागिपर्ने बताउनुभएको छ ।
निष्ठाका साथ न्याय सम्पादनको काम गर्नेछुः नृपध्वज निरौला
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाले आफूले निष्ठापूर्वक न्याय सम्पादन गर्ने बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा संसदीय सुनुवाइको क्रममा उहाँले संविधान र कानुनले दिएको जिम्मेवारी निर्भयताका साथ निष्ठापूर्वक न्याय सम्पादन गर्ने बताउनुभएको हो ।
हवाई भाडावृद्धि नियन्त्रणमा मन्त्री पाण्डेको अग्रसरता
संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय विमान कम्पनीको हवाई भाडामा भएको वृद्धि नियन्त्रण गर्न अग्रसरता देखाउनुभएको छ ।
प्रस्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको नाम अनुमोदित
सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम अनुमोदन गरेको हो ।
चितवनमा बलेरोले ठक्कर दिँदा एक जनाको मृत्यु
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिका वडा नम्बर ५ नयाँचोकमा शुक्रबार मध्याह्न १२ बजे ना ४ च ६९५१ नम्बरको बलेरोले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।