• १८ पुस २०८१, बिहिबार

नयाँ गीत ‘कुनै दिन त’ सार्वजनिक

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २३ गते । युवा पुस्ताका लोकप्रिय गायक नारायण थापाको स्वरमा सजिएको नयाँ गीत ‘कुनै दिन त’ सार्वजनिक भएको छ । चर्चित गीतकार डा. कृष्णहरि बरालको शव्द रचना रहेको उक्त गीत शुक्रवार आभूषण इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरिएको हो । 

गीतमा गैरे सुरेशले संगीत, महाराज थापाले एरेञ्ज, किशोर थापाले मिक्सिङ मास्टरिङ दिनुभएको छ । कमल सिंह, जीवन आचार्य र सुस्मिता अधिकारीको अभिनय छ । बुद्ध थापाको छायांकन तथा विकास दाहालको सम्पादन रहेको सो गीतको निर्देशन प्रकाश धितालले गर्नुभएको हो ।

केही दिनअघि पनि गायक थापाको स्वरमा रहेको गीत ‘तिहार राम्रो’, ‘रातभरि’, ‘परिणाम नखोज’ र ‘सोह्रै शृंगार’ आइसकेका छन् भने ‘आफू बर्बाद भएर’, ‘हर प्रहर प्रहार छ’, ‘यो हावा चञ्चल हुन्छ’, ‘खतरा होला नि’, ‘मायाले’, ‘गाउँ फर्क’, ‘दिल आफ्नै थियो’ लगायत सार्वजनिक हुने पर्खाइमा छन् । 

हाल विभिन्न मेला–महोत्सव एवं साँस्कृतिक कार्यक्रममा व्यस्त गायक थापाले ६ दर्जनभन्दा बढी गीत गाइसक्नुभएको छ । उहाँको ‘अजम्बरी’ (२०७२), ‘परिवेश’ (२०७७) र ‘आकर्षण’ (२०७९) एल्वम बजारमा आइसकेका छन् । चौथो एल्वम ‘आभूषण’ छिट्टै आउने तयारीमा छ । 

थापालाई विभिन्न दर्जनौँ सरकारी–गैर सरकारी संस्थाले अभिनन्दन, पुरस्कार र अवार्डसहित सम्मानित गरेका छन् । ‘राष्ट्रिय वर्ष व्यक्ति सम्मान–२०७८’, ‘राष्ट्रिय संगीतकर्मी सम्मान–२०७९’, ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड सम्मान–२०२२’, ‘राष्ट्रिय व्यक्तित्व तथा प्रतिभा सम्मान–२०८०’, ‘सगरमाथा कला सम्मान–२०८०’, ‘राष्ट्रिय विलक्षण प्रतिभा सम्मान’, ‘राष्ट्रिय व्यक्तित्व सम्मान–२०८१’, ‘जिनियस म्युजिक अवार्ड–२०७८’, ‘नेपाल आर्ट कल्चर एण्ड मुभिज् अवार्ड–२०७८’, ‘४औं म्युजिक एण्ड फेसन अवार्ड–२०२३’, ‘स्पर्स म्युजिक अवार्ड–२०२३’, छैटौं सगरमाथा म्युजिक अवार्ड–२०८१’, ‘११औं नेपाल–अफ्रिका फिल्म फेस्टिभल–२०२३’ (निर्णायक), ‘११औं म्युजिक खवर म्युजिक अवार्ड–२०८१’ (निर्णायक), ‘विशेष नागरिक अवार्ड तथा स्रष्टा सम्मान–२०८१’ (निर्णायक) आदि यसका उदाहरण हुन् ।