• १२ पुस २०८१, शुक्रबार

नारायणगढ-मुग्लिन सडक दुर्घटना : मृतक पाँचै जनाको सनाखत

blog

दुर्घटनाग्रस्त बस र विद्युतीय गाडी ।

वसन्त पराजुली 

नारायणगढ, कात्तिक २३ गते। नारायणगढ–मुग्लिन सडकको सत्रकिलोमा भएको दुर्घटनामा मृत्यु हुने पाँचै जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार दुर्घटनामा मृत्यु हुनेमा गोर्खा आरुघाटका  राजबहादुर गुरुङ, विद्युतीय सवारी साधनका चालक चितवन खैरहनीका  अनाेज अधिकारी,  नवलपरासी विनयत्रिवेणीका सन्तोष  भुषाल, सविना  भुषाल र भारत घर भएर पोखरा बस्ने  कुमार साह  हुनुहुन्छ ।

भरतपुर महानगर पालिका वडा नम्बर २९ सत्र किलोमा शुक्रबार बिहान विद्युतीय गाडी र बस ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा एक गम्भीर घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मुग्लिङबाट  नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६–००१ ज ०२९८ नम्बरको  विद्युतीय गाडी र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको को बस एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो।

यो पनि पढ्नुहोस

चालक निदाएपछि दुर्घटना, मृतकको सङ्ख्या पाँच पुग्यो

नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना चार जनाको मृत्यु