• २६ पुस २०८१, शुक्रबार

चितवनमा बलेरोले ठक्कर दिँदा एक जनाको मृत्यु

blog

वसन्त पराजुली
नारायणगढ कात्तिक २३ गते ।
चितवनमा शृङ्खलाबद्ध दुर्घटना भइरहेको छ । शुक्रबार बिहानै पाँच जनाको ज्यान जाने गरी दुर्घटना भएको घटना सेलाउन नपाउँदै दिउँसो पुनः दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिका वडा नम्बर ५ नयाँचोकमा शुक्रबार मध्याह्न १२ बजे ना ४ च ६९५१ नम्बरको बलेरोले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा पर्सा सखुवापर्सौनी गाउँपालिका वडा नम्बर ४ घर भई हाल पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नम्बर ५ मा डेरा गरी बस्ने वर्ष १७ का इशान अन्सारी छन् ।

गम्भीर घाइते भ  उपचारका लागि भरतपुर अस्पताल पुर्‍याइएकोमा उहाँको त्यहीं मृत्यु भएको हो ।

बलेरो र चालक माडी नगरपालिका वडा नम्बर ३ बस्ने २४ वर्षीय मनोज महत्तोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार बिहान नारायणगढ मुग्लिन सडकखण्डको सत्रकिलोमा भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो  । मृतकमध्ये चार जनाको सनाखत भएको छ भने एक महिलाको सनाखत हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।

सत्रकिलोमा भएको दुर्घटनामा परी मृत्यु हुनेमा गोर्खा आरुघाटको राजबहादुर गुरुङ, विद्युतीय सवारी साधनका चालक अनोज अधिकारी, भरतपुरका दुर्गाबहादुर थापा र कास्की पोखरामा बसाइ रहेका भारतीय नागरिक राजकुमार साह रहेकाे प्रहरीले जनाएको छ ।

एक जना नाम थर नखुलेका घाइतेको अहिले पनि  चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।

भरतपुर महानगर पालिका बडा नम्बर २९ सत्रकिलोमा शुक्रबार बिहान ३ बजे पोखराबाट  नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६–००१ज ०२९८ नम्बरको  विद्युतीय गाडी र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठाेक्किँदा सो दुर्घटना भएको थियो ।