नेकपा एसको बैठक आह्वान
नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०ले केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउन केन्द्रीय कमिटीको पूर्ण बैठक आइतबार बस्ने भएको छ ।
महाकाल भगवानको मूर्ति
काठमाडौँ हनुमान ढोका परिसरमा गणेशस्थान अर्थात् मरु टोलमा रहेको महाकाल भगवानको निकै नै कलात्मक शैलीको आकर्षक प्राचीन मूर्ति। यो मूर्ति गणेशस्थानबाट मरु टोल जाँदा प्राचीन विश्वेश्वर महादेवको मन्दिर नजिक रहेको चैत्यको पछाडि घरको पेटी अर्थात् खुला आकाश मुनि रहेको छ।
सय वर्षअघि चलेको रेल
आजभन्दा सयौँ वर्षअघि मानिस नेपाल खाल्डोबाट चारभन्ज्याङ काटेर कुन बाटो जान्थे र भित्रिन्थे होला । युरोपियन पादरीहरू तथा काश्मीरी मुसलमानहरू भारत, नेपाल हुँदै तिब्बत पुग्दथे, चिनियाँ भिक्षुहरू तिब्बतबाट नेपाल हुँदै भारत पुग्दथे । त्यसबेला भारतबाट ब्रिटिसहरूले तिब्बतसँग व्यापार गर्थे । सन् १८४९ मा अङ्ग्रेज अफिसरका रूपमा कर्कपेट्रिक पहिलो पटक राजधानी काठमाडौँ उपत्यका भित्रिएका थिए । त्यसताका तत्कालीन श्री ३ जङ्गबहादुर राणा बेलायतको यात्रामा निस्किनुभएको थियो । तत्कालीन समयको त्यो बाटो थियो थानकोट–चन्द्रागिरि पर्वत हुँदै चित्लाङ, भीमफेदी, कुलेखानी, वीरगन्ज रक्सौल पुग्ने एक मात्र बाटो थियो । यही बाटो तराईका जङ्गलमा सिकार खेल्न तत्कालीन श्री ३ महाराजहरूका परिवार, पाहुनापासा
अधिकांश कानुन प्रत्यायोजित विधायनको मान्यताविपरीत,प्रतिवेदन कार्यान्वयन गरिएन
बागमती प्रदेश सभाको अर्थ तथा विकास समितिले बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र अन्तर्गतका निकायसँग सम्बन्धित प्रत्यायोजित विधायनको अध्ययन
ढुङ्गा लागेर विद्यार्थीको मृत्यु
पूर्वी मकवानपुरको बकैयामा सडक माथिबाट खसेको ढुङ्गा लागेर एक जना विद्यार्थीको मृत्यु भएको छ । विद्यालयबाट घर फर्किँदै गर्दा बकैया गाउँपालिका–६ सानो ज्यामिरेमा बाटो माथिबाट खसेको ढुङ्गाले लागेर ८ वर्षीया सुष्मा थिङको मृत्यु भएको हो ।
रामेछापका गाउँ गाउँमा लाखे नचाइँदै
रामेछापका मन्थली, चिसापानी, साँघुटारलगायत नेवार बस्तीमा लाखे नचाइएको छ । मन्थलीका नेवार समुदायले नागपञ्चमीका दिनदेखि कृष्णाष्टमीको भोलिपल्टसम्म हरेक साँझ लाखेनाच निकाल्ने गरेका छन् । ढोल र झ्याम्टाको आवाजको तालसँगै हरेक साँझ लाखेनाचले मन्थली बजारवासीलाई आकर्षित गरिरहेको छ । हरेक साँझ झ्याली र बाजाको तालमा दुई वटा लाखे मन्थली बजारमा नचाइन्छ ।
जाइकाको प्रमुख प्रतिनिधिमा मात्सुजाकी
नेपालको प्रमुख अन्तर्राष्ट्रिय विकास साझेदार जाइका नेपालको नयाँ प्रमुख प्रतिनिधिका रूपमा मात्सुजाकी मिजुकी आउनुभएको छ । काठमाडौँमा शुक्रबार आयोजित एक समारोहबिच उहाँलाई नेपालमा स्वागत गरिएको छ । स्वागतलगत्तै उहाँले नेपालसँग आफ्नो पुरानो निकटता रहेको बताउनुभयो । जाइका नेपालको प्रमुख प्रतिनिधिका रूपमा नेपाल सरकार र नेपाली जनतालाई सहयोग गर्न आतुर रहेको उहाँले प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा रहँदा यहाँको विकास र समृद्धिलाई बढावा दिने जाइकाको उद्देश्य अनुसार विकासको लक्ष्य हासिल गर्न नेपाली जनता र सरकारलाई सहयोग गर्न प्रतिबद्ध रहने छु ।” यस वर्ष जापानको विकास सहायता विस्तारको ६० औँ वर्षगाँठ मनाइँदै छ । थप विकास प्रयासलाई निरन्तरता दिँदै कोसेढुङ्गामा परिणत गर्ने विश्वास पनि उहाँले सो क्रममा व्यक्त गर्नुभयो । फिलिपिन्स, अफ्रिकालगायतका देशको विकास तथा जापानको विभिन्न मन्त्रालयमा समेत लामो अनुभव रहेको उहाँले आफ्नो अनुभवलाई नेपालमा उपयोग गर्दै दुई देशको सम्बन्धलाई उचाइमा पु¥याउन सघाउने प्रस्ट्याउनुभयो ।
दुर्घटनामा परेकाको तत्कालै उद्धार, छैनन् एकीकृत सेवा संयन्त्र
भारतीय नागरिक सवार युपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ स्थित ऐनापहराबाट मस्र्याङ्दी नदीमा खस्यो । शुक्रबार बिहान ११:१५ मा खसेपछि बसको पछाडि रहेका अरू गाडीका यात्रुले प्रहरीलाई खबर गरे । प्रत्यक्षदर्शी सुब्बा लामाका अनुसार १५ मिनेटमै प्रहरी र एम्बुलेन्स घटनास्थल पुगेका थिए । त्यसको केहीछिनमै आबुखैरेनीस्थित स्थानीय स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मीको टोली पुग्यो । उहाँले भन्नुभयो, “बस दुर्घटनामा प्रहरी, एम्बुलेन्स र स्वास्थ्यकर्मीले एकैसाथ उद्धार र स्वास्थ्योपचार थाल्नुभयो ।”
काठमाडौंमा तीन दिने तीज मेला सुरु
हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ शुक्रबारबाट सुरु भएको छ ।
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन मन्त्री काफ्लेको निर्देशन
बाढी पहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले निर्देशन दिनुभएको छ ।
तनहुँ बस दुर्घटना : ११ जनाको उपचार शिक्षण अस्पतालमा, एकको अवस्था गम्भीर
तनहुँ बस दुर्घटनाका घाइते भएका ११ जनालाई उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ। अस्पतालको आकस्मिक विभाग प्रमुख डा. रामप्रसाद न्यौपानेका अनुसार तनहुँ बस दुर्घटनामा घाइते भएका ११ जना उपचारका लागि अस्पतालमा ल्याइएको हो।
अन्तर्राष्ट्रिय फोटोग्राफी दिवस : १३ महिला फोटोग्राफरको संघर्ष र साहसको जीवित दस्तावेज
अन्तर्राष्ट्रिय फोटोग्राफी दिवसको अवसरमा, भ्वाइसेज अफ विमेन मिडियाले अ सिम्फोनी अफ साइलेन्ट स्टोरी नामक एक विशेष कृति विमोचन गरेको छ ।
भारत भ्रमण सफल भयो : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली कांग्रेसको केन्द्रीय समितिलाई हालैको आफ्नो भारत भ्रमण सफल भएको जानकारी गराउनुभएको छ ।
सशस्त्र प्रहरी उपरीक्षकविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप
सशस्त्र प्रहरी बल, नेपाल नं.४३ रिजर्भ गण हेडक्वाटर बनबेहडा, कैलालीका तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक बीर सिंह शाहूविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप लागेको छ ।
‘नयाँ सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजस्व वृद्धि भयो’
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको बताउनुभएको छ ।
संस्कृत भाषाको लोकप्रियता विश्वमै बढ्दै गएको छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषाको लोकप्रियता नेपाल र भारतमा मात्र नभई विश्वमै बढ्दै गइरहेको बताउनुभएको छ ।
तनहुँ दुर्घटनाप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त
पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तनहुँमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार र उपचारलाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ ।
बसमाथि ढुङ्गा खस्दा १९ जना घाइते, दुईको अवस्था गम्भीर
मुग्लिन नारायणगढ सडकखण्डको सत्रकिलोमा गुडिरहेको बसमा पहाडबाट खसेको ढुङ्गा लाग्दा १९ जना घाइते भएका छन् ।
सिंहदरबारभित्रै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी आन्दोलित
सरकारी सवारी साधन चलाउने ड्राइभरको जीवन बिमा (इन्स्योरेन्स) गर्न माग गर्दै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरु आन्दोलिन भएका छन् ।
सरकारले उद्योगका लागि सस्तोमा विद्युत् उपलब्ध गराउनुपर्छः अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घले सस्तोमा विद्युत् उपलब्ध गराउन सरकारसँग माग गरेको छ । नेपाल उद्योग व्यवसायी महासंघले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युतलाई कब्जा पदार्थको रुपमा सस्तोमा उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको हो ।
बङ्गलादेशबाट फर्केका विद्यार्थीलाई इन्टर्नको व्यवस्था मिलाउन पहल गर्छु : अध्यक्ष प्रचण्ड
पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशबाट फर्केका मेडिकल विद्यार्थीहरुलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
‘आँखा उपचार केन्द्र’को सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
पछिल्लो समय नेपाल नेत्रज्योति संघ चितवनले आफ्नो सञ्जाल शहरदेखि ग्रामीणतहसम्म विस्तार गरेको छ । यहाँस्थित भरतपुरमा संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले छिमेकी जिल्लाहरुमा समेत आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ ।
मङ्कीपक्स रोग लाग्नै नदिने यस्ता छन् उपाय
हाल अफ्रिकी मुलुकमा तीव्र रूपमा फैलिरहेको मङ्कीपक्स सङ्क्रमणबाट पाँच सयभन्दा बढीको मृत्यु भइसकेको छ । अफ्रिकी मुलुकमा मात्र सीमित यो रोग केही वर्षदेखि विश्वका विभिन्न देशमा देखिँदै आएको छ ।
मकवानपुरमा स्क्रब टाइफसका बिरामी बढ्दै
मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफसको मकवानपुरमा बिरामी बढ्दै गएको छ ।