पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त नगर्न निर्देशन
पार्टीका महासचिव घनश्याम भुसालले आज एक विज्ञप्ति जारी गर्दै पार्टीसम्बद्ध कुनै पनि नेताले अबदेखि सामाजिक सञ्जालमा पार्टी, कमिटी र अरु नेताहरूका बारेमा कुनै पनि नकारात्मक कुरा नलेख्न, शेयर नगर्न निर्देशन दिनुभएको हो ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएकामा राष्ट्रसङ्घद्वारा स्वागत, नेपाल सरकारलाई सघाउने प्रतिबद्धता
संयुक्त राष्ट्रसङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन, कानुन बनाउने विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएकामा स्वागत गरेको छ ।
नेपाली सेनाबाट २८० जना अधिकृत माग
नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) मा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आव्हान गरिएको छ । रिक्त २८० पदका लागि आवेदन आह्वान गरिएको हो ।
बरन्डाबाट लडेर वृद्धाको मृत्यु
हेटौँडामा लडेर शुक्रवार बिहान एक वृद्धाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ हुप्रचौर स्थित ओम्याक्स हल अगाडि. बिहान चार बजे स्थानीय ७६ वर्षीया शंखमाया लामाको लडेर मृत्यु भएको हो ।
ग्यास बुलेटसँग कार ठोक्किँदा तीन जना घाइते
पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटाैँडा उपमहानगरपालिका ९ मास्टरचोकस्थित सडक खण्डमा ग्यास बुलेटले कारलाई तीन जना घाइते भएका छन् ।
तामाङ ज्ञान महोत्सवमा इतिहासको खोजी
राणा सरकारले ‘तामाङ’ थर लेख्न लेखाउन विसं १९८९ भदौ ६ गते इस्तिहार जारी गरेको थियो । सोही दिनको स्मरणमा नौ वर्षदेखि राजधानीमा तामाङ ज्ञान महोत्सव तथा पहिचान दिवस मनाइँदै आइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा बिहीबार आयोजित तामाङ ज्ञान महोत्सवमा सहभागीले आदिवासी ज्ञान, परम्परा, सिप, साहित्य र इतिहासको खोज, अनुसन्धान र प्रवर्धनमा जोड दिनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा तामाङ न्हाङखोर, तामाङ डाजाङ र तामाङ राष्ट्रिय पुस्तकालयद्वारा आयोजित उत्सवमा प्रतिष्ठानका कुलपति भूपाल राईले आदिवासी ज्ञान परम्परा, साहित्य, संस्कृति, भाषाको संवर्धनमा जोड दिनुभयो ।
काँठेमा लट्ठिँदै सरोज
काँठे लोकभाकामा ख्याति कमाएका सरोज लामिछाने गायन र सङ्गीत सिर्जनामा मात्रै होइन अभिनयमा समेत उत्तिकै लोकप्रिय छन् । गायक तथा सङ्गीतकार लामिछाने आफ्नो गीतमा प्रायः आफैँ नै अभिनय गर्नुहुन्छ ।
सडकमै जान्छ ज्यान
साहित्यकार मनीषा गौचनले मङ्गलबार भएको एक सडक दुर्घटनामा परेका दुई जनाको उपचारका लागि आकस्मिक सेवा पाउन भोगेको पीडा सामाजिक सञ्जालमा पोस्ट गर्नुभयो । उहाँले पोखराबाट मुस्ताङ जाँदा म्याग्दीमा पहिरोबाट खसेको ढुङ्गाले दुई यात्रु घाइते भएको तर प्रहरी र एम्बुलेन्सको सहयोग कतैबाट नपाएको गुनासो गर्नुभयो । उहाँले आफ्नै पहलमा बोलेरो भाडामा लिई घाइते दुईको उपचार गराएको स्मरण गर्नुभयो । प्रहरी आएको तर कपी र कलम लिएर विवरण मात्र टिपेको उहाँको गुनासो छ । अर्को दुर्घटनामा हुम्लाको
मासियो पितृ नचाउने थलो
माझी समुदायका पितृ नचाउने ठाउँ मासिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लुका माझीले हरेक वर्ष दसैँको टीकाको अघिल्लो दिनदेखि टीकाको पर्सिपल्टसम्म पितृ नचाउने गर्छन् । ठाँटीडाँडामा रहेको सो स्थानमा सिँचाइका लागि पोखरी खनिएपछि उनीहरूको सांस्कृतिक कर्ममा समस्या भएको छ ।
बागमतीका मुख्य न्यायाधिवक्ता काफ्लेद्वारा शपथ
बागमती प्रदेशको मुख्य न्यायाधिवक्ता शुकदेव काफ्लेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
देशमा शिक्षाको स्थिति नाजुक छ : प्रथम राष्ट्रपति यादव
प्रथम राष्ट्रपति डा. रामवरण यादवले देशमा शिक्षाको अवस्था विकराल रहेको बताउनुभएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
राष्ट्रिय सभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित
राष्ट्रिय सभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नुभएको थियो ।
तीन दिनभित्र फाइलमा निर्णय दिने प्रणाली ल्याउने प्रधानमन्त्रीद्वारा जानकारी
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मन्त्रालयमा रहेका निर्णय गर्नुपर्ने फाइलबारे तीन दिनभित्र जवाफ दिने प्रणाली विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
महावीर पुनको अभियानमा हेटौँडा उपमहानगरको साथ : पाँच लाखको किताब किन्ने
हेटौँडा उपमहानगरपालिकाले नेपाली वैज्ञानिक महावीर पुनको आत्मकथामा आधारित पुस्तक खरिद गरी पुनको अभियानमा सहयोग गर्नुभएको छ ।
‘भ्रष्टाचारको मुद्दामा कुनै किसिमको हदम्याद राख्न मान्य छैन’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा कुनै पनि किसिमको हदम्याद लागू हुन नदिने बताउनुभएको छ ।
त्रिवि पदाधिकारीमाथि आक्रमणको धम्की दिनेलाई कडा कारबाहीको माग
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीमाथि साङ्घातिक हमलाको धम्की दिने व्यक्तिमाथि कडा कारबाहीको माग गरिएको छ ।
नेप्से परिसूचकमा सामान्य वृद्धि, १९ अर्बको कारोबार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव शून्य एक अङ्कले उकालो लागेर दुई हजार नौ सय ७४ दशमलव ४६ मा पुगेको छ ।
सुक्खा पहिरोले त्रासमै बित्छ दिन
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ बाँसखर्कबाट अप्रत्याशित रूपमा आइतबार रातिबाट सुक्खा पहिरो खसेपछि तिपेनीबजार र इन्द्रावती नदी तटीय क्षेत्रका बासिन्दा त्रासमा छन् ।
राष्ट्रिय सभा : कमला नदीमा तत्काल अर्को पुल निर्माण गर्न ध्यानाकर्षण
राष्ट्रिय सभाको आजको बैठकमा सांसद तुलसाकुमारी दाहालले हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिराहाको दक्षिणी सिमानामा कमला नदीमा बन्दै गरेको पुल भासिएकाले सोही स्थानमा अर्को नयाँ पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
भैँसेपाटीमा निर्माणाधीन मन्त्री आवास दसैँसम्म सम्पन्न गरिने
सङ्घीय सरकारअन्तर्गतका मन्त्रीलाई उपलब्ध गराउने उद्देश्यले ललितपुर–१८ भैँसेपाटीमा निर्माणाधीन भवन अन्तिम चरणमा पुगेको छ । भवन निर्माणअन्तर्गत पहिलो चरणको काम सकिएको छ भने दोस्रो चरणको केही काम बाँकी छ ।
नेपालमा नयाँ सफलताको कथा लेख्ने बाटोमा छौँ : एमसिसीका आवासीय निर्देशक
नेपाली जनताको मन जित्नेगरी एमसिसी परियोजनाको काम भइरहेको दाबी सरोकारवाला उच्चअधिकारीहरूले दाबी गर्नुभएको छ ।
जुगलका जलविद्युत आयोजना गाउँपालिकाको मापदण्डमा चल्ने सहमति
जुगल गाउँपालिकाभित्र सञ्चालित र निर्माणाधीन जलविद्युत आयोजना अबदेखि गाउँपालिकाले तयार गरेको मापदण्ड र सुरक्षा व्यवस्था अनुसार सञ्चालन हुने भएका छन् ।
‘जलवायु परिवर्तनको असरस्वरूप सोलुखुम्बुको हिमताल फुट्यो’
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा पर्छ थामे बजार । सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पदयात्रा जानेहरू थामेमा बास बस्ने गर्थे ।
माओवादी केन्द्र बागमती प्रदेशस्तरीय परामर्श समितिको बैठक जारी
नेकपा (माओवादी केन्द्र) मा बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।