• ६ पुस २०८१, शनिबार

तस्बिरमा पाटन डबलीको प्रसिद्ध कात्तिक नाच

blog

कात्तिक नाच प्रस्तुत गर्दै कलाकारहरू । तस्बिर– मनोजरत्न शाही

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २२ गते । पाटन दरबार क्षेत्रको डबलीमा देखाइने प्रसिद्ध कात्तिक नाच पाटनको कृष्ण मन्दिरमा छेउको डबलीमा सुरु भएको छ । हरेक वर्ष कात्तिक शुक्ल षष्ठीदेखि यो नाचको सुरु हुने गर्दछ ।

नेपाल सवंत् ७६१ अर्थात् विक्रम संवत् १८७९ सालमा ललितपुरका राजा सिद्धिनरसिं मल्ल सुरु गरेको यो नाचभन्दा लामो साङ्गीतिक भाव भएको नाच भएको मानिन्छ । देशमा विघ्नबाधा नहोस् र शान्ति सु–व्यवस्था कायम रहोस् भन्ने हेतुले जनतालाई एउटै सूत्रमा बाँधेर एक ठाउँमा ल्याइ मनोरञ्जनका साथ धार्मिक, नैतिक, सामाजिक र राजनैतिक ज्ञान दिने उद्देश्यले यो नाच सुरु गरिएको मानिन्छ ।

दश दिनसम्म प्रस्तुत गरिने यो नाचमा पहिलो दिन भक्त सुरदास प्याखँ त्यसैगरि क्रमशः बाथ: प्याखँ, युद्ध कला, देवी प्याखँ, महामुख, च्वले खुदाँ दाँ खुदाँकौला खिचा, जल शयण, बराह अवतार, नृसिहं अवतार र वस्त्रहरण लीला प्रस्तुत गरिने गरिन्छ ।


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।