सुन र नगदका लागि आमाको हत्या
प्रहरीले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नै आमाको हत्या गरेको आरोपमा जिल्लाको रोसी गाउँपालिका–३ का २८ वर्षका फुर्साङ लामालाई सार्वजनिक गरेको हो।
त्रिवि पत्रकारिता विभागलाई मुद्रणयन्त्र हस्तान्तरण
नगेन्द्रप्रसाद रिजाल नेतृत्वको मन्त्रिपरिषदमा शिक्षा तथा सञ्चार राज्यमन्त्रीका रुपमा राष्ट्रको सेवा गर्नुभएका स्वर्गीय राधाप्रसाद घिमिरेको विराटनगर–२ स्थित निवासमा रहेको सन् १८८३ मा निर्मित मुद्रणयन्त्र आज त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागलाई मङ्गलबार हस्तान्तरण गरिएको छ ।
पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न आग्रह
भारत भ्रमणमा रहनुभएका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र त्यहाँका जलशक्तिमन्त्री सिआर पाटिलबिच मङ्गलबार नयाँदिल्लीस्थित जलशक्ति मन्त्रालयमा भेटवार्ता भएको छ ।
रास्वपाका कार्यकर्तामाथि अश्रुग्यास प्रहार, ६ जना पक्राउ
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता, कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि कास्की प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको छ भने छ जनालाई पक्राउ गरेको छ ।
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नारायणगढ मुग्लिन सडकखण्डको रामनगरमा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार साँझ ६ः२० बजेको समयमा मुग्लिङबाट आउँदै गरेको बा ३ ख ९०७६ नम्बरको बसले रामनगरको परेवाश्वरी पेट्रोल पम्प अगाडि विपरित दिशाबाट जाँदै गरेको ना ५९ प १७८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
स्कुटर दुर्घटनामा एकको मृत्यु
गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा गएराति बा प्र ०२–०१४ प २७२६ नं को स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
टेलिकमको पाइपबाट पानी बगेपछि...
पूर्व–पश्चिम राजमार्गमा पर्ने भरतपुर महानगरपालिकाको कार्यालय अगाडि सडकको बिचभागमा गाडिएको नेपाल टेलिकमको पाइपबाट निरन्तर पानी बगेपछि प्राविधिकहरु मुहानको खोजीमा लागेका छन् । दसैँ अघिदेखि पानी निस्किएर सडक भत्काएपछि पानीको मूल हुनसक्ने अनुमान गरिएको छ ।
कात्तिक शुक्ल चतुर्थी : छठको मुख्य व्रतविधि सुरु
प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म मनाइने छठको व्रतविधि मङ्गलबारदेखि सुरु भएको छ । चतुर्थीका दिन आज बिहान वर्तालुले स्नान गरी एक छाक खाएर बसेका छन् । यसलाई ‘नहाय खाय’ भनिन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द हुने भएको बताइएको छ ।
करोडौँ ठगी गरी फरार बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो
वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।
कीर्तिपुर उपनिर्वाचन: प्रमुखको उम्मेदवारका लागि माओवादीबाट महर्जनको उम्मेदवारी
नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगर कमिटीले कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा नगरप्रमुख उम्मेदवार प्राडा शिवशरण महर्जनलाई सर्वसम्मत निर्णय गरेको छ ।
प्रदेश सरकारका बहुवर्षीय योजना अलपत्र
बागमती प्रदेश सरकार गठन भएपछि पहिलो कार्यकालबाट सुरु भएका बहुवर्षीय आयोजना अलपत्र र अधुरा रहेका छन् ।
माथिल्लो तामाकोशी जलविद्युत् केन्द्र मर्मत गरी उत्पादन गरिने
असोज १२ र १३ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट क्षतिग्रस्त दोलखाको बिगु गाउँपालिका–१ को लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले छिट्टै विद्युत् उत्पादन गर्न लागेको छ ।
स्वदेशी सयपत्रीले धान्यो तिहार, चालिस करोडको फूलमालाको कारोबार
यसपालि तिहारमा ४० करोड रुपियाँ बराबरको स्वदेशी माला बिक्री भएका छन् ।
कमजोर कथा, दमदार एक्सन ‘सिङ्घम अगेन’
निर्देशक रोहित सेट्टी र अजय देवगनको जोडीले फेरि चलचित्र ‘सिङ्घम अगेन’ मार्फत चर्चा बटुलेको छ ।
स्वरोजगार कार्यक्रम सञ्चालन गरिने
सरकारले मानव विकास सूचकाङ्कमा न्यून एवं गरिबीको दर उच्च रहेका उच्च पहाडी एवं हिमाली क्षेत्रका १३ वटा जिल्लाका १०८ स्थानीय तहमा स्वरोजगार तथा आर्थिक सामाजिक सशक्तीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पर्यावरण असन्तुलनको प्रभाव, मानव अस्तित्वमा चुनौती
गृहमन्त्री रमेश लेखकले पर्यावरण असन्तुलनका कारण प्राकृतिक प्रकोपका घटना वृद्धि हुँदै जाँदा समग्र मानव जीवन नै जोखिममा पर्दै गएको बताउनुभएको छ ।
तीन महिनामा साढे सत्ताइस हजार एनओसी जारी
चालु आर्थिक वर्षको असोज मसान्तसम्म अध्ययनका लागि नेपाली विद्यार्थी ५६ वटा मुलुक पुगेका छन् ।
प्रहरी सेवा अवधि विवाद, असारभित्र कानुन बनाउन सर्वोच्चको आदेश
प्रहरीको सेवा अवधिसम्बन्धी विवादमा चालु आर्थिक वर्षभित्रै कानुन बनाउन सर्वोच्च अदालतले सरकारलाई परमादेश जारी गरेको छ ।
जलवायु परिवर्तनको असर, गैँडाको अस्तित्व खतरामा
जलवायु परिवर्तनको प्रत्यक्ष असर गैँडामा पर्ने देखिएको छ । जलवायु परिवर्तनले हुने अतिवृष्टि र अनावृष्टिका कारण जैविक विविधतामा प्रभाव पर्दा यसको प्रत्यक्ष असर गैँडामा पर्ने विज्ञहरूले औँल्याएका छन् ।
‘हाइटेक’ अपराध अनुसन्धानमा चुनौती
प्रहरीले गत असोज २० गते काठमाडौँको ठमेल (ज्याठा) बाट पाँच जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लियो ।
काठमाडौँका छात्रावास अब महानगरको अधीनमा
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित छात्रावासलाई अनिवार्य रूपमा आफू मातहत आउन निर्देशन दिएको छ ।
स्कुटरको ठक्करले पैदलयात्रीको मृत्यु
मकवानपुरको बागमती गाउँपालिका वडा ४ मा स्कुटरले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ । एकजना घाइते हुनुभएको छ ।
काठमाडौंमा पानी परेपछि छाता ओढेर गन्तव्यतर्फ जाँदै स्थानीय
काठमाडौँ उपत्यकामा सोमबार मध्याह्न वर्षा भएपछि काठमाडौँको गोठाटारमा छाता ओढेर गन्तव्यतिर जाँदै सर्वसाधारण ।