वक्यौता नतिरे पुनः लाइन काटिन्छः कुलमान घिसिङ
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र उद्योगी व्यवसायीहरुले सरकारको निर्देशनअनुसार वक्यौता नतिरे उद्योगहरूको लाइन पुनः काटिदिने बताउनुभएको छ ।
निर्मला पन्तको हत्या घटनामा प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने व्यक्ति नियन्त्रणमा
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
बागमती प्रदेश सरकारलाई माओवादी केन्द्रको ज्ञापनपत्र
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले बागमती प्रदेश सरकारको वर्तमान कामबाट जनता चरम निराशामा रहेको जनाएको छ।
धान सुकाउन व्यस्त किसान (फोटो फिचर)
काठमाडौँको कीर्तिपुरमा अहिले धान सुकाएर भित्र्याउनका लागि किसान व्यस्त बनेका छन् । विशेष गरेर किसान यस काममा व्यस्त बनेका छन् । पुरुषभन्दा कृषि कर्ममा महिला सक्रिय देखिन्छन् । देय् पुखुसी परिसरमा धान सुकाउने र त्यसको व्यवस्थापनमा व्यस्त बनेका किसानले अघिल्ला वर्षको तुलनामा अहिले धान सुकाउने घट्दै गएको बताउनुभयो । धान रोप्ने जमिन कम हुँदै गएपछि यस्तो भएको किसानको भनाइ छ । जग्गा धनीले बाँकी भएको जमिन भाडामा दिन थालेपछि धान रोपाइँ घटेको उनीहरूको बुझाइ छ ।
विकास निर्माणका लागि आधार तयार गर्ने काम भएको छ : मुख्यमन्त्री
नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा बनेको बागमती प्रदेश सरकारले एक सय दिनभित्र सम्पादन गरेका प्रमुख कार्यहरू सार्वजनिक गरिएको छ ।
१६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरुलाई निःशुल्क खोप लगाउने निर्णय गर्नुभएको छ ।
भारतीय स्थल सेनाध्यक्ष द्विवेदी मङसिर ५ गते नेपाल भ्रमणमा आउँदै
छिमेकी मुलुक भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आगामी मङ्सिर ५ गते पाँच दिवसीय नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले त्यसअवसरमा उहाँलाई मङ्सिर ६ गते नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्नुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यु–१९ महिला टी–२० विश्वकपमा आज अन्तिम खेल खेल्दै नेपाल
युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकपको एसिया छनोटमा नेपालले आज अन्तिम खेल खेल्दैछ ।
मात्सुमोतो नगरका प्रमुख नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ भ्रमणमा
नेपालको काठमाडौँ महानगरपालिका र जापानको मात्सुमोतो नगरबिचको भगिनी सम्बन्ध नागरिक स्तरका कार्यक्रममा विस्तार भएको दुई नगरका प्रमुखहरुले बताउनुभएको छ ।
कीर्तिपुर उपनिर्वाचन : आत्मसमीक्षासहित जनताको घर जान प्रचण्डको निर्देशन
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आत्मसमिक्षासहित जनताको घरमा जान पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
एकीकृत समाजवादीले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि वैचारिक दृष्टिकोण निकट दलहरुसँग स्थानीय तहको आवश्यकतानुसार सहकार्य गर्ने भएको छ । समान बिचार भएका व्यक्ति तथा समूह, पार्टीहरुबीच एकता र सहकार्यको नीतिलाई प्राथमिकता दिएको पार्टीले आफ्नो सङ्गठन बलियो भएका क्षेत्रमा अन्य दलको सहयोग लिने तथा साङ्गठनिक प्रभाव कम भएको ठाउँमा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने नीति लिएको हो । पार्टीले उपनिर्वाचनमा स्थानीय विकास तथा आर्थिक रुपान्तरणका विषयलाई प्राथमिकता दिएर उम्मेदवार छनोट गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लगायत अन्य केही दलसँग सहकार्य तथा गठबन्धनका लागि अन्तिम चरणमा छलफल गरिएको छ । त्यसका आधारमा कति उम्मेदवार कुन स्थानमा छनोट गर्ने भन्ने टुङ्गो लगाइनेछ । करिब एक लाख ५० हजार सङ्गठित सदस्य रहेको पार्टीले सङ्गठन सुदृढीकरणमा अनुभव तथा योगदान गरेका नेता एवं कार्यकर्तालाई उम्मेदवार सिफारिस गर्न कमिटीलाई निर्देशन दिएको छ । सत्तारुढ दलहरूसँग गठबन्धन नगर्ने पार्टीले जनाएको छ । स्थानीय तहमा रिक्त ४४ पदका लागि आगामी मङ्सिर २ गते मनोनयन दर्ता गर्ने समयसीमा निर्वाचन आयोगले तोकेको छ । आगामी मङ्सिर १६ गते हुने जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।
सुनको मूल्य घट्दै
बुधबार स्थानीय बजारमा सुनको मूल्यमा थप गिरावट आएको छ । आज सुन प्रतितोला चार सय रुपियाँले घटेको हो ।
विद्यार्थीलाई राहत सहयोग
असोज ११ र १२ गतेको अविरल वर्षातले परिवारका सदस्य र घरवास गुमाएका काभ्रेपलाञ्चोकको श्री मंगल जनविजय माध्यमिक विद्यालय मंगलटारका विद्यार्थीलाई सिन्धुपाल्चोकका समाजसेवीले सात लाख रुपियाँ बरावरको न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेका छन् ।
राष्ट्रपति पौडेलसँग राष्ट्रसङ्घका महासचिवले शिष्टाचार भेट गर्दै
जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले बुधबार शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
गुफाडाँडामा फहराइरहेका झण्डा
सिन्धुपाल्चोक, कात्तिक २८ गते । सिन्धुपाल्चोकको मेलम्ची–९ मा रहेको गुफाडाँडा जलवायु उद्यानमा फहराइरहेका नेपालको राष्ट्रिय झण्डा । तस्बिरः रासस
मन्त्रालय फुटाएर १३ बाट १४ बनाइयो
बागमती प्रदेश सरकारले पुनः मन्त्रालय फुटाएर १४ वटा बनाएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले १३ वटा मन्त्रालय रहेकोमा अब १४ वटा बनाउने निर्णय गरेको हो ।
भरतपुर क्यान्सर अस्पतालद्वारा सेवा विस्तार
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले आफ्नो विस्तारित सेवा सुरु गरेको छ । क्यान्सरसम्बन्धी सामान्य परीक्षण, पुनः परीक्षण तथा विशेषज्ञसँग छलफल तथा अन्य सेवाका लागि भरतपुर आउनुपर्ने बाध्यता हटाउन अस्पतालले विस्तारित सेवा सुरु गरेको हो ।
विपद्पछिको पुनर्निर्माण गर्ने अधिकार सम्पन्न छुट्टै निकाय आवश्यक
जलवायु परिवर्तनका कारण अहिले नेपालमा प्राकृतिक जोखिमहरू बढिरहेका छन् । जसले विकास निर्माणका काममा अवरोध सिर्जना गरेको छ भने भौतिक पूर्वाधारहरूमा ठुलो क्षति पुर्याएको छ ।
साहित्यकार लाकोजू सम्मानित
भारतको दार्जिलिङमा रहेको सावाली प्रकाशनले साहित्यकार सूर्य लाकोजूलाई भारत–नेपाल हस्ताक्षर सेतु सम्मानबाट सम्मानित गरेको छ ।
प्रधानमन्त्री ओली जुम्ला जानुहुँदै
प्रधानमन्त्री एवं कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओली प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन आज जुम्लातर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।
चतुर्मासा भवन निर्माण हुँदै
दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपतिनाथ मन्दिर परिसरमा ७० लाख रुपियाँको लागतमा चतुर्मासा भवन निर्माण सुरु गरिएको छ । भीमेश्वर नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित भएको ललितपुर उपमहानगरपालिकाको ७० लाख रुपियाँ आर्थिक सहयोगमा भवन निर्माण सुरु भएको चतुर्मासा भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।
एकीकृत आन्तरिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत
महालेखा नियन्त्रकको कार्यालयले एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को व्यवस्थाअनुसार अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा महालेखा नियन्त्रक विनोदप्रकाश सिंहले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाउनु भएको हो ।
विद्युत् आपूर्ति सुचारु गर्ने निर्णय
मन्त्रीपरिषद्को निर्देशन अनुसार नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूमा काटिएको विद्युत् लाइन जोड्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिएको छ ।
बजेटबाट पन्ध्र अर्ब बेरुजु
गत आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनका क्रममा करिब १५ अर्ब रुपियाँ बेरुजु देखिएको छ ।