शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कीर्तिपुर, कात्तिक २८ गते । काठमाडाैँको कीर्तिपुरमा अहिले धान सुकाएर भित्र्याउनका लागि किसान व्यस्त बनेका छन् । विशेष गरेर किसान यस काममा व्यस्त बनेका छन् । पुरुषभन्दा कृषि कर्ममा महिला सक्रिय देखिन्छन् । देय् पुखुसी परिसरमा धान सुकाउने र त्यसको व्यस्थापनमा व्यस्त बनेका किसानले अघिल्ला वर्षको तुलनामा अहिले धान सुकाउने घट्दै गएको बताउनुभयो । धान रोप्ने जमिन कम हुँदै गएपछि यस्तो भएको किसानको भनाइ छ । जग्गा धनीले बाँकी भएको जमिन भाडामा दिन थालेपछि धान रोपाइँ घटेको उनीहरुको बुझाइ छ ।

मनोजरत्न शाही
उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।