• १२ पुस २०८१, शुक्रबार

भरतपुर क्यान्सर अस्पतालद्वारा सेवा विस्तार

blog

चितवन समाचारदाता

चितवन, कात्तिक २८ गते । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले आफ्नो विस्तारित सेवा सुरु गरेको छ । क्यान्सरसम्बन्धी सामान्य परीक्षण, पुनः परीक्षण तथा विशेषज्ञसँग छलफल तथा अन्य सेवाका लागि भरतपुर आउनुपर्ने बाध्यता हटाउन अस्पतालले विस्तारित सेवा सुरु गरेको हो । 

क्यान्सरको सामान्य जानकारी लिन, परामर्श गर्न, चिकित्सकलाई देखाएर औषधी खानलगायतका समस्या समाधान गर्न नजिकैको अस्पतालमा व्यवस्था मिलाउने गरी विस्तारित सेवा सुरु गरेको अस्पतालले जानकारी गराएको छ । अस्पतालले पोखरा, सुर्खेत, धनगढीमा विस्तारित सेवामार्फत बिरामीले उपचार गर्न थालेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले जानकारी दिनुभयो । विस्तारित सेवा अन्तर्गत सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालबाट क्यान्सरको सेवा सुरु भइसकेको छ । 

त्यसै गरी कर्णाली प्रदेशको राजधानी सुर्खेत प्रादेशिक अस्पताल र गण्डकी प्रदेशको राजधानी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट क्यान्सरको सेवा सञ्चालनमा आएको छ । दसैँअगाडिबाट बिरामीले सेवा लिन थालेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक पौडेलले बताउनुभयो । अस्पतालमा कतिपय निःशुल्क हुने र कतिमा थोरै खर्च लाग्ने बिरामीका लागि धेरै दिन लगाएर भरतपुर आउनुपर्ने बाध्यता हटाउन सेवालाई विस्तार गरेको उहाँले बताउनुभयो । अहिले सेवा विस्तार भएका अस्पतालमा दैनिक एक सयदेखि १५० जनासम्म बिरामीले उपचार गर्दै आएको उहाँले जानकारी दिनुभयो । विस्तारित सेवा सुरु भएसँगै अब जटिल खालको समस्या भएमा, थप परीक्षणको आवश्यकता परेमा, फलोअपका लागि विशेषज्ञसहित अन्य उपचार गर्न परेमा मात्र भरतपुर आउनुपर्ने हुन्छ । यो सेवाले बिरामीलाई मात्र सजिलो नभई क्यान्सर अस्पताल भरतपुरमा समेत बिरामीको चाप कम गर्न सहयोग पुगेको उहाँले भनाइ छ ।

अस्पतालभित्रै सेवालाई विस्तार गर्न ५० शøया थपेर सुविधाका लागि काम भइराखेको छ । सरकारले विस्तारित सेवा अस्पतालभित्रै गर्नुपर्ने भनेपछि यसलाई व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो । क्यान्सर अस्पतालमा बिहान ९ बजेदेखि दिउँसो ३ः३० बजेसम्म ओपिडी टिकट सञ्चालन हुने र बिरामीले लामो समय पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गरिसकेको कार्यकारी निर्देशक पौडेलले बताउनुभयो । 

अस्पतालमा रहेको फार्मेसीको सङ्ख्या कमी भएको महसुस गरेपछि अहिले थप फार्मेसी सञ्चालनको तयारी भइराखेको बताउँदै उहाँले अस्पतालमा क्यान्सरसहित अन्य सेवा पनि थप्दै जाने व्रmममा डेन्टल सेवा सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । लामो समयदेखि बन्द रहेको सिटी स्क्यानको मेसिन अहिले सञ्चालनमा रहेको छ । दुई वटा मेसिन रहेकोमा एउटा बिग्रेर बन्द रहेको थियो । अस्पतालमा अन्य सेवा थप्नका लागि, पहिला सञ्चालनमा रहेका र विभिन्न कारणले बन्द भएका मेसिनलाई मर्मत गरी सञ्चालन गर्ने, सेवालाई अझ व्यवस्थित गरेर बिरामीको सहज पहँुचको वातावरण गराउने काम भइरहेको उहाँले बताउनुभयो ।