• २४ मंसिर २०८१, सोमबार

विद्यार्थीलाई राहत सहयोग

blog

बाढी पहिरोबाट घरबास र परिवारका सदस्य गुमाएका काभ्रेपलाञ्चोकको श्री मंगल जनविजय मावि विद्यार्थी सहयोग ग्रहण गर्दै ।

चित्र मिजार

सिन्धुपाल्चोक २८ गते । असोज ११ र १२ गतेको अविरल वर्षातले परिवारका सदस्य र घरवास गुमाएका काभ्रेपलाञ्चोकको श्री मंगल जनविजय माध्यमिक विद्यालय मंगलटारका विद्यार्थीलाई सिन्धुपाल्चोकका समाजसेवीले सात लाख रुपियाँ बरावरको न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेका छन् । 

प्रेमला गेअर प्रालि बौद्ध काठमाडौंले सात लाख बरावरको सामग्री वितरण गरिएको सो संस्थाका अध्यक्ष तथा सिन्धुपुत्र प्रेम लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ७५ जना छात्रछात्रालाई एक–एक जोर ट्रयाकसुट, एक–एक थान सिरक, प्रतिविद्यार्थी एक–एक थान कम्वल, म्याटे«क्स तथा कपि कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको लामाले जानकारी दिनुभयो ।

स्थानीय समाजसेवी सुनिल लामा (चित्र) ले बाढी पहिरोबाट घर जमिन, परिवारका सदस्य गुमाएका विद्यार्थीलाई पहिलो पटक संस्थामार्फत सहयोग आएको बताउनुभयो । बाढी पहिरोबाट सर्वस्व गुमाएका विद्यार्थी, स्थानीय अविभावकलाई तीन वटै तहको सरकारले राहत र पुनःस्थापनाका काम गर्न आग्रह गर्नुभयो । 

लायन्स इन्टरनेशनल डेनमार्कको सहयोगमा उपलब्ध सामग्री अष्टे«लियन नागरिक आनि ला बाट विद्यार्थीलाई सहयोग गरिएको थियो । सहयोग पाएपछि दातालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर तामाङले धन्यवाद प्रकट गर्नुभयो ।