• २७ पुस २०८१, शनिबार

घाँस काट्न गएका वृद्धको मृत्यु

blog

राममणि दाहाल

हेटौँडा, कात्तिक २७ गते । मकवानपुरको राक्सिराङ गाउँपालिकामा छुट्टाछुट्टै स्थानमा भिरबाट लडेर एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । 

राक्सिराङ गाउँपालिका–८ रातो डाँडाका सिंहबहादुर ब्लोनको भिरबाट लडेर मृत्यु भएको हो । करिब ८० वर्षीय ब्लोन घरदेखि अन्दाजी पाँच मिटर दक्षिणतर्फ पर्ने जङ्गल भिरमा अरेली काँडाको घाँस काट्ने क्रममा एक्कासि खुट्टा चिप्लिन गई भिरबाट खस्नुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

करिब ७०।८० मिटर तल खस्न गई वृद्ध ब्लोन कराई रहेको अवस्थामा निजकी बुहारीले सुनेर वरपरका गाउँलेलाई बोलाई घाइतेलाई घरमा ल्याई उपचारका लागि एम्बुलेन्स बोलाइएकोमा घरमै सोमबार १३ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थल मनहरी बजारबाट करिब २०-२१ कि.मी. उत्तरमा छ । ब्लोनको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ । 

यस्तै राक्सिराङ गाउँपालिका–७ गाई भाङका जङ्गबहादुर प्रजा गाउँबाट घर फर्किने क्रममा घर नजिकै रहेको भिरबाट लडेर घाइते हुनुभएको छ । ४१ वर्षीय प्रजा घर नजिकै रहेको भिरबाट करिब ३०-३५ मिटर तल खसी टाउकोमा चोट लागेर घाइते भई उपचारको लागि नयाँ मेडिकल कलेज चितवनमा गए राति पु र्‍य ाई उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । 

प्रहरीका अनुसार घाइतेको अवस्था गम्भीर रहेको र घटनास्थल प्रहरी चौकी कान्द्राङबाट करिब ३० कि.मी.पश्चिममा छ ।