• २७ पुस २०८१, शनिबार

अध्यक्ष लिङ्देनद्वारा राप्रपाको स्थानीय तह परिचालन र पर्यटन विभागमा मनोनयन

blog

काठमाडौँ, कात्तिक २७ गते । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम स्थानीय तह परिचालन विभाग र पर्यटन विभागका सदस्य सचिव तथा सदस्यहरू मनोनयन गरी दुई विभागलाई पूर्णता दिनुभएको छ।

अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधान प्रमुख रहनुभएको स्थानीय तह परिचालन विभागमा केन्द्रीय सदस्य भरत पाठक (नुवाकोट) लाई विभागको सदस्य सचिव मनोनयन गर्नुभएको छ। यसै गरी सदस्यहरूमा सहायक महामन्त्री ताहिर अली (रुपन्देही), केन्द्रीय सदस्य रामहरि थापा (भक्तपुर), केन्द्रीय सदस्य तीर्थराज चटौत (कन्चनपुर), केन्द्रीय सदस्य देवकुमारी पराजुली (स्याङ्गजा) र केन्द्रीय सदस्य विनोद भारती (बारा) रहनुभएको छ।

यसै गरी अध्यक्ष लिङ्देनले सहायक महामन्त्री विजय खड्का प्रमुख रहनुभएको पर्यटन विभागमा सदस्य सचिव र सदस्यहरू मनोनयन गर्नुभएको छ। विभागको सदस्य सचिवमा पर्यटन व्यवसायी गणेश रिमाल (धादिङ) रहनुभएको छ भने सदस्यहरूमा सांसद आशा लामा (काठमाडाैँ) लगायत रहनु भएको छ । 

अध्यक्ष लिङ्देनले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा एक कार्यक्रममा दुवै विभागका सदस्य सचिव तथा सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण गर्नुभएको छ।