‘हरित अभियान ड्रुक्पा परम्पराको योगदान प्रशंसनीय छ’
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जलवायु परिवर्तन र वातावरणीय सङ्कटको चुनौतीपूर्ण समयमा ड्रुक्पा परम्पराले देखाएको हरित अभियान र प्राकृतिक स्रोतको दिगो उपयोगसम्बन्धी योगदान प्रशंसनीय रहेको बताउनुभएको छ । ड्रुक अमिताभ माउन्टेन (ह्वाइट गुम्बा)मा आजदेखि सुरु भएको दसौँ वार्षिक ड्रुक्पा काउन्सिललाई सम्बोधन गर्दै उहाँले ड्रुक्पा परम्पराले अघि सारेका प्रयासबाट सकारात्मक प्रभाव परेको छ भन्नुभयो ।
गोरखापत्र सहकारीको १८ औं वार्षिक साधारणसभा सम्पन्न
गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । त्रिभुवन पार्क थानकोट काठमाडौंमा आयोजित साधारणसभाको उदघाटन गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित
त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् ।
छैटौँ संस्करण डेल्टा ५.० महोत्सव हुने
पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा डेल्टाद्वारा आयोजना हुने छैटौँ संस्करण डेल्टा ५.० महोत्सव हुने भएको छ ।
'उद्योग व्यवसाय विकासका लागि सुरक्षासँगै सुधार आवश्यक'
मुख्यमन्त्री बहादुर सिंह लामा तमाङ्ले उद्योग व्यवसायलाई पहिला सुरक्षा आवश्यक रहेको बताउनुभएकाे छ ।
साना करदातालाई लेखा व्यवस्थापन तालिम
रामेछापमा विभिन्न व्यवसाय सञ्चालन गरिरहेका साना करदाताहरूलाई लेखा व्यवस्थापन तालिम प्रदान गरिएको छ ।
पूर्वन्यायाधीश वस्तीको निधन
सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको ७१ वर्षको उमेरमा निधन भएको छ ।
मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात सुरु
भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण सुरुवात भएको छ ।
पि.एल सिंहको निधनले देशलाई ठुलो क्षति पुगेको छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका महानगरपालिकाका पूर्वमेयर पि.एल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको बताउनुभएको छ ।
सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण
हुम्लाको सर्केघाट गाउँपालिकामा निर्माण हुन लागेको ४०० र १३२ केभी सवस्टेशन निर्माणका लागि ११० रोपनी जग्गा अधिग्रहण गरिने भएको छ ।
प्रदेश मन्त्रीपरिषद् बैठक : दुई विधेयक स्वीकृत
बागमती प्रदेश सभामा विधेयक अभावमा प्रदेश सभा कामविहीन भइरहेको समयमा बागमती प्रदेश सरकारले दुई वटा विधेयक प्रदेश सभामा दर्ता गर्ने निर्णय गरेको छ ।
कानुन संशोधनमा ढिलाइ हुँदा ‘बजेट क्यालेन्डर’ बिग्रियो
कानुन संशोधनमा ढिलाइ हुँदा सङ्घीय सरकारको आगामी आर्थिक वर्ष २०८२ र ८३ को बजेट निर्माण कार्य प्रभावित भएको छ ।
एउटा विषय यस्तो पनि [कथा]
आज केही लेखूँ भनेको केही फुरिरहेको छैन ।
काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा
काठमाडौंसहित आज देशभरको मौसम बदली भएको छ । उपत्यकामा धुम्म बादल लागेको छ । देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो ।
सहरमा हरियाली भर्दै पार्क
स्वच्छ, सफा र सुन्दर सहरका लागि सहरी पार्कको योगदान निकै महत्वपूर्ण हुन्छ । पार्क अर्थात् उद्यानको महìव बहुआयामिक हुन्छ । पार्कभित्रका रुख बिरुवासहितको हरियाली र शुद्ध वातावरणसँगको सामीप्यले मनलाई शान्त राख्न सहयोग पु¥याउँछ । त्यहाँको खुला स्थानमा हल्का व्यायाम र पैदल हिँडाइले शारीरिक स्वस्थतामा पनि वृद्धि गराउँछ ।
सुषिरबाजा मुहाली
नेवार जातिले बजाउँदै आएका सयौँ सङ्ख्याका लोकबाजामध्ये प्रसिद्ध सुषिरवाद्य हो, मुहाली ।
कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन पालिकाकालाई निर्देशन
शिक्षा तथा मानवस्रोत विकास केन्द्रले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा विद्यार्थीको विवरण अद्यावधिक गराउन कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन देशभरका पालिकाका शिक्षा शाखालाई निर्देशन दिएको छ ।
जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक आज बस्दै
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागको बैठक बस्न लागेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठक बिहान ११ बजे सुरु हुने विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार
काठमाडौँ महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक सङ्घसंस्थाका नाममा दर्ता भएका तर व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा सङ्घसंस्थालाई कर तिर्न पत्राचार गरेको छ ।
पश्चिम नेपालमा सात वटा भूकम्पको पराकम्प
यस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।
नेपाली उत्पादनलाई प्रोत्साहन गरौँ : मेयर शाह
काठमाडौँ महानगरपालिका–३२, कोटेश्वर तीनकुनेमा विभिन्न कलाकार, सांस्कृतिक ब्यान्डको साङ्गीतिक प्रस्तुतिसहित ‘प्रथम कोटेश्वर महोत्सव’ को आयोजना गरिएको छ ।
गौतमलाई भूपि काव्य पुरस्कार
साहित्यकार एवं समीक्षक असफल गौतम भूपि काव्य पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
गुणस्तरीय बिउमा कृषकको पहुँच बढाउन आवश्यक
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बिउबिजनमा कृषकको पहुँच बढाउनु आवश्यक रहेको बताउनुभएको छ ।
अस्पताल र समय तालिका सार्वजनिक
वैदेशिक रोजगार विभागले दोस्रो चरणमा इजरायलमा सहायक श्रमिक (केयर गिभर) मा जान छनोट भएका श्रमिकका लागि स्वास्थ्य परीक्षण गर्ने अस्पताल र समय तालिका सार्वजनिक गरेको छ ।