मौद्रिक नीति शुक्रबार सार्वजनिक हुँदै
चौतर्फी चासोका साथ हेरिएको चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले अन्य कुरा यथावत् रहेमा शुक्रबार मौद्रिक नीति सार्वजनिक गरिने जानकारी दिनुभयो । मौद्रिक नीतिका लागि अन्य तयारी सम्पन्न भएको भन्दै उहाँले शुक्रबार बस्ने राष्ट्र बैङ्क सञ्चालक समितिको बैठकले तय गर्ने बताउनुभयो ।
विश्व सम्पदास्थल स्वयम्भूमा वृक्षारोपण
विश्व सम्पदास्थल स्वयम्भू क्षेत्रमा एक हजार बिरुवा रोपिएका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा बुधबार धुपी, चाँपलगायत १२ प्रजातिका बिरुवा रोपिएका हुन् ।
बबरमहलमा तीन देशका महिला कलाकार
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा नेपाल, भारत र बङ्गलादेशका महिला कलाकारका चित्रकला तथा मूर्तिकलाको अन्तर्राष्ट्रिय प्रदर्शनी बुधबारबाट सुरु भएको छ । प्रदर्शनीमा प्रेम, खुसी, जनजीवन, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, महिला अनुभूति, भाव, संवेदना झल्कने सयभन्दा बढी चित्रकला र मूर्तिकला देख्न सकिन्छ ।
एघार उद्योग निर्माणाधीन
क्षेत्रफलका हिसाबले देशकै ठुलो औद्योगिक क्षेत्र हेटौँडा औद्योगिक क्षेत्रमा गत आर्थिक वर्षमा ११ उद्योग निर्माणाधीन अवस्थामा रहेका छन् ।
भारतमा सुनको मूल्य घट्दा नेपालमा तस्करी बढ्ने सम्भावना
छिमेकी मुलुुुक भारतमा सुनमा लगाउँदै आएको भन्सार शुुल्क घट्दा नेपालमा चोरी तस्करी बढ्ने देखिएको छ ।
विमान दुर्घटनाका साक्षीहरू भन्छन् ....
बुधबार बिहान झण्डै सवा ११ बजेतिर त्रिभुवन अनर्राष्ट्रिय विमानस्थलमा एक्कासी ठूलो आवाज सुनियो । त्यो आवाजसँगै विमानस्थलको पूर्वी छेउमा धुवाँको मुस्लोसहित आगोको ज्वाला दन्किएको देखियो । त्यतिबेला विमानस्थल वरपरको जमिन पनि थर्किएको थियो । यो भयानक दृश्यको साथी बनेका रामकुमार केसीले सौर्य एयरलाइन्स दुर्घटनाको घटना विवरण सुनाउनुभयो ।
आज भारी वर्षा हुने पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
नागढुङ्गा–मुग्लिङ सडक विस्तार कार्य तीन महिना रोकिने
विस्तार कार्य भइराखेको पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा–मुग्लिङ सडकखण्डको काम रोकिएको छ । बर्सातले गर्दा काम गर्न बाधा हुने भएकाले ठुला काम रोकिएको नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो । असार, साउन, भदौ महिना सानातिना कामबाहेक पूर्ण रूपमा विस्तारको काम रोकिएको छ । इन्जिनियर आचार्यका अनुसार यो समयमा भीषण वर्षा हुने र निर्माणको कामलाई असर गर्ने भएकाले रोकिएको हो ।
नेपालको वीरता र सौर्यको इतिहास विश्वमा प्रचार गरौँ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले वीर पुर्खाहरूको साहस, वीरता र सौर्यका कारण नेपाल सधैँ स्वतन्त्र राष्ट्र रहेकाले यस्तो गौरवपूर्ण इतिहासलाई विश्वमा प्रचार गर्न आग्रह गर्नुभएको छ ।
विमान दुर्घटनाप्रति रास्वपाद्वारा शोक व्यक्त
सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको निधन भएकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शोक व्यक्त गरेको छ ।
प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ
सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानको संसदीय सुनुवाइ गरेको छ ।
सौर्य एयरको विमान दुर्घटनाप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएकोप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
अर्थमन्त्री र सिबिफिनबिच दिगो आर्थिक एवम् बैङ्किङ विकासका विषयमा छलफल
बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट गरी समसामयिक विषयहरूमा छलफल गरेको छ ।
विमान दुर्घटनाले राष्ट्रलाई अपूरणीय क्षति : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको खबरले स्तब्ध तुल्याएको बताउनुभएको छ ।
बागमती प्रदेशका क्यान्सरपीडितलाई एक लाख सहयोग : स्वास्थ्यमन्त्री थापा
बागमती प्रदेशका नवनियुक्त स्वास्थ्य मन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि एक लाख सहुलियत प्रदान गर्ने निर्णय गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले विमान दुर्घटनाबारे लिनुभयो ब्रिफिङ
सौर्य एयरको विमान दुर्घटनास्थल अवलोकनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्ययन प्राधिकरणको उद्धारबारे समन्वय केन्द्रमा ब्रिफिङ लिनुभएको छ ।
नेप्से परिसूचक २७ अङ्कले घट्यो
यो सता लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ भने कारोबार रकम उच्च देखिएको छ ।
नगरकोटको सीमा समस्या सुल्झाउन चार स्थानीय तहको तयारी
काभ्रेपलाञ्चोक र भक्तपुरको सिमास्थलमा अवस्थित पर्यटकीय क्षेत्र नगरकोटमा वर्षौदेखिको सीमाङ्कन समस्या समाधा गर्न चार नगरका जनप्रतिनिधिले छलफललाई तीव्रता दिएका छन् ।
नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान
नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सफलताको कामनासहित बिदाइ गर्नुभएको छ । सो प्रतियोगिता आगामी २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म फ्रान्सको पेरिसमा आयोजना हुँदैछ ।
पूर्वमन्त्री डा. महतद्वारा नदी कटान क्षेत्रको निरीक्षण
पूर्वअर्थमन्त्री एवंं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नारायणी नदी कटान क्षेत्रको निरीक्षण गर्नुभएको छ । भरतपुर महानगरपालिका–१७ गोब्रेनीस्थित नारायणी नदीको आज निरीक्षण अनुगमन गर्नुभएको हो ।
बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
सौर्य एयरको विमान दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झन्डै दुई घण्टापछि पुन: सञ्चालनमा आएको छ । विमानस्थलमा अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान/अवतरण सुरु भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले राससलाई जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली विमानस्थलमा
प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरको विमान दुर्घटनाका बारेमा बुझ्न विमानस्थल पुग्नुभएको छ ।
यी हुन् सौर्य एयरलाइन्सको विमानमा सवार १९ यात्रु (नामसहित)
काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्रै दुर्घटना भएको हो । उड्ने बित्तिकै दुर्घटना हुँदा सौर्य एयरलाइन्सकाे जहाजमा सवार १८ जनाको मृत्यु भएको छ । मृतक सबै जना सौर्य एयरलाइन्सका कर्मचारी हुन् ।
सौर्य एयरको विमान दुर्घटना (तस्बिरहरु)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज बिहान विमानस्थल क्षेत्रभित्रै दुर्घटना भएको हो ।