रकम फिर्ता गर्ने भएपछि जङ्गम रिहा
सहकारीमा सर्वसाधारणले बचत गरेको रकम हिनामिना गरेको आरोपमा काठमाडौँ प्रहरीको हिरासतमा रहनुभएका ‘साई स्वागत सहकारी’ का अध्यक्ष भरत जङ्गम सोमबार रिहा हुनुभएको छ ।
मेलम्चीको पानी अवरुद्ध
काठमाडौँमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण अवरुद्ध भएको छ । मेलम्ची खानेपानी आयोजनाको थोक वितरण प्रणालीको पाइप चुहिन थालेपछि शुक्रबारदेखि पानी वितरण अवरुद्ध भएको हो ।
नेता नेपाल र गौतमबिच भेटवार्ता
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ ।
पुनः एक जनामा एमपक्स पुष्टि, के हो एमपक्स रोग
नेपालमा पुनः एक जनामा मङ्किपक्स (एमपक्स) पुष्टि भएको छ । साउदी अरबबाट आएका ४४ वर्षीय पुरुषमा एमपक्स पुष्टि भएको हो ।
शिक्षालाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्छ : उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई साक्षारतामा मात्रै सिमित नराखी यसलाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने बताउनुभएको छ । उहाँले समाजमा सबैमा समानताको भावना जागृत गर्ने एवम् देशको विकास र समृद्धिमा सहयोग गर्ने माध्यम पनि शिक्षा नै भएको बताउनुभयो ।
गुरुङ समुदाय आफ्नो पहिचानका लागि अत्यन्त जागरुक : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले पुर्खाले सुम्पिएको समृद्ध संस्कृतिको रक्षा गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ ।
भोटेकोशी–१ जलविद्युत आयोजनाको ब्रेक थ्रु सम्पन्न
उत्तरी सीमा तातोपानी नाकास्थित निर्माणाधीन ४० मेगावाट क्षमताको भोटेकोशी–१ जलविद्युत आयोजनाको सुरुङ (भर्टिकल शाफ्ट) पहिलो ब्रे थ्रु सम्पन्न भई निर्माण कार्य द्रुत गतिमा अगाडि बढेको छ ।
विष्णुपादुका मन्दिरमा पितृ श्राद्ध गर्न भक्तजनकाे भीड
धरान उपमहानगरपालिका-२० मा रहेको विष्णुपादुका मन्दिरमा पितृ श्राद्ध गर्ने भक्तालुजनहरूको बिहानैदेखि भीड लागेको छ ।
‘वित्तीय व्यवस्थापन नभए माथिल्लो अरुण जनताको लगानीमा बनाउँछौं’
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंक र एडिबीबाट वित्तीय व्यवस्थापन नभए नेपाली जनताको लगानीमा बनाउने तयारी रहेको बताउनुभएको छ ।
सांसारिक जीवन
शारदाकुमारी मानन्धरकविता ः सांसारिक जीवनजीवन यो समस्यै समस्याले घेरिएको,कर्तव्य र दायित्वको डोरीले बेरिएको ।सांसारिक परिस्थितिको घेरामा परेको,अनौठो सामाजिक बन्धनमा बाँधिएको ।।१।।लाग्छ कहिले त बन्दीगृहको कैदीजस्तो,अनि आफैलाई लाग्छ जीवन साह्रै सस्तो ।अपराधबिना पनि आरोप लागेजस्तो,अत्याधुनिक संसारको नियम नै यस्तो ।।२।।एकातिर शक्तिमानहरूको बोलवाला,अर्कोतिर निमुखाहरूको निरिह हाल ।बलियाहरू र निर्धाहरूको चाल ढाल,देख्दा हुन्छ मनमा साह्रै उथल पुथल ।।३।।किन हुन्छ पक्षपात ईश्वरीय सृष्टिमा ?अनि हुन्छ उँचनिच मानवीय दृष्टिमा ।बुझ्नै सकिन्न यो विश्वलाई समष्टिमा,बादल अनि वर्षा र असिनाको वृष्टिमा ।।४।।पाको न्यूरोड, काठमाडौं ।
नख्खु काेरिडोरमा अत्यधिक धुलो र गन्ध, स्थानीयलाई सास्ती
ललितपुरको नख्खु काेरिडोर क्षेत्रमा अत्यधिक धुलो र गन्धका कारण स्थानीयले सास्ती बेहोर्नु परेको छ । असोज १२ गते शनिबार नख्खु खोलामा आएको बाढीका कारण करिडोर भत्किएपछि धुलोको समस्या बढेको हो । नख्खु करिडोरको धुलो र खोलाबाट निस्केको गन्धले बस्तीलाई नै असर गरेको स्थानीयको दुखेसो छ ।
नाम्दु पाँडुडाँडा सडक निर्माण कार्य अन्तिम चरणमा
सडक निर्माणलाई प्राथमिकता दिएको वैतेश्वर गाउँपालिकाको कार्यालयलाई पक्की सडक सञ्जालले जोडेको छ ।
ऊर्जा क्षेत्रको विकासबाटै मुलुकमा आर्थिक समृद्धि : ऊर्जामन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउनसक्ने दाबी गर्नुभएको छ ।
‘मौलिक पहिचानको संरक्षण र सम्वर्द्धनमा सबैले जोड दिनुपर्छ’
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मौलिक पहिचानको संरक्षण र सम्वर्द्धनमा जोड दिन सकिए सम्भ, सुसंस्कृत र सहिष्णु समाज निर्माणमा टेवा पुग्ने विश्व व्यक्त गर्नुभएको छ ।
किवीबाट जाम र वाइन, फल बिक्रीबाट भन्दा दोब्बर आम्दानी
दुप्चेश्वर गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको किवीको प्रशोधन गरी जाम र वाइन उत्पादन सुरु गरेको छ । गाउँपालिकाको प्राविधिक सहयोगमा उत्पादन मात्रै नभइ जाम र वाइनको बजारीकरण पनि गरिरहेको छ ।
अटिजम भएका बालबालिकाको हेरचाह गर्न निर्देशिका तयार पारिने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने भएको छ । नेपालमा बालबालिकामा अटिजम देखा पर्ने क्रम बढ्दै गएकाले बढ्दो स्वास्थ्य समस्या सम्बोधन गर्न निर्देशिका तयार पार्न लागेको हो ।
नेपाल र चीनका विश्वविद्यालयबिच सहकार्य सम्झौता
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबिच सहकार्य गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
मनाइयो तमू ल्होसार (फोटो फिचर)
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै सोमबार ‘तमु ल्होसार’ मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।
पूर्व राष्ट्रपतिको कमब्याकलाई लिएर तरङ्गित राजनीति
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताको विषयलाई लिएर अहिले नेपाली राजनीति तरङ्गित भइरहेको छ । पुस पहिलो साता पोखरा र स्याङ्जाको भ्रमणमा उहाँ निस्कनुहुँदा राजनीतिक बृत्तमा अनेकथरी अडकल काटिएको सुनियो ।
क्यान्सरविरूद्धको थप पाँच लाख खोप ल्याइयो
किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याइएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीका अनुसार आइतबार चार लाख ९६ हजार दुई सय ८० मात्रा खोप ल्याइएको छ ।
बाघले मार्यो सात वटा खसी–बाख्रा
मकवानपुरको मनहरीमा बाघले सातवटा खसी–बाख्रा मारेको छ । मनहरी गाउँपालिका वडा नं. ५ वसन्तपुरस्थित स्थानीय सूर्यबहादुर मोक्तानले पाल्नुभएको खसी बाख्रा सोमबार बिहान ५ बजेको समयमा बाघले मारेको हो ।
यसरी प्राप्त गर्न सकिन्छ भिटामिन ‘डी’
पछिल्लो समय व्यस्त जीवनशैली र भागदौडले गर्दा भिटामिन ‘डी’ को कमी हुनेको सङ्ख्या बढ्दै गएको छ । घरभित्र बसेर काम गर्ने, घाममा धेरै नबस्ने मानिसमा भिटामिन डि कमी हुने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार रगतमा ३० देखि ३५ भन्दा बढी युनिट भिटामिन डि आवश्यक पर्छ ।
बागमतीमा डेंगु सङ्क्रमित सङ्ख्या १४ हजार नाघ्यो
बागमती प्रदेशमा डेंगु सङ्क्रमित सङ्ख्या १४ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस दोस्रो सातसम्म प्रदेशका १३ जिल्लामा १४ हजार ६२५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
संस्कृति र संस्कारको संरक्षण राज्यको दायित्व : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय एकताको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ ।