शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अनिल पराजुली
हेटौँडा, फागुन २५ गते। हेटौँडामा आइतबार दिउँसो राप्ती खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। हेटौँडा–५, पिप्लेका १७ वर्षीय प्रियान्सु आचार्यको राप्ती खोलामा डुबेर मृत्यु भएको हो।
हेटौँडा–१, राप्तीखोलामा पौडी खेल्न गएका आचार्यको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो।
कोरे ढुङ्गा नजिक अन्य दुईजना साथीसँग नुहाउने क्रममा अचानक पानीमा डुबेर बेहोस भएका आचार्यको उद्धार गरी उपचारको लागि हेटौँडा अस्पताल ल्याएकोमा डाक्टरले मृत्यु घोषणा गरेका हुन्। शव हेटौँडा अस्पतालमै रहेको मुचुल्का पश्चात् थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।