श्री जीवनपुर कुलचन्द्र आधारभूत विद्यालयका विद्यार्थीलाई शौक्षिक सामग्री वितरण
धादिङको धुनिवेसी–४ स्थित श्री जीवनपुर कुलचन्द्र आधारभूत विद्यालयका १२५ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा न्यानो लुगा वितरण गरिएको छ ।
तीन महिनापछि धुलिखेलमा खानेपानी वितरण
गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजनामा क्षति पु¥याएपछि नगरक्षेत्रमा खानेपानी अवरुद्ध थियो । दुई हप्ता लगाएर क्षतिग्रस्त स्थानमा पाइप जडान गरी पानी वितरण सुरु गरिएको धुलिखेल खनोपानी तथा सरसफाइ समितिले जनाएको छ ।
नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका निम्ति नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ ।
श्रम र पूँजीलाई सँगै अघि बढाउन आवश्यक : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्कता भएको बताउनुभएको छ ।
फास्ट ट्रयाक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
नेपाल विद्युत प्राधिकरणले काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु माल्टाबेंसी र इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थामार्फत आपूर्ति दिने भएको छ ।
गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकताः सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता भएको बताउनुभएको छ ।
गैँडाको आक्रमणमा परी दुई घाइते
पूर्वी चितवनमा गैँडाडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् । खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् ।
देशको नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको छः नेता सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताका समस्या समाधान गरी बलियो नेपाल निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
सुनको मूल्य तोलामा एक हजारले गिरावट
अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भएसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । सोमबारको तुलनामा आज सुन र चाँदीको मूल्यमा केही गिरावट भएको छ ।
एघार लाख ४७ हजार पर्यटक भित्रिए
सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज बिहानसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।
हात्तीको स्वास्थ्य परीक्षण
चितवनको सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आइतबार हात्तीको स्वास्थ्य परीक्षण गरिएको छ । सौराहाको सफारी पर्यटनमा प्रयोग हुँदै आएका ४५ वटा निजी हात्तीको स्वास्थ्य
खानेपानी आयोजनाको क्षति सार्वजनिक
असोजको दोस्रो साता आएको बाढीपहिरोबाट काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित र निर्माणाधीन गरी साढे दुई सयभन्दा बढी खानेपानी आयोजनामा क्षति पुगेको छ । खानेपानी तथा सरस
काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग एकतर्फी
मकवानपुर र काठमाडौँ जोड्ने दुई वटा सडक एकतर्फी रूपमा मात्र सञ्चालन गरिने भएको छ । कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक र फर्पिङ–टल्कु–हुमाने सडकखण्डमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गरिने भएको हो ।
उत्तगरगयाधाम वेत्रावतीः हिन्दू र बौद्धमार्गीको साझा आस्थाको केन्द्र
पौष कृष्ण पक्षको औँसीका अवसरमा सोमबार नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीको उत्तरगयामा हिन्दू र बौद्धमार्गी श्रद्धालुले पितृ तर्पण गरेका छन् । पितृ तर्पण (श्राद्ध) गर्ने भक्तजनको सहभागिता हालसम्मकै उच्च रहेको उत्तरगया क्षेत्र विकास कोषका अध्यक्ष अष्टमान डङ्गोलले जानकारी दिनुभयो ।
भोलि बन्दीपुरमा सार्वजनिक बिदा
तनहुँको बन्दीपुर गाउँपालिकाले भोलि बुधवार सार्वजनिक बिदा दिएको छ । बुधवार बन्दीपुर भ्रमण वर्ष–२०२५ शुभारम्भ भएकोले यसको अवसरमा सार्वजनिक बिदा दिने भएको हो ।
गुफाडाँडामा जलवायु दिवस तयारी पूरा
सिन्धुपाल्चोक, पुस १६ गते । मेलम्ची नगरपालिका–९ स्थित प्रख्यात पर्यटकीय स्थल गुफाडाँडामा पर्यटकीय प्रवर्द्धन र जलवायु अनुकूलताका लागि पुस १७ गते आयोजना हुन लागेको पाँचौँ जलवायु दिवसको तयारी पूरा भएको छ ।मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङका अनुसार दिवस मनाउन सबै तयारी पुरा भएकाले यसले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको बताउनुभयो । समुद्री सतहभन्दा २ हजार दुई सय ५० मिटर उचाइमा अवस्थित गुफाडाँडामा जलवायु विज्ञबाट जलवायु अनुकूलता र प्रतिकूलताबारे प्रस्तुतीकरण हुने मेयर तामाङले जानकारी दिनुभयो । गुफा डाँडाबाट विश्व समुदायलाई जलवायु परिवर्तनले नेपाल र नेपालीलाई पुर्याएको असरबारे सचेत रहन र त्यसबाट बच्ने उपाय दिनका लागि दिवस मनाउन लागेकाे उहाँले बताउनुभएको छ ।आयोजक मेलम्ची नगरपालिकाले गुफाडाँडामा ७७ वटै जिल्लाको नाममा राष्ट्रिय झन्डा फहराउने कार्य सम्पन्न भएको छ । कार्यक्रम स्थल, खानेपानी, शौचालय, फोहोर व्यवस्थापन लगायतका काम पूरा भएको छ । टेन्ट र पार्किङ व्यवस्थापनका काम व्यवस्थित बनाइएको छ । २०७५ सालबाट जिल्ला समन्वय समितिले गुफाडाँडामा जलवायु सम्मेलन सुरु गरेको थियो । त्यस बेला राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु सम्मेलनको उद्घाटन गर्नुभएको थियो । सो समयमा ७७ जिल्लाका समन्वय प्रमुखहरू सहभागितामा जलवायु विज्ञहरूबाट प्रस्तुतीकरण भएको थियो । २०७९ बाट जिससले सो कार्यक्रमलाई निरन्तरता नदिएपछि मेलम्ची नगरपालिकाले जलवायु सम्मेलनलाई आयोजना गर्न थालेको हो ।
पाठेघरको मुखको ‘क्यान्सर’ जाँच शिविरः एक सय १० जनाको ‘स्क्रिनिङ’ गरिँदा चार जनाको ‘पोजेटिभ’
समुदायका महिला र विद्यालयका कर्मचारीलाई पाठेघरको मुखको क्यान्सर जाँच (स्क्रिनिङ) गरी यसको प्रारम्भिक पहिचान, सचेतना तथा समयमै रोकथाममा सहयोग पुर्याउने ध्येयले स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।
बौद्धधर्मालम्वीहरुले दोस्रो पर्व 'तोल लोसार' आज मनाउँदै
प्रत्येक वर्ष पौष शुक्ल प्रतिपदाका दिन मनाइने तोल ल्होसार आज बौद्धधर्मालम्वीहरुले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने गर्दछन् । तोला लोसार ११ औ महिना अर्थात् पुसमा पर्दछ । वर्ष (लो) फेरिने क्रममा भएकाले ग्रह नक्षत्र वा आकासिए पिण्डहरूको चलायमान अवस्थासँग यसको तुलना हुने धर्मग्रन्थमा उल्लेख छ ।
खाली सिसीभित्र सुन्दर कला
खाली सिसीभित्र कला । सुन्दा अनौठो लाग्छ तर पाटन मङ्गलबजारका विभूषण ताम्राकारले बोतलभित्र विभिन्न कलाकृति निर्माण गर्नुभएको छ ।
पोल्ट्री व्यवसायलाई बेवास्ता गरेको आरोप
निजी क्षेत्रको एक खर्ब ६० अर्ब रुपियाँभन्दा बढी लगानी भई आत्मनिर्भर रहेको कुखुरापालन (पोल्ट्री व्यवसाय) सङ्कटमा परेको गुनासो व्यवसायीले गरेका छन् ।
लगानी गर्न निम्ता
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुर थापाले औद्योगिक क्षेत्रमा लगानी गर्न विदेशी कम्पनीलाई निमन्त्रणा गरिएको बताउनुभएको छ । रोजगारीका अवसर र उत्पादन बढाउन निजीलगायत विदेशी कम्पनीलाई निमन्त्रणा गरिएको उहाँले बताउनुभयो ।
दुई विश्वविद्यालयबिच सहकार्य गर्ने सम्झौता
लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबिच सहकार्य गर्ने सम्झौता भएको छ ।
समुन्नतिका लागि दलहरूबिच मेलमिलाप
प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाले भन्नुभएको छ, “देशमा प्रजातन्त्र नभए देश रहँदैन । राजा रहँदैनन् । हामीहरूको त कुनै भएन ।”