• २६ फागुन २०८१, सोमबार

प्रधानमन्त्रीबाट उप्रेतीको ‘मेरा अतीतका कथाहरू’ को लोकार्पण

blog

प्रधानमन्त्री केपी शर्मा ओली ‘मेरा अतीतका कथाहरू’को सोमबार लोकार्पण गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, फागुन २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरू’ को सोमबार आयोजित कार्यक्रमबिच लोकार्पण गर्नुभएको छ ।

मकालु प्रकाशनद्वारा प्रकाशित सो पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले उप्रेती जस्तोसुकै परिस्थितिमा पनि देश र परिवर्तनप्रति खुलस्तरूपमा निष्ठापूर्णरूपमा लागेका व्यक्ति भएकाले उहाँका कृतिले नयाँ पुस्तालाई जागरणका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।


साहित्यकार उप्रेती आफ्ना पुर्ख्यौली थलोका छिमेकी र राजनीतिक जीवनका जेल सहयात्रीसमेत भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले देशमा परिवर्तन हुनुपर्छ र जनतालाई राम्रो हुनुपर्छ भनेर आफू कलेज छाडेर राजनीतिमा हिँडेको सुनाउनुभयो ।

उक्त पुस्तकबारे प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला, पूर्व सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्याय, नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्मालगायतले समीक्षा गर्नुभएको थियो ।