गोरखापत्र अनलाइन
कीर्तिपुर, फागुन २५ गते । गुणात्मक अनुसन्धानका लागि उपयोगी हुने एट्लास टीआईसम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । यहाँस्थित मङ्गल बहुमुखी क्याम्पसले विभिन्न क्याम्पसमा प्राध्यापन गर्दै आउनुभएका शिक्षक शिक्षिकालाई एट्लास टीआईसम्बन्धी प्रशिक्षण दिइएको हो ।
गुणात्मक अनुसन्धानको क्षेत्रमा तथ्याङ्क विश्लेषण गर्न उपयोगी हुने एट्लास टीआई सफ्टवेयर नेपालका विश्वविद्यालयमा हालै प्रयोगमा आएको छ । गोष्ठीमा त्रिभुवन विश्वविद्यालयका प्राडा. लक्ष्मीबहादुर महर्जन, प्राडा श्यामकृष्ण महर्जन, उपप्राडा. उमानाथ शर्मा र उपप्राडा टेकमणि कार्कीले सोबारे प्रशिक्षण दिनुभयो ।
समापन कार्यक्रममा प्रशिक्षार्थीद्वय उपेश महर्जन र सरस्वती शाक्यले अध्ययन अनुसन्धान र अध्यापनमा यस सफ्टवेयरको प्रयोगले शिक्षण सिकाइ र शिक्षण पद्वतिमा फलदायी हुने बताउनुुभयो ।