• १० असार २०८२, मङ्गलबार

सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक बालुवाटार सुरु

blog

बालुवाटार सुरु भएको सत्तापक्षीय दलको बैठक । तस्बिर : दिनेश भण्डारी/ प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, असार १० गते । सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक बालुवाटार सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बिहान सत्ता पक्षी दलका शीर्ष नेताको बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकमा प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष अशोककुमार राईलगायत सहभागी हुनुहुन्छ ।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको र सरकार सञ्चालनका विविध सन्दर्भमा बैठक भइरहेको जनाइएको छ ।