कोकिला ढकाल
इलाम, असार १० गते । इलाम नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब १४ करोड ३४ लाख १३ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । आज सुरु भएको इलामनगर सभाको १७ औं अधिवेशनमा उप–प्रमुख विष्णु दाहालले उक्त बजेट प्रस्तुत गर्नुभएको छ ।
आगामी आर्थिक वर्ष ०८२-०८३ का लागि पेस गरिएको बजेटमा प्रशासनिक तर्फ कुल बजेटको १३ प्रतिशत, पूूर्वाधारमा २० प्रतिशत, सामाजिक विकासमा ५६ प्रतिशत, आर्थिक विकासमा छ प्रतिशत, शुसासनतर्फ चार प्रतिशत, वन–वातावरण र विपदमा एक प्रतिशत, वित्तिय व्यवस्थामा दुई प्रतिशत विनियोजित गरिएको छ ।
उप–प्रमुख दाहालले चालुु आर्थिक वर्ष ०८१-०८२ मा सङ्घीय र प्रदेश सरकार मार्फत आएको समानिकरण, समुपुरक र अनुदान शीर्षकका खर्च भइनसकेका बजेटहरुलाई आयमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गरिएको बताउनुभयो । दाहालले चालु आर्थिक वर्षमा चालुु तर्फ ६९ प्रतिशत र पुुँजीगत तर्फ २९ प्रतिशत खर्च भइसकेको पनि बताउनुु भयो । दाहालले आगामी बजेटमा समेट्न नसकिएका महत्त्वपूर्ण र ठुला योजनाहरूलाई योजना बैँकमा राखेर प्रदेश र सङ्घीय सरकारबाट प्राप्त हुुने बजेटमा समावेश गर्ने लक्ष्य रहेको बताउनुभयो ।
सभामा उप–प्रमुख दाहालले अर्को आर्थिक वर्ष ०८३-०८४ का लागि एक अर्ब २० करोड पाँच लाख ८३ हजार ६५० रुपियाँ प्रक्षेपण गरिएको जानकारी दिनुुभयो । दाहालले चालु आर्थिक ०८१-०८२ का लागि गएको १६औं नगरसभाले पारित गरेको एक अर्ब १३ करोड रुपियाँको बजेट प्रदेश र सङ्घीय सरकार मार्फत आएका विभिन्न योजनाको बजेट बढेर एक अर्ब १८ करोड रुपियाँमा अहिले सञ्चालन भइरहेको समेत जानकारी दिनुभयो ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि मिसन रोजगारी, प्राङ्गारिक क्षेत्र घोषणा, नमुना कृषि कार्यक्रम, सुुत्केरीलाई निःशुल्क एम्बुुलेन्स, गर्भवती महिलालाई भिडियो एक्स्रेको घुम्ति शिविर लगायतका कार्यक्रम गर्ने नीति लिएको नगर प्रमुख केदार थापाले बताउनुभयो ।