• २५ फागुन २०८१, आइतबार

टिप्परका लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न सांसद झाको माग

blog

राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद मनिष झा बुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, फागुन २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले टिप्परले कानुन नमान्दा दुर्घटनाहरु बढेको भन्दै टिप्परका लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गर्नुभएको छ । बुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो माग गर्नुभएको हो ।

उहाँले स्थानीय तहका जनप्रतिनिहरूका लगानी भएका टिप्परहरूले कानुन मान्ने नगरेको उहाँको आरोप छ । टिप्परको व्यवस्था पनि राज्य संयन्त्र नै कमजोर रहेको उहाँको भनाइ छ ।  सांसद झाले सीतापाइला र धार्केमा टिप्पर हिँड्न अनुमति नदिएको भए पनि जबरजस्ती हिँडिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘धेरै स्थानीय तहका प्रतिनिधिहरूको लगानी रहेको छ । टिप्परका उनीहरूले कानुन मान्दैनन् । टिप्परलाई फरक लाइसेन्सको व्यवस्था गरियोस् भनेर टेक्निकल एडभाइस पनि आएको छ । अर्को कुरा, सीतापाइला र धार्केमा टिप्पर हिँड्न अनुमति दिइएको छैन तर जबरजस्ती गुडाउँछन् । किनकी स्थानीय नेता र ठेकेदारहरूको लगानी भएकाले सरकार र राज्य पनि एकदमै कमजोर भएको छ ।  यस्तो अवस्थामा हामीले कसरी नियन्त्रण गर्न सक्छौं । कि यो मृतकको सङ्ख्यामात्र गनेर बसिराख्ने हो ?’’

उहाँले सरकारले सडक दुर्घटना न्यूनीकरण पनि गर्ने हो कि मृतकको सङ्ख्या मात्र गनेर बस्ने हो भन्दै प्रश्न समेत गर्नुभएको छ ।