• ७ वैशाख २०८२, आइतबार

पाङ्ग्राबिनै जहाज अवतरणबारे जाँचबुझ आयोग गठन गर्न सांसदको माग

blog

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंह शुक्रवार बसेको प्रतिनिधिसभा बैठक बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, फागुन २३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का सांसद दीपकबहादुर सिंहले बुद्ध एयरको जहाज पाङ्ग्राबिनै काठमाडौं विमानस्थलमा अवतरण गरेको बारे जाँचबुझ आयोग गठन गर्न माग गर्नुभएको छ ।

बिहीबार अपराह्न जनकपुरबाट उडेको बुद्ध एयरको एउटा जहाज पाङ्ग्राबिनै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । जनकपुरबाट काठमाडौं आएको उक्त जहाजमा पाङ्ग्रा नभएको चालक दलका सदस्यले थाहा नै नपाएको बुझिएको छ । उक्त जहाजमा ६२ यात्रु थिए । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा सांसद सिंहले यस्तो माग गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘बुद्ध एअरको पाङ्ग्रा खसेको थियो र काठमाडौंमा एउटा पाङ्ग्रमा मात्रै ल्याण्ड गर्यो । यसको विषयमा छानबिन गर्न जाँचबुझ आयोग गठन गरियोस् ।’’

फरक प्रसङ्गमा बोल्नुहुँदै उहाँले नेपाललाई समृद्धिका लागि धार्मिक तीर्थस्थलको प्रचारप्रसार गरी पयर्टक भित्र्याउनुपर्ने बताउनुभयो ।