बजेट निर्माणमा जुट्यो कर्णाली सरकार
कर्णाली सरकार यतिबेला आर्थिक वर्ष २०८१-०८२ को नीति, कार्यक्रम र बजेट निर्माणतर्फ केन्द्रित भएको छ । जेठ महिना सुरुसँगै बजेट निर्माणको काम धमाधम अघि बढेको हो।
पाठ्यक्रम कार्यान्वयन गर्न सुझाव
ताँजाकोट गाउँपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रमको सम्बन्धमा सरोकारवाला पक्षसँग राय सुझाव सङ्कलन गरिएको छ । स्थानीय पाठ्यक्रमको सफल र प्रभावकारी कार्यान्वयनका लागि गाउँपालिकाले सुझाव सङ्कलन गरेको हो । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले एक वर्षअगाडिदेखि तयार गरी विद्यालयमा लागु गरेको स्थानीय पाठ्यक्रमको कार्यान्वयनको समीक्षा गर्न कार्यक्रमको आयोजना गरेको थियो ।
विपत व्यवस्थापनको तयारी, बढी प्रभावित हुने ठाउँको नक्साङ्कन
मनसुनको समय सुरु भएपछि हुन सक्ने सम्भावित विपत् का घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सुर्खेतमा विपत्बाट बढी प्रभावित हुने ठाउँको नक्साङ्कन गर्ने तयारी गरिएको छ । कर्णाली प्रदेशभित्र सुर्खेत विपत्मा सबैभन्दा बढी बाढीबाट प्रभावित हुने जिल्ला हो । त्यसैले जिल्ला विपत् व्यवस्थापन समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१ मा विपत्बाट बढी प्रभावित हुने स्थानहरूको पहिचान गरी नक्साङ्कन गर्ने तयारी गरेको हो ।
सवारीसाधन कारबाहीमा
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–४, शीतपोखरी क्षेत्रमा सञ्चालन भएका सवारीसाधन जाँच गर्दा अधिकांश सवारीसाधनमा कमी कमजोरी भेटिएका छन् । यातायात व्यवस्था कार्यालय, जिल्ला प्रशासन कार्यालय र ट्राफिक कार्यालयले गरेको छड्के जाँचका क्रममा कमजोरी भेटिएका बस तथा मिनीबसलाई कारबाही गरिएको छ ।
लाइन तानियो, बिजुली आएन
कालीकोटका ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि लाइन विस्तार भए पनि बिजुली बल्ने सुरसार छैन । जिल्लाका नौ वटै स्थानीय तहमा विद्युत् पुर्याउने लक्ष्यका साथ काम भएको भए पनि हालसम्म बिजुली जोड्ने सुरसार देखिएको छैन । नेपाल विद्युत् प्राधिकरणले कालीकोटका पाँच ठाउँमा सबस्टेसन राख्ने योजना अनुसार काम भइरहेको बताएको छ । कालीकोट वितरण केन्द्रका प्राविधिक जयाप्रसाद पाण्डेले पलाँता र पचालझरनामा विद्युत् लाइन विस्तारको काम भइरहेको बताउनुभयो । उहाँले अहिले रास्कोट र नाग्मको सबस्टेसनको काम भइरहेको र अन्य ठाउँमा लाइन मर्मत, विस्तार, पोल गाड्ने काम जारी रहेको जानकारी दिनुभयो ।
व्यावसायिक तरकारी खेतीका लागि २६० जना किसानलाई बीउ सहयोग
सहकारी संस्थाले २६० जना कृषकलाई तरकारीको बीउ सहयोग गरेको छ । संस्थामा आबद्ध रहँदै आएका कृषकहरूलाई तरकारीको बीउ सहयोग गरिएको हो ।
जहाजले ठक्कर दिँदा कर्मचारी घाइते
मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् ।
बाजुराबाट रारा जाँदै गरेको जिप दुर्घटना
बाजुराबाट रारातर्फ जाँदै गरेको जिप मुगुको खत्याड गाउँपालिका वडा नम्बर २ जामको खोलामा दुर्घटना हुँदा १२ जना घाइते भए छन्।
मुख्यमन्त्री कँडेलद्वारा बुद्ध जयन्तीका अवसरमा शुभकामना व्यक्त
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले गौतमबुद्धका दर्शनले नेपाल ज्ञान र चिन्तन परम्पराको उच्च भूमि रहेको तथ्यलाई प्रष्ट्याएको बताउनुभएको छ ।
मुगुका १०२ जना बिरामीको काठमाडौँ मेडिकल कलेजमा उपचार हुँदै
मुगुको छायाँनाथ रारा नगरपालिका र काठमाडौँ मेडिकल कलेजको सहकार्यमा गएको चैत महिनामा स्वास्थ्य शिविर सञ्चालन गरी आर्थिक अवस्था कमजोर भएका नागरिकको निःशुल्क उपचार गरिएको थियो ।
हाउडीमा जिप दुर्घटना : सात घाइते, उद्धारमा समस्या
कालीकोट जिल्लाको हाउडीमा बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सुर्खेतबाट कालीकोटको शुभकालिका गाउँपालिका आउँदै गरेको बोलेरो वडा नं ६ को हाउडीगाढ खोलामा दुर्घटना भएको हो ।
कर्णालीको कुल गार्हस्थ उत्पादनमा कृषि र वन मुख्य
कर्णाली प्रदेशको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा सबैभन्दा धेरै कृषि र वन क्षेत्रको योगदान रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा कर्णालीमा कृषि र वन सबैभन्दा बढी र प्रशासनिक तथा सहयोगी सेवा सबैभन्दा कम रहेको पाइएको छ । सो कार्यालयले बुधबार सुर्खेतमा आयोजित कार्यक्रममा प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमानसम्बन्धी तथ्याङ्क सार्वजनिक गरेको हो । सो तथ्याङ्क अनुसार कृषि, वन तथा मत्स्य क्षेत्रको २९.५१ प्रतिशत योगदान रहेको छ । सबैभन्दा कम प्रशासनिक सहयोगी सेवा क्षेत्रको ०.१७ प्रतिशत रहेको छ ।
हिल्सा सडकमा यातायात सेवा बन्द
नारा देखि हिल्सासम्मको सडकमा यातायात सेवा सञ्चालनका लागि बन्द गरिएको छ । उक्त खण्डमा सडकको रोकिएको स्तरोन्नति कार्य सुरु भएपछि सडकलाई बन्द गरिएको हो ।
एउटै घरमा दुइटा कार्यालय
एउटै घरमा दुई वटा सरकारी कार्यालय भाडामा बस्दै आएका छन् । नाम्खा गाउँपालिका–५, नेपाल र चीनको सिमाना हिल्सामा एक व्यक्तिको घरमा दुई वटा कार्यालय भाडामा बस्दै आएका हुन् । यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले एउटा दुईतले भवनमा दुई वटा सरकारी कार्यालय भाडामा बस्दै आएको बताउनुभयो । भाडामा घर पाउन कठिन भएपछि एउटै घरमा कार्यालय स्थापना गर्नु परेको उहाँले बताउनुभयो ।
योजना माग्न प्रदेश सदरमुकाम
सङ्घीयताअघि कर्णालीका पाँच जिल्लामा भूसंरक्षण कार्यालय थिए । पहिरो रोकथाम, नदी नियन्त्रण, बस्तीमा भैपरी आउने विपत्का जोखिमबाट बस्ती जोगाउन ती कार्यालयमा निवेदन दिएपछि तत्कालै रोकथामको काम सुरु हुन्थ्यो । यसले सर्वसाधारण सेवाग्राहीलाई सहज भइरहेको थियो । सङ्घीयता कार्यान्वयनसँगै तीन तहको सरकार बन्यो । प्रदेश सरकार गठनपछि तत्कालीन भू तथा जलाधार कार्यालयको नाम बदलियो । कर्णाली प्रदेशमा रहेका पाँच वटै जिल्लाका कार्यालय सुर्खेत र जुम्लामा खुम्चिएका छन् ।
परम्परागत पोसाक बुन्ने तालिम
लामा समुदायका महिलालाई परम्परागत पोसाक बुन्ने तालिम प्रदान गरिएको छ । उक्त पोसाक बुन्ने सिपको संरक्षण गर्न र महिलाको आम्दानी बढाउन यो तालिम प्रदान गरिएको हो । तालिम पाउनुभएकी सिमकोट गाउँपालिका–३ की निमा लामाले निकै मेहनत लाग्ने र मूल्य पनि महँगो पर्ने लामा समुदायले लगाउने र ओढ्ने पोसाक बुनाई तालिम पाएको बताउनुभयो । उहाँले पछिल्लो पुस्ताले यो पोसाक बुन्न र लगाउन नछोडोस् भन्नका लागि यसको संरक्षण गर्न आवश्यक रहेको निष्कर्ष निकालेर पन्ध्र दिने पुनर्ताजकीय तालिम प्रदान गरिएको बताउनुभयो ।
कर्णाली प्रदेश : मन्त्री शाहद्वारा सपथ ग्रहण
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोद शाहले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । आज प्रदेश प्रमुख तिलक परियारले उहाँलाई शपथ खुवाउनुभएको हो ।
एक सय ४३ वटा खोप केन्द्र छनौट
जिल्लाभर पोलियो रोग विरुद्ध खोप अभियान सञ्चालन गर्न एक सय ४३ विद्यालयलाई खोप केन्द्रका रूपमा छनौट गरिएको छ । बुधबार उक्त खोपबारे जानकारी दिन आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सो जानकारी गरिएको हो ।
यारी भन्सार कार्यालयद्वारा दोब्बर राजस्व असुली
नेपाल र चीनको सिमाना हिल्सामा स्थापना भएको यारीनाका भन्सार कार्यालयले हालसम्म दोब्बर राजस्व असुली गरेको पाइएको छ । कार्यालयलाई विभागले दिएको लक्ष्यभन्दा बढी राजस्व असुली गर्न कार्यालय सफल भएको हो ।
निरन्तर बलिरहेको ज्वाला
भैरवी गाउँपालिकाको–१ श्रीस्थानमा रहेको ज्वाला घरमा वषौँदेखि निरन्तर बलिरहेको ज्वाला । यस ज्वालालाई बडी ज्वाला भन्ने गरिन्छ ।
कर्णाली सरकारको आम्दानी ५८ करोड, खर्च १० अर्ब
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १० अर्ब २४ करोड ८५ लाख ४२ हजार बराबरको बजेट खर्च गरेको छ । यो कुल बजेटको ३०.६७ प्रतिशत बजेट खर्च हो । चालु आर्थिक वर्षमा कर्णाली सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको वार्षिक बजेट ल्याएको थियो । चालु आर्थिक वर्षको जम्मा दुई महिना मात्र बाँकी रहँदा सरकारको खातामा अझै २३ अर्ब बढी बजेट थन्किएको छ ।
बजेटअनुसार परियोजना बनाउन मुख्यमन्त्रीको आग्रह
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी बजेट अनुसार परियोजना तर्जुमा गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।
दुई विद्यार्थीका लागि तीन शिक्षक
उत्तरी हुम्लाको एक विद्यालयमा दुई जना विद्यार्थीको पढाइका लागि तीन जना शिक्षक कार्यरत रहेका छन् । नाम्खा गाउँपालिका–५ को यारी गाउँको अरनिको प्राथमिक विद्यालयको अवस्था यस्तो रहेको छ । विद्यालयका प्रधानाध्यापक हरिनारायण चौधरीले प्राथमिक तहको विद्यालयमा दुई जना विद्यार्थी रहेको र आफूसहित तीन जना शिक्षक रहेको जानकारी दिनुभयो ।
बनेनन् घर, खेतमा भयो बास
भूकम्पले घर भत्किएपछि यहाँका बासिन्दा खेतीयोग्य जमिनमा अस्थायी आवास बनाएर बसेका छन् । नलगाड नगरपालिका–१, कल्पतका स्थानीय बासिन्दा पुनर्बासको व्यवस्था हुन नसकेपछि खेतीयोग्य जमिनमा अस्थायी टहरा बनाएर बस्न बाध्य भएका छन् । भूकम्प गएको करिब सात महिना बित्नै लाग्दा पनि सरकारले अस्थायी आवासका लागि दोस्रो किस्ता रकम नदिएपछि स्थानीयलाई आवास निर्माणमा लागेको ऋणसँगै बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । भूकम्पले पहाड फाँटेको छ । अब बर्खामा पानी परेपछि अर्को प्राकृतिक प्रकोपले कति हानि नोक्सानी पु¥याउने हो भन्ने चिन्ताले बर्खाअघि नै यहाँका बासिन्दालाई सताउन थालेको छ ।