जेसीज ५६ शाखाको संयुक्त भेला
युवा नेतृत्व विकासका लागि साझा संस्थाका रूपमा स्थापित जेसिज नेपालका देशभरिका युवा नेताहरू कालीकोटमा भेला भएका छन् ।
दशकौँदेखि सुरक्षित आवासको खोजीमा सुकुम्वासी बस्ती
वीरेन्द्रनगर नगरपालिका– ११, धुलियाबिटको झुप्रा खोला किनारमा २७ घरपरिवार बस्ने बालुवाटार नामक सुकुम्बासी बस्तीका स्थानीय दशकौँदेखि सुरक्षित आवास र जीवनयापनको खोजीमा भौतारिइरहेका छन् ।
कर्णाली अथाह सम्भावना भएको प्रदेश : मन्त्री अर्याल
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कर्णालीमा अथाह सम्भावना भएको प्रदेशका रूपमा आफूले चिन्ने गरेको बताउनुभएको छ ।
भूकम्पपीडितले पाएनन् दोस्रो किस्ता
बारेकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ महिना पुग्दा पनि पीडितहरूले दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् । कुल ४२ हजार ५२४ लाभग्राही रहेको जिल्लामा अहिलेसम्म ३४ हजार सात सय मात्र अस्थायी आवास निर्माण गरिएका छन् । विभिन्न सङ्घ/संस्थाले एक हजार ९५४ अस्थायी आवास निर्माण गरिदिएका छन् भने सरकारले ३२ हजार ५२६ अस्थायी आवास निर्माण गरेको छ । दोस्रो किस्ताका लागि ३८ हजार ६०३ जना भूकम्पपीडितको विपत् पोर्टलमा प्रविष्ट गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटको तथ्याङ्कमा उल्लेख छ ।
झन्डै दुई अर्बको कृषि उपज निकासी
पर्याप्त खाद्यान्न उत्पादन नहुँदा बर्सेनि खाद्य सङ्कट भोग्ने कर्णाली प्रदेशले झन्डै दुई अर्ब रुपियाँको कृषि उपज निकासी गर्न सफल भएको छ । चालु आर्थिक वर्षमा प्रदेशका विभिन्न जिल्लामा उत्पादन भएका एक अर्ब ९६ करोड सात लाख ५७ हजार मूल्य बराबरका ४७ हजार १२४ मेट्रिक टन विभिन्न कृषि उपज अन्य जिल्ला तथा विदेशमा निकासी भएका छन् । कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार सुर्खेतसहित नेपालगन्ज, चितवन, बुटवल, काठमाडौँका साथै भारत र जर्मनीमा कर्णालीको कृषि उपज निकासी भएका छन् । निकासी हुनेमा सबैभन्दा बढी अदुवा रहेको छ । ६६ करोड ७४ लाख ६३ हजारको १३ हजार ७५२ मेट्रिक टन अदुवा निकासी भएको छ । यस्तै ५० करोड ७५ लाख ९५ हजार मूल्य बराबरको १० हजार ४५१ मेट्रिक टन स्याउ निकासी भएको निर्देशनालयका कृषि प्रसार अधिकृत तिलक पाण्डेले जानकारी दिनुभयो । यसै गरी २६ करोड ४१ लाख २० हजार मूल्य बराबरको सात हजार १२९ मेट्रिक टन तरकारी, २० करोड २० लाख मूल्य बराबरको सात हजार २५० मेट्रिक टन सुन्तला, ११ करोड ९५ लाख ७० हजार मूल्यको तीन हजार ३१० मेट्रिक टन बर्खे आलु निकासी भएको छ । निर्देशनालयका अनुसार पाँच करोड ४२ लाख ८९ हजार मूल्यको मकै, मर्सी, कोदो, चिनो, फापर जस्ता खाद्यान्न, तीन करोड १९ लाख मूल्यको मह, तीन करोड ८८ लाखको तरकारीको बिउ, तीन करोड ९१ लाख मूल्यको बेसार, तीन करोड ५८ लाख बराबरको सिमी कर्णालीबाट निकासी भएको निर्देशनालयका कृषि प्रसार अधिकृत पाण्डेले बताउनुभयो ।
जोखिम सडक
डोल्पाको सदरमुकाम दुनैबाट ठुलिभेरी नगरपालिका–४ तिब्ला जोड्ने सडक । यो सडकले सदरमुकाम जोखिममा पारेको छ ।
जङ्गल मासेर क्रसर उद्योग
दैलेखको महाबु गाउँपालिकास्थित छामघाट खोला किनारमा निर्माण गरिएको क्रसर उद्योग । खोला किनारको जङ्गल मासेर क्रसर उद्योग सञ्चालन गर्दा बाढी पहिरोको जोखिम बढेको देखिन्छ ।
व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना गोष्ठी
व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनबारे वीरेन्द्रनगरमा अन्तरक्रिया गरिएको छ ।
बालविवाह अन्त्य गर्न बालबालिकाको अपिल
जिल्लास्तरीय बाल सम्मेलन नौबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । बालबालिकामा लगानी, सुनौलो भविष्यको थालनी भन्ने नाराका साथ मङ्गलबारदेखि भएको सम्मेलनले बालविवाह अन्त्यमा साथ दिन आग्रह गर्दै नौ बुँदे कालीकोट घोषणापत्र जारी गरिएको छ। बालबालिकाले बालभेलामार्फत सवालको पहिचान गरी प्राथमिकीकरणबाट आएका सवाललाई घोषणापत्रमा उल्लेख गरिएको छ । कालीकोटमा सबैभन्दा बढी बालविवाहको समस्या रहेको जनाउँदै सरोकारवालालाई रोकथाम, न्यूनीकरण र अन्त्यको योजना बनाउन घोषणापत्रमा माग गरिएको छ। कर्णालीमा अझै पनि बालविवाह हुने गरेको तथ्यलाई विचार गर्दै बालविवाहले बालबालिकाको पढाइ,
उमेरै नपुगी बच्चा जन्माउने बढ्दै
जिल्लाभरि सूचीकृत भएका ३३ वटा बर्थिङ संस्थामा उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या बढ्दै गएको पाइएको छ । २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या ३३ प्रतिशत रहेको पाइएको हो । आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार जिल्ला अस्पताल मुगुमा ३३ प्रतिशत किशोरीले २० वर्ष उमेर नपुग्दै गर्भवती हुने गरेको देखिएको छ ।
कोतगढीमा रानी तोप
दैलेखको नारायण नगरपालिका–१ मा रहेको ऐतिहासिक कोतगढीमा राखिएको ऐतिहासिक रानी तोप । विसं २०२८ सालको भोकमरीका बेला, दैलेखमा रहेको ज्वालादल गुल्म सुर्खेतमा सरेसँगै दैलेखबाट सुर्खेत पुर्याइएको सुन्दरी नामको तोप ५१ वर्षपछि विसं २०७९ असार ९ गते पुनः दैलेखको ऐतिहासिक कोतगढीमा पुनर्स्थापना गरिएको छ ।
६० जनालाई अपाङ्गता परिचयपत्र
उत्तरी नाम्खा गाउँपालिकामा बसोबास गर्दै आएका अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो पटक वडा स्तरमा पुगेको टोलीबाट अपाङ्गता परिचय पत्र प्रदान गरिएको छ ।
कर्णाली किनारमा रमाउँदै राउटे
राउटे समुदाय नेपालको एकमात्र फिरन्ते र जीवनशैलीको हिसाबले लोपाेन्मुख अवस्थामा रहेको समुदाय हो ।
दैलेखको ऐतिहासिक कोतगढी
दैलेखको नारायण नगरपालिका–१ मा रहेको ऐतिहासिक कोतगढीसँगै देखिएको दैलेख सदरमुकाम । यो गढी करिब चौधौँ शताब्दीतिर बनेका पूर्वका ‘सिन्धुलीगढी’ र ‘अमरगढी’ भन्दा निर्माणका हिसाबले पुरानो गढी मानिन्छ ।
गोठीकाँडा क्षेत्र
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १४ मा रहेको गोठीकाँडा क्षेत्र । यो सिंजा राज्य हुने बेलाको प्रशासनिक केन्द्रसमेत भनेर चिनिन्छ।
समेटिए कर्णालीका महत्वपूर्ण योजना
सङ्घीय सरकारको नीति तथा कार्यक्रममा कर्णाली प्रदेशका महत्वपूर्ण योजनाले प्राथमिकता पाएका छन् । प्रदेशमा सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजना निर्माणलाई तीव्रता दिने गरी नीति तथा कार्यक्रममा समावेश गरिएको छ । मङ्गलबार सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कर्णालीको विकासका लागि विशेष प्राथमिकता दिएर बजेट बनाइने बताउनुभएको छ ।
जता रुखको छाया, उतै कक्षाकोठा
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–४ स्थित इन्द्रज्योति आधारभूत विद्यालयमा ७५ जना बालबालिका अध्ययनरत छन् । उनीहरूको कक्षाकोठा भनेको रुखको छहारी हो । घामलाग्दा रुखमुनि पढाइ हुन्छ, पानी पर्दा भने पढाइ हुँदैन । घामका कारण रुखको छाया जताजता सर्छ, उतै उतै विद्यार्थी सारेर पढाइ हुने गरेको छ ।
कर्णाली राजमार्ग चौबिसै घण्टा खुलाउन माग
कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकमा रात्रिकालीन यातायात सञ्चालन नहुँदा रारा आउने पर्यटकलाई समस्या हुँदै आएको छ । छोटो बिदा लिएर रारा हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई रात्रिकालीन यात्रा बन्द हुँदा समस्या भएपछि खुलाउन दबाब बढेको छ । सडकको स्तरोन्नति गर्नुको सट्टा गाडी सञ्चालनमा रोक लगाएर सरकारले आमनागरिकलाई सास्ती दिएको गुनासो गर्दै कालीकोटका नागरिकले राजमार्गमा चौबिसै घण्टा यातायात खुलाउन माग गरेका छन् । एक दशकअघि सडक दुर्घटना धेरै भएको भन्दै सरकारले कर्णाली राजमार्गमा रात्रिकालीन यातायात बन्द गर्ने निर्णय गरेको थियो । कालीकोट र जुम्ला जिल्ला प्रशासनको अनुरोधमा सरकारले कर्णाली राजमार्गमा रात्रिकालीन यातायात रोकेको थियो ।
मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बिमा
यार्सा टिप्न मुगुका विभिन्न पाटनमा जाने सङ्कलकहरूको सुरक्षाका लागि दुर्घटना बिमा गरिएको छ । यार्सागुम्बा पाइने पाटनअन्तर्गत मुगुमा कार्मारोङ्ग गाउँपालिकाले सङ्कलकहरूको दुर्घटना बिमा गरेको हो ।
कारागार भवन निर्माण सुरु
लामो समयपछि जिल्लामा कारागार भवन निर्माण कार्य सुरु भएको छ। सघन सहरी विकास कार्यालय जुम्लाले यसै आर्थिक वर्षमा बजेटको व्यवस्था गरेपछि कारागारको भवन निर्माण कार्य सुरु भएको हो।
नीति तथा कार्यक्रम : कर्णालीका नागरिकमा उत्साह
सरकारको नीति तथा कार्यक्रमले साबिकको कर्णालीका नागरिकलाई थोरै भए पनि समेटेपछि नागरिक स्तरमा उत्साह देखिएको छ ।
बजारमा बढ्दै बदमासी
खाद्य सामग्रीमा मिसावट गर्ने र अखाद्य वस्तु बिक्री गर्ने बदमासी बढ्दै गएको पाइएको छ । कर्णालीका अधिकांश बजार क्षेत्रमा अखाद्य वस्तुको बिक्री हुने गरेको अनुगमनका क्रममा भेटिने गरेको हो । पछिल्लो समय ग्रामीण क्षेत्रमा समेत म्याद गुज्रिएका र मिसावट गरिएका अखाद्य वस्तुको बिक्री हुने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।
कर्णाली समृद्धिका चार योजना
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश समृद्धिका लागि चार वटा योजना अघि सार्नुभएको छ । मुख्यमन्त्री भएको एक महिनापछि उहाँले कर्णालीको विकास र समृद्धिका लागि आफूले चार वटा योजना मात्र अगाडि सारेको बताउनुभएको हो । उहाँले मङ्गलवार सुर्खेतमा पत्रकार भेटघाट गर्दै प्रस्तुत गरिएको ती योजनामा सडक र विमानस्थल विस्तारसँग सम्बन्धित छन् । सुर्खेतदेखि हुम्ला जोड्ने कर्णाली कोरिडोर, सुर्खेतदेखि डोल्पा जोड्ने भेरी करिडोर तथा कालीकोटदेखि मुगु जोड्ने नाग्चेलाग्न सडकलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी पर्याप्त बजेट दिई काम गर्नुपर्ने उहाँको पहिलो योजना हो ।
युवालाई विदेश पठाउने तयारीमा वडा कार्यालय
स्वदेशमै रोजगारी सिर्जना गरेर समृद्ध नेपाल निर्माणको आशा देखाएका जनप्रतिनिधिले निर्वाचित भएपछि युवालाई विदेश पठाउन तयारी गर्न थालेका छन् । पछिल्ला समय बिदेसिने युवाको सङ्ख्या बढिरहेका बेला सरकारका संयन्त्रले त्यसलाई रोक्न विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने हो तर सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका केही वडाले विदेश पठाउने तयारीका लागि सार्वजनिक सूचनासमेत जारी गरेका छन् ।