ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, तीन घाइते
जिल्लाको आठविसकोट नगरपालिका १४ छेपारे नजिकै शुक्रबार दिउँसो भएको दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
बोलेरो जीप दुर्घटना, १२ जना घाइते
कर्णाली करिडोरमा बोलेरो जिप दुर्घटना भएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर–३ मानेगडाबाट पचालझरना गाउँपालिकाको घाटाचौरतर्फ जाँदै गरेको ग ३ च ६५०६ नम्बरको बोलेर जीप दुर्घटना भएको हो ।
साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा सङ्घीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर सङ्घीयतालाई थप सबल तुल्याइने बताउनुभएको छ ।
जिल्ला कारागार कालिकोटमा क्षमताभन्दा बढी कैदीबन्दी
जिल्ला कारागार कालिकोटमा क्षमताभन्दा धेरै कैदीबन्दी छन् ।
कर्तव्य ज्यान मुद्दामा फरार महिला पक्राउ
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाको चौरजहारी नगरपालिका –१३ एगौली निवासी ४० वर्षीया हिरा बिकलाई प्रहरीले पक्राउ गरेको हो ।
यार्सा खोज्दा युवकको मृत्यु
जाजरकोटका एक युवाको जीवन बुटी (यार्सा गुम्बा ) खोज्न गएको बेला लेक लागेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका १ रामीडाँडाका गणेश गुरुङका १९ वर्षीय छोरा देवेन्द्र गुरुङको मृत्यु भएको जनाइएको छ ।
सेवाग्राहीलाई समस्या देखाउँदै पन्छिने कर्मचारी माथि कारबाही हुने
अधिकांश कार्यालयका कर्मचारीहरू सेवाग्राहीको कामलाई सहजिकरण गरेर सेवा दिने भन्दा पनि समस्या देखाउँदै पन्छिने गर्छन् । यो समस्या कर्णालीमा मात्र नभएर देशैभरका कर्मचारीको रोग जस्तै बनेको छ ।
विद्यार्थी घटेपछि विद्यालय समायोजन
कालीकोटको रास्कोट नगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्न थालेपछि कक्षा समायोजन गरेको छ । प्रत्येक शैक्षिक सत्रमा सरकारी विद्यालयमा पढ्ने विद्यार्थीको सङ्ख्यामा गिरावट आउन थालेपछि नगर कार्यपालिकाको वैशाख २३ गते बसेको बैठकले १० वटा विद्यालयका माथिल्ला कक्षा समायोजन गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य संस्था वर्षभरि खुल्ने प्रबन्ध मिलाएका छौँ
सल्यान जिल्लाको साबिकका काभ्रा, काँरागिठी, फलावाङ र त्रिवेणी गरी चार गाविस मिलाएर त्रिवेणी गाउँपालिका बनाइएको हो । शारदाखोला, लुहामखोला र घुरखोलाको सङ्गमस्थल भएकाले नै यसको नाउँ त्रिवेणी गाउँपालिका रहन गएको हो । त्रिवेणी गाउँपालिकामा गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट खिमबहादुर रावत अध्यक्षमा निर्वाचित हुनुभएको छ । समग्र पालिकाको विकासमा केन्द्रित भएर गोरखापत्रका सल्यान समाचारदाता प्रतीक इच्छुक शर्माले गर्नुभएको कुराकानीको सारसङ्क्षेप :
कर्णाली कोरिडोरमा सोह्र वटा पुल निर्माण
कर्णाली कोरिडोरको कालिकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्म सोह्र वटा पक्की पुलको निर्माण कार्य सम्पन्न भएको छ । खुलालु सलीसल्ला सडक आयोजनाले निर्माण कम्पनीसँग निर्माण कार्यका लागि सम्झौता गरेको आठदेखि दश महिनामा ती पुलहरूको निर्माण कार्य सम्पन्न भएको हो ।
जटिल बन्दै मनोसामाजिक अपाङ्गता
आफ्नो तथा घरपरिवारले भोग्नुपर्ने सम्भावित विभेदको डरले मानसिक स्वास्थ्यका बिरामी खुल्न सकेका छैनन् । विभेदको डरले घरभित्र मानसिक स्वास्थ्यका बिरामी बस्न बाध्य भएका छन् । उनीहरूले न पर्याप्त मनोपरामर्श सेवा पाउन सकेका छन् न त सहज औषधी उपचारको सुविधा लिन सकिरहेका छन् । यस्तो अवस्थामा कर्णाली प्रदेश सरकारले भने त्यस्ता खालका समस्या भएका व्यक्तिका लागि कार्ययोजना नै तयार गरी आवश्यक बजेट छुट्याएर केही सकारात्मक कामसमेत गरिसकेको छ । मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाङ्गताको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको समन्वयमा प्रदेश राजधानी सुर्खेतमा केही सकारात्मक काम भएका छन् ।
चालु आर्थिक वर्ष सकिन दुई महिना बाँकी हुँदा पाँच सय योजना कार्यान्वयन अलपत्र
चालु आर्थिक वर्ष सकिन अब दुई महिना मात्रै बाँकी छ । तर, कर्णाली प्रदेश सरकारको रातो किताबमा भएका ५ सय ७४ वटा योजना कार्यान्वयन गर्ने विषयमा कुनै टुङ्गो लाग्न सकिरहेको छैन । रकम थप गर्न बजेट अभाव र कार्यान्वयनको लागि खाका बन्न नसक्दा ती योजनाहरू के हुने भन्ने अन्योल कायम छ । ०७९ असारमा तत्कालीन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग सरकारले प्रदेश सरकारबाट १५ लाखभन्दा कम बजेट विनियोजन भएका योजनाहरू कार्यान्वयन नगर्ने राजनैतिक सहमति गरेको थियो ।
बजेट थप नहुँदा पाँच सय ७४ टुक्रे योजना अलपत्र
चालु आर्थिक वर्षमा बजेट पाँच सय ७४ वटा टुक्रे योजना अलपत्र परेका छन् । बजेट थप गरेर कार्यान्वयन गर्ने भनिए पनि बजेट थप नहुँदा ती योजना अलपत्र परेका हुन् ।
निर्धारित कोटाको खाद्यान्न ढुवानी कार्य सम्पन्न
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढुवानी अनुदानमा उपलब्ध गराउँदै आएको खाद्यान्न आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा ढुवानी कार्य सम्पन्न भएको छ ।
‘मानसिक स्वास्थ्य समस्या जटिल बन्दै’
नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन जुम्लामा सम्पन्न भएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको सम्मेलनले जुम्ला घोषणपत्रसमेत जारी गरेको छ । घोषणापत्रमा मानसिक स्वास्थ्य समस्याका रूपमा रहेको र देशमा उपलब्ध सेवा र विशेष मानसिक स्वास्थ्य जनशक्तिको अभाव पहिचान गर्दै त्यसलाई पूरा गर्न नवप्रवर्तन र सहकार्य गर्नुपर्ने उल्लेख छ ।
संरक्षणको पर्खाइमा बाङ्गकोटको गुफा
सरकारले ध्यान दिन नसक्दा जिल्लाका पर्यटकीय गन्तव्य ओझेलमा परेका छन् । पर्यटकीय गन्तव्यका रूपमा रहेको छेडागाड नगरपालिका–३ स्थित बाङ्गकोट मालिका धार्मिक हिसाबले महत्वपूर्ण भए पनि सरोकारवाला पक्षले संरक्षण र प्रचारप्रसार नगर्दा ओझेलमा परेको हो । प्राकृतिक सुन्दरतासँगै धार्मिक र ऐतिहासिक महत्व बोकेका धार्मिक गन्तव्यस्थल सुधार नहुँदा यहाँको गुफाले महत्व पाउन सकेको छैन । छेडागाड नगरपालिका–३ का स्थानीय बहादुर सिंहले १९१८ सालमा खोरिया खनी जग्गा बनाउने क्रममा कोदालोले खन्दा हात छुट्टिएको शिव पार्वतीसहितको आकृति भएको मूर्ति फेला परेपछि राख्ने ठाउँ नहुँदा बाङ्गकोट मालिकाडाँडामा सुरक्षित स्थानमा राखिएको बताउनुभयो ।
समान काम ज्यालामा विभेद
जाजरकोटमा समान काममा पनि महिला र पुरुषको ज्यालामा असमानता हुने गरेको छ । लामो समयदेखि निर्माण कार्यमा मजदुरी गर्ने बारेकोट गाउँपालिका–१, रामीडाँडाकी कल्पना कामी पुरुषसँगै एउटै काम गरे पनि असमान ज्यालाको सिकार बनिरहनुभएको छ । निर्माण कार्यमा पुरुषसरह नै उहाँ सिमेन्ट मुछ्ने, बालुवा बोक्ने, इँटा बोक्नेलगायतका काम गर्नुहुन्छ । त्यही काममा पुरुषले दैनिक एक हजार ज्याला पाउँदा महिलालाई बढीमा आठ सय रुपियाँ मात्रै दिइने गरेको छ ।
अछामको तुल्तागाउँ
दैलेखको आठविस नगरपालिका–२ टुनिबगरबाट देखिएको कर्णाली किनारमा अवस्थित अछामको तुर्माखाद गाउँपालिका वडा नं ६ रानीवन तुल्तागाउँ ।
गाउँपालिकासँग पाँच वर्षे सहयात्रा सुरु
जुम्ला जिल्लाको तातोपानी गाउँपालिकाले शिक्षा, बालअधिकार, जलवायु परिवर्तन र स्वास्थ्यका लागि सहयात्रासँग पाँच वर्षे सहयात्रा गर्ने भएको छ ।
वीरेन्द्रनगरमा खानेपानीको अभाव
वीरेन्द्रनगरमा खानेपानीको समस्या चुलिँदै गएको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले ६ दिनमा एक पटक मात्रै धारामा पानी वितरण गर्ने भएपछि पानी सङ्कट चुलिएको हो ।
कानसम्बन्धी दुई दिने शिविरमा ३७५ जनाको उपचार
जिल्लाको दक्षिणी क्षेत्रस्थित अदानचुली गाउँपालिकामा दुई दिनसम्म सञ्चालन भएको कानसम्बन्धी शिविरमा ३७५ जनाले सेवा लिएका छन् । बहिरोपन निवारण गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविरमा कानका बिरामीहरूको उपचार गरिएको हो ।
जनअपेक्षा अनुसार कानुन बन्न सकेको छैन : मुख्यन्याधिवक्ता हमाल
कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता कृष्णबहादुर हमालले जनअपेक्षा अनुसारका कानुन निर्माण हुन नसकेको बताउनुभएको छ । स्थानीय तथा प्रदेश सरकारलाई आवश्यक पर्ने पर्याप्त कानुन बन्न नसकेको उहाँको भनाइ छ ।
रारा पुग्ने छोटो सडक स्तरोन्नति सुरु
रारा ताल जाने पर्यटकीय सडक विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको छ । सडक डिभिजन कार्यालय जुम्लाको आर्थिक तथा प्राविधिक सहयोगमा छायानाथ रारा नगरपालिकाको तली तुम गाउँदेखि वडा नम्बर ३ लामाचौरसम्मको सडक विस्तारको काम थालिएको हो ।
दोजाम कर्णालीमा बेलिब्रिज निर्माण गर्न माग
हुम्लाका जनप्रतिनीधिहरुले कर्णाली करिडोर अन्तर्गत पर्ने दोजाम कर्णाली नदीमाथि बेलिब्रिज निर्माणको माग गरेका छन् ।