नगरपालिकाको सेवाप्रति सेवाग्राही सन्तुष्ट
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले सेवाग्राही सर्वेक्षण गर्न थालेको छ । नगरपालिकाले सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण गरेर साप्ताहिक रूपमा नतिजा सार्वजनिकसमेत गर्न थालेको हो । सेवाग्राही सन्तुष्टि सर्वेक्षणलाई सुशासन मापनको औजारका रूपमा लिने गरिएको छ ।
नवनियुक्त मुख्यमन्त्री कँडेलको शपथ आज
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनियताको शपथ बुधबार हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयले दिएको जानकारी अनुसार कँडेललाई प्रदेश प्रमुख तिलक परियारले बुधबार दिउँसो ३ बजे पद तथा गोपनियताको शपथ गराउनुहुने छ ।
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कँडेल नियुक्त
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त हुनुभएको छ।
६० केजी कुखुराको मासु नष्ट
पैदल मार्गबाट खच्चडमा ढुवानी गरेर ल्याएको कुखुराको मासु नष्ट गरिएको छ । तीन दिन लगाएर सदरमुकाम सिमकोट ल्याएको वासी मासु बिक्री गर्न खोजेपछि सिमकोट गाउँपालिका पशु विकास शाखाले व्यापारीबाट बरामद गर्दै नष्ट गरेको हो ।
प्रदेश सरकारमा दाबी पेस गर्ने आज अन्तिम
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गत बुधबार राजीनामा दिनुभएको थियो । नयाँ सत्ता समीकरण अनुसार नै अघि बढ्नुपर्ने भएपछि उहाँले राजीनामा दिनुभएको थियो । लगत्तै प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठन गर्न आह्वान गर्नुभयो ।
महिलालाई सेनिटरी प्याड निर्माण तालिम
दुर्गमका छात्रा तथा महिलाहरुलाई स्थानीय प्रविधिको प्रयोग गराउनका लागि सेनिटरी प्याड निर्माण सम्बन्धी तालिम प्रदान गरिएको छ ।
औषधी नपाउने अवस्थाको अन्त्य गरेका छौँ
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिकासँग भौगोलिक सीमा जोडिएको गुराँस गाउँपालिकामा साबिकका वराह, सेरी, गोगनपानी, पिलाडी, लालीकाँडा गाउँ विकास समितिलाई सामेल गरिएको छ । व्यावसायिक आलु तथा तरकारी उत्पादनका लागि गुराँस गाउँपालिका प्रख्यात छ । हिउँदको समयमा गुराँस फुलेर पालिकाका अधिकांश स्थान ढकमक्क हुन्छन् । यस पालिकाबाट नेपालगन्जका दृश्यसमेत देखिने भएकाले दृश्यावलोकनका लागि पर्यटक आउने गर्छन् । पालिकाको अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का टोपबहादुर बिसी हुनुहुन्छ । प्रस्तुत छ, अध्यक्ष बिसीसँग गोरखापत्रका दैलेख समाचारदाता कमल शर्माले गर्नुभएको कुराकानी :
बन्नेभयो काँक्रेविहार पर्खाल
लामो समयसम्म रोकिएको काँक्रेविहार पर्खाल निर्माण कार्य अघि बढ्ने भएको छ । प्रदेश सरकारले काँक्रेविहार संरक्षणका लागि पर्खाल लगाउने कार्यलाई निरन्तरता दिन लागेको हो । २०७८ असोज १९ गते उच्च अदालत सुर्खेतले अन्तरिम आदेश जारी गर्दै पर्खाल निर्माणको काम अघि नबढाउन भनेको थियो ।
बिमाको पहुँचमा नब्बे हजार
जुम्ला जिल्लाका ९० हजार नागरिक स्वास्थ्य बिमाको पहुँचमा आएका छन् । जनगणना २०७८ मा जुम्लाको जनसङ्ख्या एक लाख १९ हजार ३७७ मध्ये ९० हजार नागरिक स्वास्थ्य बिमाको पहुँचमा आएका हुन् । स्वास्थ्य बिमा सम्पर्क कार्यालय प्रमुख प्रेमबहादुर भण्डारीका अनुसार करिब जनसङ्ख्याको ८० प्रतिशत अर्थात् ११ हजार ४८ घरधुरी स्वास्थ्य बिमाको पहुँचमा भई सेवा पाइरहेका छन् । आइतबार स्वास्थ्य बिमा बोर्डको वार्षिकोत्सवको क्रममा जिल्लामा गरिएको अन्तर्क्रियामा स्वास्थ्य बिमा गर्नेको सङ्ख्या बढ्दै गएको जनाइएको छ ।
नहर भत्केपछि जुम्लामा विद्युत् आपूर्ति बन्द
जिल्लाकोे डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् उत्पादनका निम्ति जल प्रवाह हुने नहर पहिरोले भत्काएपछि बिजुली आपूर्ति बन्द भएको हो ।
एमाले हुम्लाको दशौं जिल्ला अधिवेशन तयारी पूरा
नेकपा (एमाले)को दशौं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । जिल्लाका सात वटा गाउँपालिका ४४ वडामध्य ४३ वटा वडा कमिटीबाट नेकपा (एमाले)ले जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट कार्य सम्पन्न भएपछि अधिवेशनको तयारी पूरा भएको हो ।
नुन पाउन पनि नागरिकता
हुम्लाको सिमकोट, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकले नागरिकता पेस गर्दा १० किलो नुन पाउँदै आएका छन् । सिमकोटस्थित साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयले, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकलाई १० किलोका दरले नुन वितरण गर्दै आएको हो ।
सडकमा पार्किङ तथा गिट्टी नराख्न अल्टिमेटम
सदरमुकाम सिमकोट बजारको सडकमा जथाभावी सवारी पार्किङ नगर्न र सडकमा निर्माण सामग्री नराख्न १५ दिन अल्टिमेटम दिइएको छ ।
सहलगानी परियोजना कार्यान्वयन गरिँदै
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि सहलगानीमा आधारित पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । तीन आर्थिक वर्षदेखि उक्त कार्यक्रम कार्यान्वयन हुन सकेको थिएन । कार्यक्रमको ढाँचा र कार्यविधि निर्माण नहुँदा कार्यान्वयन हुन नसकेको हो । आर्थिक वर्ष २०७७/७८ देखि सरकारले सहलगानी कार्यक्रमको घोषणा गरेको थियो । उक्त वर्ष कार्यक्रम कार्यान्वयनका लागि एक करोड बजेट विनियोजन गरिएको थियो । कार्यक्रमको ढाँचा र कार्यविधि निर्माण नहुँदा कार्यान्वयन हुन सकेन । आव २०७८/७९ मा प्रदेश सरकारले सोही शीर्षकमा बजेट नै विनियोजन गरेन । यस्तै आव २०७९/८० मा फेरि बजेट विनियोजन ग¥यो । उक्त वर्ष बजेट बढाएर तीन करोड पु¥याइयो तर पनि कार्यक्रम कार्यान्वयन हुन सकेको थिएन । चालु आवका लागि दुई करोड बजेट विनियोजन भएको छ ।
बिमा पहुँच २९ प्रतिशत
कर्णाली प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रम लागु भएको आठ वर्षको अवधिमा २९.२६ प्रतिशत जनसङ्ख्या मात्रै बिमामा आबद्ध भएका छन् । कर्णालीमा ७१ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमाको पहुँचबाहिर रहेका छन् । आठौँ स्वास्थ्य बिमा वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बिमा बोर्डका कर्णाली प्रदेश संयोजक सिर्जना पौडेलले आशा गरेजति जनसङ्ख्या स्वास्थ्य बिमाको पहुँचमा आउन नसकेको स्वीकार गर्नुभयो ।
कर्णालीका विद्यार्थीलाई समयमै पाठ्यपुस्तक
यो पटक कर्णाली प्रदेशमा शैक्षिक सत्र सुरु हुनु अगावै पर्याप्त पाठ्यपुस्तक आइपुगेको छ ।
पञ्चवर्षीय योजनामा मागको चाङ
कर्णाली प्रदेश योजना आयोगले निर्माण गर्न लागेको दोस्रो पञ्चवर्षीय योजनाका लागि हुम्लावासीले मागको चाङ राखेका छन् । सो आयोगले कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माण गरिरहेको सन्दर्भमा आयोजना गरेको परामर्श गोष्ठीमा माग बढी आएको हो । योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले कर्णालीका १० जिल्लामा दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि परामर्श गोष्ठी सम्पन्न भएको बताउनुभयो । उहाँको नेतृत्वमा चार सदस्यीय टोली जिल्लामा पुगेर परामर्श गोष्ठी सञ्चालन गरेको छ । उहाँले जिल्लागत रूपमा माग आउनु राम्रो भएको बताउँदै अधिकांश मागलाई पञ्चवर्षीय योजनामा समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विकट गाउँमा बिजुली
छायानाथ रारा नगरपालिका–१४ स्थित विकट मानिएको बाम, फैपाटा र दर्खेलवाडा गाउँमा विद्युत् सेवा नियमित भएको छ । स्थानीय तहको समन्वयमा विद्युत् प्राधिकरण वितरण केन्द्र मुगुले विद्युतीकरणमार्फत उक्त बस्तीमा बिजुली पु¥याएको हो । बस्ती बसेदेखि दियालो र टुकीका भरमा रात काट्दै आएका स्थानीयवासी बिजुली बल्न थालेदेखि खुसी मनाइरहेको छायानाथ रारा नगरपालिका–१४ का वडाध्यक्ष जुनबहादुर खड्काले बताउनुभयो ।
गमगढी बजार
कर्णाली प्रदेश, मुगुको सदरमुकाम गमगढी बजार तथा आसपासको क्षेत्र।
अवधि कला संस्कृतिलाई संरक्षण गर्नु जरुरी छ : पूर्व मन्त्री आचार्य
नेपाल सरकारका पूर्व मन्त्री, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री एवम् क्षेत्र नम्बर २ का संसद् सुरेन्द्रराज आचार्यले अवधि कला संस्कृतिलाई संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ।
चार महिनादेखि यारी भन्सार कार्यालय बन्द
नेपाल र चीनको सिमाना हिल्सामा स्थापना भएको यारी नाका भन्सार कार्यालय बन्द भएको चार महिना भयो।पुस महिनाका हिल्साबाट फिर्ता भएका कार्यालय प्रमुखसहित कार्यालय सहयोगी हिल्सा पुनः नफर्किएपछि कार्यालय बन्द भएको हो।
जनप्रतिनिधि र पार्टी नेतृत्वबिच सुमधुर सम्बन्ध हुनुपर्छ : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वबिच सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभएको छ ।
जुम्लामा पुग्यो पाठ्यपुस्तक
हिमाली जिल्ला जुम्लामा यो वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ । यसअघिका वर्षहरूमा पाठ्यपुस्तक समयमा नपुग्ने जुम्लामा यो पटक नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको हो ।
२३६ जना विद्यार्थीलाई स्टेस्नरी सहयोग
सिङ्गो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्टेस्नरी प्रदान गरिएको छ । विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउनका लागि विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएको आधार विकास नेपालले स्टेस्नरी सहयोग गरेको हो ।