• २० माघ २०८१, आइतबार

गैरसरकारी संस्था महासंघ नेपाल सल्यानको अध्यक्षमा रेग्मी

blog

गैरसरकारी संस्था महासंघ नेपाल, सल्यानको सातौं जिल्ला अधिवेशनबाट निर्वाचित भएपछि सामूहिक तस्विर लिँदै नयाँ पदाधिकारी । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा
सल्यान, माघ २० गते ।
गैरसरकारी संस्था महासंघ नेपाल, सल्यानको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट रामचन्द्र रेग्मी सर्वसम्मत रूपमा अध्यक्ष चयन हुनुभएको छ । साथै उपाध्यक्षमा खड्ग शाही, सचिवमा जितेन्द्र डागी, सहसचिवमा पूजा शर्मा र कोषाध्यक्षमा केशरी श्रेष्ठ चयन हुनुभएको छ ।

समितिको सदस्यहरूमा मानसिंह विक, मोहन ओली, धन बहादुर नेपाली, रमेश भण्डारी, तुलसा रावत, बमबहादुर केसी, शान्ता नेपाली र पार्वती सुनार रहनुभएको छ ।

नयाँ नेतृत्वले जिल्लाभित्र रहेका गैरसरकारी संस्थाहरूको सुदृढीकरण गर्दै सामाजिक विकासमा योगदान दिने प्रतिबद्धता जनाएको छ ।

अधिवेशनको उद्घाटन कार्यक्रममा नागरिक अधिकारको रक्षा, मौलिक हकको कार्यान्वयन र जनजीविकाका मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने विषयमा विशेष जोड दिएका थिए ।

गैरसरकारी संस्था महासंघका सचिव गोविन्द शाहीले गैरसरकारी संस्थाहरूले राजनीतिक तथा नागरिक अधिकारका लागि खेलेको भूमिकाको चर्चा गर्दै संविधानमा उल्लेखित हक(अधिकारको प्रभावकारी कार्यान्वयनका लागि अझ धेरै काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

त्यसैगरी, प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले संस्थाहरूलाई कानुनी ढाँचाभित्र रही व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै सरकारको उपस्थित नपुगेका क्षेत्रमा सामाजिक अभियन्ताहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।