• २३ माघ २०८१, बुधबार

टेलिकमद्वारा निःशुल्क सिम वितरण

blog

निःशुल्क सिम वितरण कार्यक्रम । तस्बिरः राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, माघ २३ गते । नेपाल टेलिकमको रुकुमपश्चिमस्थित कार्यालयले निःशुल्क सिम वितरण गरेको छ । नेपाल टेलिकम २१ वर्ष पूरा गरेर २२ वर्ष प्रवेश गरेको अवसरमा कार्यालयले निःशुल्क सिम वितरण गरेको हो । 

जिल्लाको सानीभेरी गाउँपालिका –९ सिम्लीमा एक टोली परिचालन गरेर निःशुल्क सिम वितरण गरेको कार्यालय प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार १८० थान सिम वितरण गरिएको छ । यी सबै सिम प्रिपेड नम्बरका हुन् । सर्वसाधारण र विद्यार्थीलाई लक्षित गरेर सिम वितरण गरिएको शर्माको भनाइ छ । 

वार्षिकोत्सवको अवसरमा टेलिकमको सेवा सहज र सुलभ बनाउने क्रममा सदरमुकाम बाहिर गएर सिम वितरण गरिएको प्रमुख शर्माले जानकारी दिनुभयो ।