हुम्लाको डाँडाफयामा आगलागी हुँदा दुई घर जलेर नष्ट
सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँमा आगलागी हुँदा दुई घर पूर्ण रुपमा जलेर नष्ट भएका छन्। एउटा घरमा एक्कासी आगलागी भएको र अन्य दुई घरमा आगो सल्किएको हो।
मनाइयो प्रदेश स्थापना दिवस
कर्णाली प्रदेश सभाको पाँचौँ स्थापना दिवस शनिबार मनाइएको छ। २०७४ माघ २१ गते प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई स्थापना दिवसका रूपमा मनाउन सुरु गरिएको हो। स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख तिलक परियारले जनताको हित र विकास निर्माणमा दत्तचित्त भएर सिर्जनात्मक भूमिका निर्वाह गर्न सबैलाई आग्रह गर्नुभयो। उहाँले अधुरा योजना सपन्न गर्न र कार्यक्रमहरू जनताको आधारभूत आवश्यकताअनुसार बनाउन आग्रह गर्नुभयो। त्यस्तै शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा सरकारको ध्यानाकर्षण गराउनुभयो। विकासका पूर्वाधार, विद्युतीयकरण, सिँचाइलगायतका निर्माण गर्न तिनै तहका सरकारले प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो।
राजधानी पूर्वाधारयुक्त बनाइने
कर्णाली सरकारले प्रदेश राजधानी वीरेन्द्रनगरको स्थलगत एकीकृत विकास योजना निर्माण गर्ने भएको छ। वीरेन्द्रनगरलाई व्यवस्थित, आकर्षक र पूर्वाधारयुक्त नगरको रूपमा विकास गर्न प्रदेश सरकारले विशेष योजनाका साथ काम गर्ने भएको हो। सरकारले वीरेन्द्रनगर नगरपालिकासँग सहकार्य गरी नगरको स्थानगत एकीकृत विकास योजना बनाउने निर्णय गरेको छ।
धानसँग साटियो सुन्तला
रुकुमपश्चिमका केही किसानले उत्पादन गरेको सुन्तलाले बजार नपाएपछि कतै धानसँग साटेका छन् भने कतै कम मूल्यमै पनि बिक्री गरेका छन् । यस जिल्लाको बाँफीकोट गाउँपालिका–६, स्यालाका किसानले धान र सुन्तला साटासाट गरेका छन् भने मुसीकोटका नगरपालिका–१० का किसानले सस्तोमै बेचेका छन् । आफ्नो बारीमा फलेको अन्नले मात्रै वर्षभरि खाना नपुग्ने भएकाले सुन्तला खेती गरेको तर सुन्तलाले बजार नपाएपछि धानसँग साट्नुपरेको बाँफीकोट गाउँपालिका–६ का किसान मनबहादुर कुसारीले बताउनुभयो ।
पत्रकार सुमनको सम्झनामा फुटबल प्रतियोगिता
मुगुको सदरमुकाम गमगढीमा स्वर्गीय पत्रकार सुमन मल्लको सम्झनामा पहिलो सुमन मल्ल स्मृति पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ ।
शुक्रबारदेखि कर्णाली राजमार्ग अवरुद्ध
शुक्रबार साँझबाट बन्द भएको कर्णाली राजमार्ग अहिलेसम्म खुल्न सकेको छैन । हुम्लाबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३५१८ नम्बरको ट्रकले दैलेखेको सिम भन्ने ठाउँमा ठक्कर दिँदा दैलेख आठबिस नगरपालिका–४ का ५५ वर्षीय तिलक माझिको मृत्यु भएपछि स्थानीयले कर्णाली राजमार्ग बन्द गरेका थिए ।
औषधिमा बजेट अपुग स्वास्थ्य सेवा प्रभावित
स्थानीय तहले पर्याप्त बजेट विनियोजन नगर्दा स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण गरिने औषधि र उपचारमा कमी आएको छ। सरकारले स्वास्थ्य संस्थामा औषधि खरिद गर्न स्थानीय तहमा बजेट कम पठाएको जनप्रतिनिधिको गुनासो छ। तीन तहका सरकार मिलेर ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएका छन्। चालू आर्थिक वर्षदेखि तीन तहका सरकारले छुट्टाछुट्टै रूपमा खरिद ऐनमा रहेर औषधि खरिद गर्ने गरेका छन्। सोहीअनुरूप पालिकालाई सङ्घीय सरकारले बजेट पठाउने गरेको छ तर उक्त बजेट न्यून हुँदा आवश्यक औषधि खरिदमा समस्या भएको स्थानीय तहको गुनासो छ।
कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा खड्का नियुक्त
कर्णाली प्रदेश मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त हुनुभएको छ । मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा खड्कालाई प्रदेश प्रमुख तिलक परियारले नियुक्त गर्नुभएको हो ।
मह उत्पादन घट्यो
दुई वर्षअघि जाजरकोटको सदरमुकाम खलङ्गासहित आसपासका बजारमा पाइने कात्तिकेमह अहिले किन्न पाइँदैन । कात्तिकेमह उत्पादन नै घटेका कारण बजारमा भेटिन छोडेको हो । नलगाड नगरपालिका कृषि शाखाका प्रमुख बालकृष्ण आचार्यले अघिल्लो वर्षभन्दा यो वर्ष महको उत्पादन घटेको बताउनुभयो । असोज महिनामा भएको बेमौसमी वर्षाले चिउरीको फूल झारेको र रस बगाएकाले मह उत्पादन घटेको उहाँले बताउनुभयो ।
अटो दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते
कालीकोटको तिलागुफा नगरपालिका वडा नम्बर ५ खल्लागाडमा शुक्रबार अटो दुर्घटना भएको छ । दुर्घटनामा श्रीमानको मृत्यु भएको छ भने श्रीमती र छोरा घाइते भएका छन् ।
कर्णाली नदीमा स्काभेटरसँगै खसेका चालकको उद्धार
हुम्ला खण्डमा पर्ने कर्णाली करिडोरको सडक किनारको डाईभर्सन निर्माणको क्रममा कर्णाली नदीमा स्काभेटरसहित खसेका चालकको जिवितै उद्धार गरिएको छ ।
मालपोत कार्यालयमा चार महिनादेखि ताला
रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा स्थापना गरिएका मालपोत र नापी कार्यालय उद्घाटन भएदेखि नै बन्द अवस्थामा रहेका छन् । स्थानीयस्तरमै मालपोत र नापी सेवा दिने उद्देश्यले चार महिना पहिले खोलिएका यी दुवै कार्यालयमा अहिले ताला लगाइएको छ ।
लोप हुँदै दौडा पोसाक
दक्षिणी क्षेत्रका गाउँपालिकामा अविवाहित युवतीले लगाउने पोसाक (दौडा) लोप हुने अवस्थामा पुगेको छ। युवतीको पहिचानका रूपमा यो पोसाक रहेको भए पनि पछिल्लो समय युवतीहरू आधुनिक पोसाकप्रति आकर्षित हुन थालेपछि यो कपडा देख्नै मुस्किल हुने गरेको हो।
वर्षौंदेखि टहरामा गुजारा, हिउँ र पानी पर्दा कठिन
‘ सर, हिउँ पर्ने समयमा सुत्न सकिन्न, पानीले कपडा भिजेका हुन्छन् । तीन वर्षदेखि राम्ररी सुत्न पाएको छैन । छोराछोरी ठूला भइसके, टहरामा नअट्ने भइसक्यो ।’
सिमकोट रिङरोड निर्माणको काम अघि बढ्ने
हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटको रिङरोड निर्माण कार्य अगाडि बढ्नेभएको छ । कर्णाली प्रदेश सरकारबाट बजेटको व्यवस्था भएपछि बजेट अभावले रोकिएको निर्माण कार्य अघि बढ्ने भएको हो ।
स्थानीय कानुन निर्माण कठिन
कालीकोटको खाँडाचक्र नगरपालिकाले अघिल्लो कार्यकालमा नौवटा कानुन बनायो। दोस्रो कार्यकालमा भने एक वर्ष पूरा नहुँदै पालिकाले पाँचवटा कानुनको मस्यौदा तयार पारेको छ। यही माघ २९ गते बस्ने पालिकाको हिउँदे सभाबाट पारित गर्ने गरी ती मस्यौदालाई अन्तिम रूप दिने तयारी भइरहेको छ।
बुबाको हत्या आरोपमा श्रीमती र छोरा पक्राउ
जाजरकोटमा हत्या भएको पाँच वर्षपछि मानव कङ्काल फेला परेको छ । भेरी नगरपालिका सिस्नेरीका ४७ वर्षीय काले कामीको मानव कङ्काल फेला परेपछि हत्या आरोपमा श्रीमती भद्धकला लुहार कामी र छोरा तुलसीराम बिक लाई प्रहरीले पक्राउ गरेको हो ।
वृद्धबवृद्धाको सारथि बन्दै तिलागुफा नगरपालिका
कालीकोटको तिलागुफा नगरपालिकाले वृद्धवृद्धाको सारथि बनेको छ । नगरपालिका प्रमुख र उपप्रमुख आफै बस्तीमा पुगेर बृद्धबृद्धा तथा अपाङगता भएका ब्यक्तिका समस्याबारेमा जानकारी लिनेगरेका छन् । नगरपालिकाले ७० वर्ष पुगेका बृद्धबृद्धालाई गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको छ ।
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
रुकुमपश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मङ्गलबार राति जिल्लाको मुसीकोट नगरपालिका –१४ छिवाङ ज्युलास्थित डुडे बगरमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो भने एक जना घाइते छन् ।
प्रसूति गृहमा सुत्केरीलाई हातमै भत्ता
सरकारद्वारा प्रदान गरिँदै आएको सुत्केरी महिलालाई दिने भत्ता प्रसूति गृहमा सुत्केरी भएर घर फर्कने बेला हातहातमा दिन थालिएको छ । सुत्केरी महिलाले पोषणयुक्त खानेकुराको ब्यवस्था गर्न सहज होस भन्नका लागि पहिलो पटक सुत्केरी भएकै दिन उक्त भत्ता दिन थालिएको हो ।
कता पुग्छन् हराएका बालबालिका
कर्णाली प्रदेशमा बर्सेनि बालिबालिका हराउने दर बढिरहेको छ। प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो साढे तीन वर्षको अवधिमा कर्णालीमा एक हजार २२५ जना बालबालिका हराएको उल्लेख छ। त्यसमध्ये एक हजार १६ जना बालबालिका भेटिएका छन्। २०९ जना बालबालिका फेला नपरेको प्रहरीको तथ्याङ्क छ।
हिउँ पन्छाएपछि खुल्यो गमगढी सडक
जुम्लाको नाग्म–गमगढी सडकखण्डको बुलबुले क्षेत्रदेखि घुच्चीलेकको सातमोड पिना क्षेत्रसम्म जमेको हिउँ पन्छाएपछि सडक यातायात सञ्चालन भएको छ। जिल्लाको सिमाना घुच्चीलेकको सडकमा हिउँ जमेसँगै नाग्म–गमगढी लोगमार्ग सोमबारदेखि अवरुद्ध भएको थियो।
‘पापिनी’ मेलामा किशोरी विवाह
रुकुमपश्चिमको मुसीकोट–७, साँखमा हरेक वर्ष माघ १४ गते लाग्ने ‘पापिनी’ मेला धुमधामसाथ मनाइएको छ। मेलाको प्रमुख आकर्षणका रूपमा किशोरीले बेहुलाको रूपमा सिँगारिएर विवाह कार्य सम्पन्न गरिन्छ। रीतअनुसार बेहुली माग्ने, जन्ती जाने, बेहुली लिएर फर्कने, धुमधामको भोजभतेर र मेला भर्ने कार्य ‘पापिनी’ मेलामा गरिन्छ। यो मेला तीन दिनसम्म धुमधामसाथ मनाइन्छ।
६ महिनामा ४१ सुत्केरीको हेलिकोप्टरबाट उद्दार
नेपाली सेनाले कर्णालीमा चालु आर्थिक वर्षको ६ महिनामा ४१ जना सुत्केरीको हेलिकोप्टरबाट उद्दार गरेको जनाएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटर सर्खेतले सुत्केरी महिलाहरूलाई हेलिकोप्टरबाट उद्दार गरेको हो ।