घरभाडा अस्वाभाविक
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले कार्यालय र कर्मचारीको आवास प्रयोजनका लागि घर भाडामा लिएर अनावश्यक वित्तीय भार थपेको पाइएको छ । कार्यालय तथा कर्मचारी आवासका लागि मात्रै वार्षिक ५० लाख रुपैयाँभन्दा धेरै भाडा तिर्दै आएको पाइएको छ । नगरपालिकाले बजारमा १२ वटा घर भाडामा लिएको छ । नगरपालिकासँगै नगरका विभिन्न शाखाका लागि कार्यालय र पहुँचवाला कर्मचारीलाई आवास गरेर १२ वटाभन्दा बढी घर भाडामा लिएर वार्षिक लाखौँ रकम खर्च गर्दै आएको पाइएको हो ।
फोर्स गाडी दुर्घटनामा १३ जना घाइते
सुर्खेतबाट कालीकोट तर्फ आउदै गरेको फोर्स गाडी दैलेखको रामघाटमा दुर्घटना भएको छ ।
कर्णालीका विद्यार्थीको काठमाडौँ घुमघाम
कर्णाली प्रदेशको राजधानी सुर्खेत आइपुग्न पनि कर्णालीका विद्यार्थीलाई मुस्किल नै हुन्छ । तैपनि ससाना विद्यार्थी उत्साहपूर्वक काठमाडौँ आइपुगे । पहिलो पटक घुम्न पाउँदा उनीहरू असाध्यै खुसी भए । उनीहरूसँगै अभिभावकले पनि रमाएर घुमे । कर्णालीका आठ जना विद्यार्थी हवाईजहाज चढेर आउन पाउँदा भने दङ्ग थिए ।
ऐन संशोधनको माग गर्दै शिक्षकले बुझाए ध्यानाकर्षण
शिक्षा ऐन संशोधनको माग गर्दै नेपाल शिक्षक महासङ्घले ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल शिक्षक महासङ्घ जाजरकोटले भेरी नगरपालिका समक्ष पाँच वर्ष पहिले निर्माण गरेको स्थानीय शिक्षा ऐनमा कतिपय बुँदा सङ्घीय शिक्षा ऐनसँग मिल्ने हचुवाको भरमा बनाइएकाले ऐन संशोधनका लागी माग गदै ज्ञापन पत्र बुझाएको हो ।
तालिम धेरै, उत्पादन छैन
मुगुका ९० प्रतिशत नागरिक कृषिमा आश्रित छन्। २०७८ सालको जनगणनाको तथ्याङ्कले पनि अधिकांश मुगाली परम्परागत कृषि पेसामै निर्भर छन् भन्ने देखाउँछ। मुगुमा कृषकको खेती ज्ञान र सीपलाई व्यावसायिक बनाउने उद्देश्यसहित सरकारी तथा गैरसरकारी संस्था सक्रिय छन्। समुदायस्तरमा कृषि कार्यक्रम सञ्चालन पनि छन्। यद्यपि खेती प्रविधि र बजारमा खासै परिवर्तन देखिएको छैन। परम्परागत कृषि तरिकाले यहाँका नागरिक अधिकांश समय बारीमै खटिए पनि यसबाट फलेको अन्नले चार/छ महिना मात्र खान पुग्छ। हिमाली जिल्ला भएकाले यहाँको समुदायको प्रमुख पेसा पशुपालन र कृषि हो।
छ वर्षमा पनि बनेन पुल
जिल्लाको मुसीकोट नगरपालिका–१ र बाँफीकोट गाउँपालिका–१० जोड्ने सानीभेरी नदीको गाराघाट पक्की पुल छ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन। सडक डिभिजन कार्यालय चौरजहारीका अनुसार तीन वर्षमै निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको सानीभेरी नदीको पुनको निर्माण कार्य भइरहेको छ।
शहीदका सपना साकार पार्न प्रतिबद्धता जनाउनुपर्ने : मुख्यमन्त्री शर्मा
सुर्खेत, माघ १६ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शहीदका सपना पूरा गर्ने गरी आफूहरुले नीति र कार्यशैली अघि बढाइरहेको बताउनुभएको छ । शहीद दिवसका अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुर्खेतको वीरेन्द्रनगर–४को भैरव सामुदायिक वनस्थित प्रादेशिक शहीदपार्क तथा वनस्पति उद्यानमा आयोजना गरेको कार्यक्रममा उहाँले हाम्रा कार्यशैली र गतिविधिलाई शहीदका सपना पू्रा गर्ने गरी अघि बढाउनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेमा जोड दिनुभयो । मुख्यमन्त्री शाहीले शहीदका सपना पूरा गर्न, सबै प्रकारका भेदभाव अन्त्य गर्न र सुखी तथा खुसी समाज निर्माण गर्न सङ्कल्प गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको सम्भावना
पश्चिमी न्यूनचापीय प्रणालीको असरले देशभर बदली हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार अहिले देशभरको आकाशमा बादल लागेको छ ।
भूकम्प आउने हल्लाले रातभर जाग्राम
भूकम्प जाने हल्ला फैलिएपछि हुम्लावासी राति घर बाहिर बस्न बाध्य भएका छ । राति एक्कासी भूकम्प जाने हल्ला फैलिएका कारण हुम्लावासी राति ४ बजेबाट आगनमा आगो बालेर बस्न बाध्य भएका हुन् ।
हिमपातले सेताम्य राराताल क्षेत्र
गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
‘जनमुखी ऐन कानुन निर्माणमा प्राथमिकता’
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सरकारले जनमुखी ऐन कानुन निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभएको छ। मुख्यमन्त्री शर्माले कर्णालीमा गर्नुपर्ने काम धेरै भएको र त्यसका लागि सञ्चारमाध्यम र सञ्चारकर्मीको साथ आफूलाई चाहिएको बताउनुभयो।
छ महिनापछि सामाजिक सुरक्षा भत्ता
चौमासिक रूपमा उपलब्ध गराइनुपर्ने सामाजिक सुरक्षा भत्ता सोरु गाउँपालिकाले करिब छ महिनापछि ज्येष्ठ नागरिकको बैङ्क खातामा पठाएको छ। पालिकामा लेखापाल अभावका कारणले छ महिनापछि ज्येष्ठ नागरिकको भत्ता बैङ्क खातामा पठाइएको हो। ज्येष्ठ नागरिकले समयमै सामाजिक सुरक्षा भत्ता नपाउँदा औषधोपचार, न्यानो कपडा, पोसिलो खाना, जुत्ता चप्पल र लत्ताकपडा खरिद गर्नबाट वञ्चित भएको ज्येष्ठ नागरिक सतलबहादुर रोकायाले बताउनुभयो। लेखापालको समस्याले चौमासिक रूपमा सामाजिक सुरक्षा भत्ता निकासा गर्न नसकिएको पालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले बताउनुभयो।
दीर्घरोगीलाई नगरपालिकाले मासिक दुई हजार दिने
भेरीगंगा नगरपालिका सुर्खेतले दीर्घरोगीलाई मासिक दुई हजार दिने भएको छ । नगरपालिकाले मुटु रोग, मिर्गौला रोग, क्यान्सर रोग, पार्किन्सस, अल्जाइमर्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, प्यारालाइसिस भएका बिरामीहरूलाई उपचार खर्च स्वरूप मासिक दुई हजार दिने निर्णय भएको नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिनुभयो ।
बलात्कार गर्ने ७१ वर्षीय महतारा पक्राउ
जाजरकोटमा जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ गरेको छ । बारेकोट गाउँपालिका ९ का ७१ वर्षीय कालीबहादुर महतारालाई प्रहरीले पक्राउ गरेको हो ।
एक्स्काभेटर दुर्घटनामा चालक घाइते
रुकुमपश्चिमको आठबीसकोट नगरपालिका वडा २ को साजेबगरमा एक्स्काभेटर (डोजर) दुर्घटना भएको छ ।
करणी गरेको आरोपमा एक पक्राउ
एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा रुकुमपश्चिममा एक युवा पक्राउ परेका छन् ।
खाँडाचक्र नगरपालिका प्रमुख र उपप्रमुखबिच हात हालाहाल
आन्तरिक विवाद चर्किएपछि खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाही र उपप्रमुख गणेशबहादुर शाहीबीच हात हालाहाल भएको छ।
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिवार साँझ दैलेख सदरमुकाम नजिकै मध्यपहाडी राजमार्गको गहतारीमा भएको दुर्घटनामा परी नारायण नगरपालिका १० भवानीका २३ वर्षीय रमेश विकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
इन्जिनियरको लापरबाहीले च्याछरामा यातायात सञ्चालनमा जोखिम बढ्यो
आयोजनाका इन्जिनियर र प्रमुखले गरेको डिजाइन नै गलत हुँदा राज्यले करोडौँ भार खेप्नु परेको छ । तर आयोजना प्रमुखले हल्का रूपमा लिँदै थप मर्मत गर्ने बताउँछन । यो कम्पनीले सरकारलाई करोडौँ रुपैयाँ नोक्सानी भएको छ भने यातायात सञ्चालनमा समेत अतिजोखिम भएको छ ।
महँगो परम्परागत पहिरन ‘पुँको’
जिल्लामा लामा समुदायका महिलाले परम्परादेखि नै लगाउने बक्खु ‘पुँको’ मूल्य साढे एक लाख रुपियाँसम्म पर्ने गरेको छ । चाडपर्व र मेलापातमा महिलाले अनिवार्य गलाउने उक्त पोसाक निक्कै मेहनत गरी तयार गर्नुपर्ने भएका कारण मूल्य महँगो पर्ने गरेको हो । सिमकोट गाउँपालिका–३ क छपाल लामाले विशेष अवसरमा महिलाले लगाउने बक्खु ‘पुँको’ मूल्य एक लाख साठी हजारसम्म पर्ने बताउनुभयो । उहाँले उक्त पोसाक यसरी महँगो पर्नुका कारण ऊनको धागो तयार पारेर पाखी बुन्ने, रङ्ग लगाउने, सिलाउने, बक्खुको बाहुलामा सानो टु्क्रा बाघको छालासमेत राखिने भएका कारण भएको बताउनुभयो । लामा समुदायका महिलाले आफ्नो आर्थिक हैसियतअनुसार यी बक्खु तयार गर्ने वा खरिद गर्ने गर्नुहुन्छ । उहाँले कम मूल्यको बक्खुको ६० हजार रुपियाँ पर्ने बताउँदै महिलाले लामा समुदायले मनाउने माने, लोसार, रलिङ मेला, विशेष पाहुना गाउँमा आउँदा स्वागत सत्कारका बेला लगाउने गरिन्छ ।
सार्वजनिक सुनुवाइ नै गर्दैनन् स्थानीय तह
जिल्लाका अधिकांश स्थानीय तहले सार्वजनिक सुनुवाइ नै नगरेको पाइएको छ। सामाजिक जवाफदेहिताको औजारका रूपमा मानिने सार्वजनिक सुनुवाइ गाउँ तथा नगरपालिकाले नगर्दा सरकारले सञ्चालन गर्ने विकास गतिविधिको जानकारी पाउनबाट सर्वसाधारण वञ्चित हुने गरेका छन्।
फरार अभियुक्तको खोजी तीव्र
जिल्ला प्रहरी कार्यालय सुर्खेतले फरार व्यक्तिहरूको खोजीमा सक्रियता बढाएसँगै पछिल्ला दिनमा दैनिकजसो दोषी तथा अभियुक्तहरू पक्राउ परिरहेका छन्। जिल्ला अदालत सुर्खेतको विवरणअनुसार जिल्लामा सजाय तोकेका ९२२ जना फरार छन्। पुस मसान्तसम्मको प्रतिवेदनमा कैद जरिवाना लागेका ती व्यक्तिहरूबाट कुल एक हजार ९४९ वर्ष तीन महिना १९ दिन लगत कैद असुली हुन बाँकी छ। जसमा ९२१ जना स्वदेशी नागरिक छन्, एक जना विदेशी नागरिक छन्।
बालबालिकालाई शैक्षिक सामग्री
डोल्पाका अनाथ, गरिब र आर्थिक विपन्न बालबालिकालाई शैक्षिक सामग्रीसहित विद्यालय पोसाक वितरण गरिएको छ। त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोटमा रहेको महिला सामुदायिक सेवा समाजले सहयोग नेपाल सञ्जालको आर्थिक सहयोगमा त्रिपुरासुन्दरी नगरपालिकाभित्रका ११ वटा वडामा रहेका ३५ जना बालबालिकालाई शैक्षिक सामग्री तथा विद्यालय पोसाक वितरण गरेको हो।
नाग्म–गमगढी लोकमार्ग अवरुद्ध
हिमाली जिल्ला मुगुमा पहिलो पटक परेको हिमपातले नाग्म–गमगढी सडक अवरुद्ध भएको छ। घुच्चीलेकमा हिमपात हुँदा सडक अवरुद्ध भएको हो। यातयात व्यवसायी प्रेमसिङ रोकायाले मालवाहक र यात्रुवाहक दर्जनौँ गाडी घुच्चीलेकमै अलपत्र परेको जानकारी दिनुभयो। उहाँका अनुसार घुच्चीलेकदेखि बाँदखोलासम्म सडकमा झन्डै दुई फिटभन्दा बढी हिउँ जमेको छ।