• ११ मंसिर २०८१, मङ्गलबार

३७ वर्षपछि निर्माण भयो कालिकोटको सुनथराली विमानस्थल

blog

३७ वर्षपछि निर्माण सम्पन्न भएको कालिकोटको सुनथराली विमानस्थल । तस्बिर: विशाल

बिशाल सुनार

दुल्लु, चैत २५ गते । कालिकोटको सुनथराली विमानस्थल निर्माण सुरु भएको ३७ वर्षपछि सम्पन्न भएको छ । २०४२ सालबाट निर्माण सुरु भएको उक्त विमानस्थल २०७९ पुसमा सम्पन्न भएको थियो । यो विमानस्थलले अहिले जहाजको प्रतीक्षा गरेका छन् । 

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका –१ मा रहेको विमानस्थल निर्माण सुरु भएको ३३ वर्षपछि २०७३ साल माघ २९ गते कच्ची धावनमार्गमा परीक्षण उडान गरिएको थियो । त्यसयता जहाज आएको छैन । अहिले विमानस्थल कालोपत्रे गरी चिटिक्क पारिएको छ । 

२०८० वैशाख १ गते नयाँ वर्षसँगै औपचारिक उडान भर्ने भन्ने चर्चा छ तर ठोस टुङ्गो भने लागेको छैन । विमानस्थल सञ्चालनमा आएमा त्रिवेणी पाटन, बडिमालिकाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास स्थानीयले गरेका छन् ।