परिणाममुखी काम गर्न मन्त्री बस्नेतको निर्देशन
ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले कर्मचारीलाई बजेटको प्रभावकारी कार्यान्वयनको लागि प्रतिबद्ध भई कार्य सम्पादन गर्न निर्देशन दिनुभएको छ ।
सल्यानमा बस दुर्घटना हुँदा ६ जना घाइते
सल्यानमा आइतबार बिहान भएको बस दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।
सल्यानमा यात्रुवाहक बस दुर्घटना
आइतबार बिहान जिल्लाको बागचौर नगरपालिका १२ बाफुँखोलाबाट दाङ तुलसीपुर जाँदै गरेको रा १ ख २५४१ नम्बरको बस बागचौर नगरपालिका ७ कोटबारा चौफारी नजिक दुर्घटना भएको हो ।
जाजरकोटका सबै क्षेत्रमा खानेपानीको सुविधा सुनिश्चित गरिनेछ : ऊर्जामन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटका सबै क्षेत्रमा खानेपानीको सुविधा बिस्तार गरिने बताउनुभएको छ
जुम्लामा जिप दुर्घटनामा चालक र सहचालकको मृत्यु
जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार नाग्म गमगडि राजमार्गको कनकासुन्दरी ४ स्थित ठगुनेरामा जिप दुर्घटना भएको हो ।
छोरी बुहारीलाई पढाउन छात्रवृत्ति
कर्णाली प्रदेशमा छोरी बुहारीलाई कोटाभन्दा बढी छात्रवृत्ति दिएको छ । आर्थिक अभावले पढाइ बिचमै छोड्ने छोरी बुहारीका लागि ‘छोरी बुहारी छात्रवृत्ति’ कोटा बढाउन सुरु गरेको हो ।
सडक निर्माणको काम समयमै सक्न यातायात मन्त्री ज्वालाको निर्देशन
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मदन भण्डारी राजमार्गअन्तर्गत पूर्वी सुर्खेतको धुलियाविट–भेडाबारी सडक खण्डको काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
कर्णाली प्रतिष्ठानमा डायलासिस सेवा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डायलासिस सेवा सुरु गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छ वटा डायलासिस मेसिन उपलब्ध गराएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले डायलासिस सेवा शुभारम्भ गर्दै प्राथमिकताका आधारमा अस्पताललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
करोडको थोपा सिंचाइँ आयोजना अलपत्र
कालीकोटको रास्कोट नगरपालिकाले एक करोड लगानीमा निर्माण गर्दैगरेको थोपा सिंचाइँ आयोजना अलपत्र परेको छ । वडा ९ को ताम्ती, वालुखेत र फुकोट वस्तीको ४२ हेक्टर जमिनलाई सिंचाइँ दिने उद्देश्यका साथ स्थानीय सरकारले निर्माण कार्य सुरु गरेको थोपा सिंचाइँ आयोजना अलपत्र पारिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बजेट अभाव
बजेट अभावका कारण आवश्यक भौतिक संरचना र पूर्वाधार निर्माण हुन सकेको छैन ।
सहकारीबाट ठगिएका पीडित नागरिक प्रहरी कार्यालयमा
सुर्खेतमा शिवशिखर सहकारी संस्थाबाट ठगिएका पीडित नागरिकहरू प्रहरी कार्यालय धाउन थालेका छन् । सहकारीमा पैसा बचत गरेका नागरिकहरू अहिले लामो समयदेखि सहकारी बन्द भएपछि निरास छन् । सहकारी सञ्चालकहरु फरार रहेको प्रहरीले जनाएको छ ।
कर्णालीमा बाल सुधार गृह आवश्यक : मन्त्री पोखरेल
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले प्रदेशमा बाल सुधार गृहको अभाव खड्किएको बताउनुभएको छ ।
पूर्णिमामा धामी नाच
हुम्लाको सिमकोट गाउँपालिका–५ को बाडपाल देवताको माडुमा धामीहरू नाचेर साउने पूर्णिमा मनाइएको छ । वर्षौं वर्षदेखि यो पर्व यसरी नै मनाउने गरिएको हो । कालासिल्ता, मस्टो, हिल्सा, बाडपाल, घण्टपाललगायतका देवताका धामी आआफ्नो पालो अनुसार नाच्ने गर्दै गर्नुहुन्छ । यसका लागि दर्शालुहरू समेत यो वर्ष धेरै आएको स्थानीय तीर्थराज रोकायाले बताउनुभयो । एकादशीदेखि नै एक छाक मात्र खाएर व्रत बस्दै आउनुभएका धामीहरू नाचेर यो पर्व मनाउने गरिन्छ । यसलाई विशेष पर्व मानिएकाले जिल्लाभित्रका र जिल्लाबाहिर रहँदै आएकाहरू प्नि आआफ्नो घर पुग्ने गर्छन् ।
सुत्केरीलाई कोसेली
सिमकोट गाउँपालिकाको स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलालाई कोसेली उपहार दिने गरिएको छ। संस्थागत सुत्केरी गराउने सङ्ख्या शतप्रतिशत पु-याउन यस्तो व्यवस्था गरिएको हो। सिमकोट गाउँपालिका–२, ठेहे स्वास्थ्य चौकीका प्रमुख दानबहादुर बोहराले स्वास्थ्य चौकीमा प्रसूति गराइएकालाई प्रोत्साहनस्वरूप कोसेली उपहार दिइएको बताउनुभयो। उहाँले संस्थागत सुत्केरी सङ्ख्या शतप्रतिशत पु-याउन र पोषणमा सुधार ल्याउन यस्तो व्यवस्था गरेको बताउनुभयो।
पोल खुल्ने डरले हुँदैन जन्मदर्ता
बुवाआमाको बालविवाह वा बहुविवाहका कारण हुने सास्ती उनीहरूका छोराछोरीले बेहोर्नुपरेको छ। त्यसै कारण उनीहरूले बाल अधिकारको उपभोग गर्न पाएका छैनन्। बालविवाह वा बहुविवाह गरेका दम्पतीले आफ्ना सन्तानको जन्मदर्ता नगरिदिँदा यस्तो समस्या आएको हो। त्यस्ता सन्तानको जन्मदर्ता गर्दा आफूहरूको बालविवाह वा बहुविवाहको पनि पोल खुल्ने डर रहँदा उनीहरूले जन्मदर्ता नगराउने गरेको पाइएको छ। समयमै जन्मदर्ता नगराउँदा पोषण भत्ता, अपाङ्गता भत्तालगायत राज्यबाट प्रदान गरिने सेवा सुविधाबाट कर्णालीका धेरै बालबालिका वञ्चित छन्।
नमुना भवन विद्यालयलाई प्रदान
जिल्लाकै नमुना भवन विद्यालय परिवारलाई हस्तान्तरण गरिएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं १ मा निमार्ण गरिएको सुरक्षित लैङ्गिक मैत्री तथा समावेशी विद्यालयको नवनिर्मित भवन औपचारिक कार्यक्रमकाबीच विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको हो ।
दुर्गन्धित जाजरकोट खलङ्गा
भेरी नगरपालिकाले बजार क्षेत्रको फोहोर नियमित रूपमा नउठाउँदा र खलङ्गाको गैरीखाली बजारका व्यापारीले जथाभाबी फोहोर फाल्दा बजार नै दुर्गन्धित बनेको छ। स्थानीय व्यापारीले कुहिने र नकुहिने फोहोर जथाभाबी फाल्दै आएका छन्। गैरीखाली, पाँचकटिया, ब्याउलीढुङ्गा हुँदै जुम्ला जोड्ने सडकखण्ड अन्र्तगत जिल्ला प्रहरी कार्यालयनजिकै सबै कुशे गाउँपालिकादेखि सदरमुकाम खलङ्गाको प्रवेशका रूपमा रहेको गैरीखालीनजिकै जथाभाबी फोहोर फालिँदै आएको छ।
पार्किङमै खिया पर्यो मोटरसाइकल
कालीकोटको डिभिजन वन कार्यालयमा छ वटा मोटरसाइकल प्रयोगविहीन अवस्थामा छन्। कार्यालय प्रयोजनका लागि भनेर खरिद गरिएका मोटरसाइकल प्रयोगविहीन हुँदा खिया लागेर सकिने अवस्थामा पुगेको छ। कार्यालय प्रयोजनमा अहिले दुई मोटरसाइकल मात्र सञ्चालनमा छन्। राज्य कोषबाट खरिद गरिएका मोटरसाइकल प्रयोगविहीन अवस्थामा राख्नु नाजायज भएको स्थानीय बताउँछन्। डिभिजन वन कार्यालय कालीकोटका सूचना अधिकारी प्रकाश देवकोटाका अनुसार कार्यालय परिसरमा पार्किङ गरिएका मोटरसाइकल चलाउन नमिल्ने अवस्था छ। ती मोटरसाइकल कार्यालयले खरिद गरेको भन्दा पनि डिभिजन वन कार्यालयसँग साझेदारी गरिरहेका आशा कार्यक्रमबाट प्राप्त भएको दाबी देवकोटाको छ।
समन्वय नगरी धमाधम आयोजना
दिगो विकास र सुशासनको कार्यान्वयन गर्ने सरकारी कार्यालयले स्थानीय जिल्लाका सम्बन्धित निकायसँग समन्वय नै नगरी आफू अनुकूल योजना सञ्चालन गरिरहेका छन्। जुम्ला जिल्लामा कार्यालय स्थापना गरेर मुगुमा विभिन्न योजना सञ्चालनमा ल्याएका ती कार्यालयले सरोकारवाला निकायसँग समन्वय नगरेको पाइएको छ।
कुलाम्मे देवताहरुको तीर्थस्नान
कुलाम्ह देवतालाई विभिन्न धार्मिक क्षेत्रको दर्शन तथा गंगास्नान गराएर पवित्र बनाइ पूजाआजा गरिएको छ ।
राज्यबाट न्याय नपाएको पीडितको गुनासो
देशमा शान्ति स्थापना भएको १७ वर्ष बितिसक्दा पनि न्याय नपाएको द्वन्द्वपीडितहरूले गुनासो गरेका छन् । शान्ति स्थापनाका क्रममा बेपत्ता पारिएका व्यक्तिका विषयमा अहिलेसम्म पनि सरकार बेखबरजस्तो बनेको उनीहरूको आरोप छ ।
‘उमेर नपुगी विवाह गर्दैनौँ’
कालीकोटको तिलागुफा नगरपालिकामा पहिलो पटक दुई सय ६३ जना बालबालिका भेला भएर उमेर नपुगी विवाह नगर्ने घोषणा गरेका छन् ।
केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा महोत्सव
जुम्लाको सिञ्जा गाउँपालिका–४ स्थित बारेमा रहेको धार्मिक तीर्थस्थल केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा गाउँपालिकाका लागिपरेको छ ।
तिब्बती मार्ग हुँदै खाद्यान्न हिल्सा पुग्यो
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठामाडौबाट रसुवाको केरुङ नाका हुँदै तिब्बती मार्ग भएर आएको खाद्यान्न हिल्सामा आई पुगेको छ । खाद्यान्न लोड भएका गाडीहरूले केरुङबाट तिब्बती मार्ग हुँदै चीनको ताक्लाकोटबाट हिल्सा आई पुग्न तीन दिन लगाएका हुन ।