सेवाग्राहीका लागि वडाले ल्यायो टोलफ्रि नम्बर
कालीकोटको पचालझरना गाउँपालिका –९ ले टोलफ्रि नम्बर प्रयोगमा ल्याएको छ । वडा कार्यालयले नागरिकलाई सेवा लिन सहज होस् र कुनै सानो कामका लागि कार्यालयमै पुग्नुपर्ने अवस्थाको अन्त्यका लागि टोलफ्रि नम्बर प्रयोगमा ल्याएको हो ।
जिल्ला अस्पतालले माग्यो पूर्वाधार निर्माणमा सहयोग
जिल्ला अस्पताल मुगुले बिरामीलाई सेवा दिन आवश्यक पूर्वाधार नभएको भन्दै सहयोगका लागि अपिल गरेको छ । सेवाग्राहीलाई अस्पतालमा पिउने पानीदेखि सरसफाइमा सास्ती हुँदा जिल्ला अस्पताल विकास समितिले जिल्लाका दातासँग पूर्वाधार निर्माणका लागि सहयोग मागेको हो ।
रिक्साबाट मासिक तीन लाखसम्म आम्दानी
नेपाल र चीनको सिमाना हिल्सामा अटो रिक्सा चालकको दैनिक कमाइ राम्रो रहेको पाइएको छ । चीनको ताक्लाकोटबाट नेपालमा आउने सामान ओसार्ने कार्य गर्दा अटो चालकको कमाई राम्रो हुने गरेको हो ।
मुसीकोटमा सडक क्षेत्र फराकिलो पारिँदै
रुकुमपश्चिमको मुसीकोट नगरपालिकाले सडक क्षेत्र मिचेर बनाइएका अवैध संरचना हटाउने भएको छ । राप्ती राजमार्ग अन्तर्गतको सडक क्षेत्रमा सरकारबाट मुआब्जा बुझेका जिल्ला सदरमुकामको सेरीगाउँ, सल्ले र सोलाबाङ क्षेत्रमा बनाएका अवैध संरचना हटाउन नगरपालिकाले रातो चिह्न लगाएको छ । नगरपालिकाले सडक साँघुरिँदै गएको कारण सवारी व्यवस्थापनमा असहजता भएपछि मुआब्जा बुझिसकेका राप्ती राजमार्गको क्षेत्रमा निर्माण गरिएका संरचना हटाउने तयारी गरेको हो ।
बिपन्नका लागि निःशुल्क स्वास्थ्य बीमा
उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका बिपन्न वर्गका लागि निःशुल्क स्वास्थ्य बीमा गरेको छ । आर्थिक अवस्था कमजोर भएको परिवारका सदस्यलाई स्वास्थ्य उपचारमा सहयोग गर्न निःशुल्क स्वास्थ्य बीमा गरिएको गाउँपालिकाले जनाएको छ ।
स्वास्थ्य मन्त्रीको भ्रमणपछि जुम्लावासी खुसी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको जुम्ला भ्रमणपछि त्यहाँका बासिन्दा खुसी भएका छन् । मन्त्री बस्नेतले कर्णाली प्रदेशको जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रमण गरेर त्यहाँको स्वास्थ्य सेवा सुधारका क्षेत्रमा पहल कदमी गर्नुभएको छ ।
सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार
कालीकोटको खाँडाचक्र नगरपालिका –१० की एक सुत्केरी महिलाको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ । स्वास्थ्य चौकी पाखामा सुत्केरी भएकी बर्ष २० की बिमला गोरालको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
मेहेलकुना अस्पतालमा भौतिक पूर्वाधार अभाव
शय्या विस्तार गरिएपनि गुर्भाकोट नगरपालिकास्थित मेहेलकुना अस्पतालको भौतिक पूर्वाधारमा सुधार हुन सकेको छैन । पूर्वाधार अभाव हुँदा दैनिक सेवा प्रवाह गर्न समस्या भइरहेको अस्पतालका प्रमुख डा. सोजन सापकोटा बताउनुहुन्छ ।
माटोको ढिस्कोले च्यापिएर महिलाको मृत्यु
कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा माटोको ढिस्कोले च्यापिएर एक महिलाको निधन भएको छ । घर पोत्ने माटो लिन नजिकैको जङ्गल गएर माटो खन्ने क्रममा ढिस्कोले च्यापेर वडा नं ४ की २७ वर्षीया मिना शाहीको निधन भएको हो ।
सडक स्तरोन्नति सुरु
कर्णाली कोरिडोर अन्तर्गत सिमकोट–हिल्सा सडकको स्तरोन्नति सुरु भएको छ । सडकको ट्र्याक खुलाउने कार्य यसअघि भए पनि स्तरोन्नति अन्तर्गत ग्राभेल सडक निर्माण र सडक छेउमा नाला निर्माणको काम सुरु भएको हो । नाम्खा गाउँपालिका–४ का अध्यक्ष लातार लामाले कर्णाली कोरिडोरको इलिङ लेकदेखि सल्ली भिरसम्मको सडकको स्तरोन्नति सुरु भएको बताउनुभयो । हिल्सा–सिमकोट सडक आयोजनाका इन्जिनियर निरज राजवंशीका अनुसार सिमकोट–हिल्सा सडकको सडक चौडा गर्ने र नाला निर्माण गर्ने कार्य सुरु भएको हो ।
स्थानीयले बनाए काठेपुल
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–८ मा जनश्रमदानबाट दुई वटा काठेपुल निर्माण गरिएको छ । वडाको घट्टेखोला र ठोक्लाबाङखोलामा काठेपुल निर्माण गरिएको हो । स्थानीय टेकराज विश्वकर्माका अनुसार
टिपर चढेर धुलाम्मे हुँदै हिल्सा यात्रा गर्नुपर्ने बाध्यता
चीनको ताक्लाकोटमा कामका लागि हिल्सासम्म जानका लागि हुम्लावासीलाई टिपर चढेर हिल्सासम्म जानु पर्ने बाध्यता रहेको छ । बोलेरो जिप भन्दा भाडा दर कम पर्ने भएको कारण जोखिम उठाएरै भए पनि यात्रुहरू टिपर चढ्नु पर्ने बाध्यता रहेको हो ।
नगदसहित पाँच जुवाडे पक्राउ
मङ्गलबार बेलुका सिमकोट गाउँपालिका– ५ को बजार क्षेत्रको एकजनाको घरबाट जुवाको खालबाट पाँचजनालाई नगदसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
कर्णालीमा एमाले अधिवेशन
नेकपा (एमाले) को प्रदेश अधिवेशन नजिकिएसँगै कर्णालीमा नेता आन्तरिक छलफलमा व्यस्त देखिन्छन्। नेताले आफू निकट नेता, कार्यकर्तासँग छलफल चलाउन थालेका छन्।
हावाहुरीले मकैबाली नष्ट
हावाहुरीको कारण भित्र्याउने अवस्थामा रहेको मकैखेती नष्ट भएको हो ।
सिमकोट हिल्सा सडकको च्याछरा खण्ड बन्द हुने
कर्णाली करिडोरको सिमकोट हिल्सा सडकको चट्टानी भीरको क्षेत्र च्याछरामा यातायात सेवा बन्द हुने भएको छ ।
जीर्ण भवनबाट टेलिकमको सेवा
नेपाल टेलिकमको मुगु शाखाले जीर्ण अवस्थामा रहेको साँघुरो कार्यालयबाट सेवा दिँदै आएको छ ।
‘स्थानीय सरकार तलब बाँड्ने अड्डा जस्तो मात्र भएको छ’
खस राजा नागराजको शीतकालीन राजधानीको रूपमा रहेको दुल्लुलाई प्राचीन कालमा दुर्लङ्घ्य पर्वत अथवा दुर्लङ्घ्य देश भनिन्थ्यो । दुल्लु कृतिखम्मस्थित नेपाली भाषाकै पहिलो शिलालेख मानिने दामुपालको शिलालेख, कृतिखम्म, धर्मगद्धी, पौवा जस्ता अन्य शिलालेखमा दुल्लुको ऐतिहासिक वर्णन कुदिएको छ ।
टाठाबाठाकै पोल्टामा मुख्यमन्त्री रोजगार
कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री रोजगार कार्यक्रम पहुँचवालाले मात्र पाएको भन्दै सर्वसाधारणले आलोचना गरेका छन् । प्रदेश सरकारले न्यून आम्दानी भएकालाई रोजगारी दिन सो कार्यक्रम
सिँजामा खस पात्रो प्रयोग
सिँजा गाउँपालिकाले जुम्लेली खस भाषाको पात्रो निर्माण गरी पालिकामा लागु गरेको छ । गाउँपालिकाको ऐतिहासिक धार्मिकस्थल केदार महोत्सवका अवसरमा खस पात्रोसमेत सार्वजनिक गरिएको हो ।
अस्पतालमा भाइरल ज्वरोका बिरामी बढे
कालीकोटमा भाइरल ज्वरोको सङ्क्रमण बढेको छ । गाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेपछि अस्पतालमा बिरामीको चाप पनि बढेको छ ।
चट्याङ लागेर महिलाको मृत्यु
जाजरकोटको बारेकोट गाउँपालिकामा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका –५ तोल्खान निवासी २६ बर्षीय रेवती सिंहको मृत्यु भएको हो ।
लागू भएन स्थानीय पाठ्यक्रम
कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेर लागू गर्ने भन्दै नगरसभाबाट बजेट विनियोजन गरिएपनि अझै त्यो पाठ्यक्रम लागू हुन सकेको छैन ।
विद्यालयबाट फर्कँदा दाजु बहिनीको खोलाले बगाएर मृत्यु
रूकुम पश्चिममा खोलाले बगाउँदा एकै घरका दाजु बहिनीको मृत्यु भएको छ ।