जुम्ला समाचारदाता
जुम्ला, भदौ १९ गते । सिँजा गाउँपालिकाले जुम्लेली खस भाषाको पात्रो निर्माण गरी पालिकामा लागु गरेको छ । गाउँपालिकाको ऐतिहासिक धार्मिकस्थल केदार महोत्सवका अवसरमा खस पात्रोसमेत सार्वजनिक गरिएको हो ।
कर्णाली प्रदेश सभाका उपसभामुख यशोधाकुमारी न्यौपाने र गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले खस पात्रोको सार्वजनिक गर्नुभएको हो । उपसभामुख न्यौपानेले खस पात्रोले खस भाषाको प्रवर्धन गर्ने लिखित दस्ताबेज भएकोमा गाउँपालिकालाई धन्यवाद ज्ञापन दिनुभयो । उहाँले सिँजा गाउँपालिकाले खस भाषा र संस्कृतिका साथै पवित्रस्थल केदारनाथसहित सिँजा क्षेत्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्न आवश्यक रहेको बताउनुभयो । गाउँपालिकाले सार्वजनिक गरेको खसपात्रोमा महिनालाई वैशाख, जेठ, आषाढ, साउन, भदुव (भदौ), असोज, कात्तिक, मुंसिर (मङ्सिर), पुस, माग (माघ), फागुन र चईत राखिएको छ ।
पात्रोमा बारहरू आइतबार, सुमबार, माङ्लबार, बुधबार, बिहीबार, सुकबार र छुन्चरबार कायम गरिएको छ । खसपात्रोमा खस संस्कृति झल्किने कार्यव्रmम देउडा, हुड्के नाच, खस पहिरन, यहाँका धानखेतीसहितका बालीहरू, पुरातात्त्विक संरचनाहरू, ऐतिहासिक सिँजा उपत्यका, केदारनाथ क्षेत्रसहित विभिन्न स्थानको दस्ताबेजीकरण गरिएको छ । गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार खस पात्रो पनि खस भाषाको प्रवर्धनका लागि तयार गरिएको दस्ताबेज रहेको छ । त्यसमा खस भाषामा महìवपूर्ण तिथि, मिति र दिवस पनि उल्लेख गरिएका छन् ।