बहुविवाह गर्ने श्रीमानलाई मुद्दा हाल्न किन डराउँछन् महिला
मुलुकको कानुनले बहुविवहालाई दण्डनीय अपराध मानेको धेरै वर्ष भयो । मुलुकी अपराध संहिता २०७४ ले बहुविवहा गर्नेलाई ५ वर्षसम्म कैदको व्यवस्था पनि गरेको छ ।
डुङ्गाको यात्रा
कैलाली, पुस २ गते । कैलालीको टीकापुरदेखि बर्दिया जानका लागि कर्णाली नदीमा डुङ्गामा सवार यात्रुहरू । टीकापुरदेखि बर्दिया जान आउनका लागि दौलतपुर क्षेत्रमा यात्रुहरू डुङ्गाको प्रयोग गर्ने गर्दछन् । तस्बिरः रासस
बझाङको धलौनगाउँ
बझाङ, पुस २ गते । बझाङको साइपाल गाउँपालिका १ र २ वडा रहेको धलौनगाउँ । यहाँ पुग्न सवारी साधन पुगेको तलकोटबाट दुई दिन पैदल हिंड्नुपर्छ । यहाँबाट जिल्ला सदरमुकाम चैनपुर पुग्न तीन दिन लाग्छ । तस्बिरः रासस
नेपाल–भारत सीमा नाका आज दिनभरिका लागि बन्द
कैलालीसँग जोडिएको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाका आज दिनभरिका लागि बन्द गरिएको छ ।
भेटियो नयाँ प्रजातिको चरा
कञ्चनपुरमा नयाँ प्रजातिको चरा भेटिएको छ ।
स्वर्ण महोत्सव स्तम्भ शिलान्यास
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले वीरेन्द्र विद्या मन्दिरको स्वर्ण महोत्सव स्तम्भ शिलान्यास गर्नुभएको छ ।
चार वर्षसम्म पनि बनेन पुल
बाजुराको कोल्टी–मार्तडी सडकखण्डमा पर्ने बाउलीखोलामा चार वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन ।
हिउँदमा कर्णाली नदीमा डल्फिन
मनसुन अवधिभरि विभिन्न सहायक नदीमा देखापर्ने दुर्लभ डल्फिन हिउँदमा कर्णाली नदीमा देखा परिरहेका छन् ।
नगर प्रहरीले डेढ हजार सर्पको गर्यो उद्धार
नगर प्रहरीले दुई वर्षको अवधिमा डेढ हजारभन्दा बढी सर्पको उद्धार गरेको छ । धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले हालसम्म विभिन्न प्रजातिको एक हजार ५५४ सर्पको उद्धार गरेको हो ।
अपाङ्गता भएका नागरिकको राष्ट्रिय सर्वेक्षण गर्ने तयारी
नेपालमा अपाङ्गता भएका नागरिकहरुको राष्ट्रिय सर्वेक्षण गर्ने तयारी भैइरहेको छ ।
कैलालीका नदीमा बढे दुर्लभ घडियाल
कैलालीका तीन नदीमा दुर्लभ घडियाल गोही देखापरेका छन् ।
साईपालको चुचुरो
बझाङ, पुस १ गते । बझाङको तलकोट गाउँपालिका९४ लोकण्डबाट देखिएको साईपाल हिमालको चुचुरो । सात हजार ३१ मिटर उचाइमा रहेको साईपाल हिमाल तलकोटको लोकण्डबाट नजिकै देखिन्छ । तलकोट गाउँपालिकाको सबैभन्दा दुर्गम लोकण्ड गाउँ पनि २५ सय मिटरको उचाइमा रहेको छ । तस्बिरः रासस
विधेयकमाथि सुझाव लिँदै विधायन समिति
सुदूरपश्चिम प्रदेश सभाको विधायन समितिले स्थानीय सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसँग रायसुझाव सङ्कलन गर्न सुरु गरेको छ ।
कमैया बस्तीमा नमुना विद्यालय
बस्तीका बिचमा चिटिक्क परेको, पर्खालले घेरिएका भवन छन् । गेटभित्र लहरै अशोकका बिरुवा देखिन्छन् । हरेक बिरुवासँगै व्यक्तिको नाम लेखिएको छ ।
नुन लिन वडाको सिफारिस
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराले नुन लिन वडाको सिफारिस अनिवार्य गरेको छ ।
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शिक्षामा समयानुकूल परिमार्जन आवश्यक रहेको बताउनुभएको छ। कैलालीको टीकापुरस्थिति वीरेन्द्र विद्यामन्दिर सार्वजनिक शैक्षिक गुठीको स्वर्णस्तम्भ शिलान्यास कार्यक्रममा उहाँले बदलिँदो समयानुसा शैक्षिक रूपान्तरण जरूरी रहेको बताउनुभएको हो।
‘गलत कार्यको अनुसरणले सहकारीमा समस्या’
भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गलत कार्यको अनुसरणले सहकारीमा समस्या आएको बताउनुभएको छ।
बन्द अवस्थामा हावाबाट निकालिएको वायु ऊर्जा केन्द्र
अछामको कमलबजारमा अवस्थित हावाबाट निकालिएको २० किलोवाटको वायु ऊर्जा । वायु ऊर्जाको सामानहरुमा समस्या देखिएपछि पछिल्लो समय बन्द अवस्था रहेको छ ।
टीकापुरबाट व्यावसायिक उडान सुरु
टीकापुर हवाइमैदान पुनः सञ्चालनमा आएको छ । आइतबार तारा एयरले व्यावसायिक उडान भरेपछि पुनः सञ्चालनमा आएको हो ।
सीपले बनायो हरिरामलाई आत्मनिर्भर
ख्याउटे ज्यान, चाउरी परेको मुहार । फिस्स हाँस्दा एउटा मात्र दाँत देखिन्छ । ७६ वर्षमा हरिराम चौधरीको जाँगर तन्नेरीभन्दा कम छैन ।
मुख्यमन्त्रीको एक महिनाको पारिश्रमिक विद्यालयलाई
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एक महिनाको पारिश्रमिक आफू पढेको विद्यालय वीरेन्द्र विद्या मन्दिरको स्वर्णमहोत्सवलाई दिने घोषणा गर्नुभएको छ ।
खैरो हेरोइनसहित दुई भारतीय पक्राउ
प्रहरीले ११.८३ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले भीमदत्त नगरपालिका–४ सब्जी मण्डी जाने रोडबाट उनीहरुलाई पक्राउ गरेको हो ।
प्रदेश सभाको विधायन समितिले विधेयकबारे प्रदेशभर सुझाव लिँदै
सुदूरपश्चिम प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिले स्थानीय सेवाको गठन तथा सञ्चालन तथा सेवाका सर्त सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि राय सुझाव सङ्कलन गरेको छ ।
७५ हजार किसान सूचीकृत
किसान सूचीकरण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका ७५ हजार किसान सूचीकृत भएका छन् ।