बझाङमा ४३ प्रतिशतले गरे मतदान
बझाङ क्षेत्र नम्बर १ (क) मा दिउँसो २:३० बजेसम्म ४३ प्रतिशत मतदान भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले दिउँसो सो समयसम्म २६ हजार १९६ मत खसेको बताउनुभयो ।
बझाङमा ३७ प्रतिशतले मतदान गरे
बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा दिउँसो भएपछि मतदान गर्नेको सङ्ख्या बढेको छ । बिहान ११ बजेसम्म १५ प्रतिशत मतदान भएको सो क्षेत्रमा दिउँसो १ः३० बजेसम्म ३७ प्रतिशत मतदान भएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले बताउनुभयो ।
घाइते अवस्थामा बाघ देखा परेपछि वनमा प्रवेश निषेध
शुक्लाफाँटा नगरपालिका-८ बैजनाथ सामुदायिक वन क्षेत्रमा घाइते अवस्थामा बाघ देखापरेपछि वन क्षेत्रमा प्रवेश रोक लगाइएको छ ।
बझाङमा बिहान ११ बजेसम्म १५ प्रतिशत मतदान
बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा आज बिहान ११ बजेसम्म १५ प्रतिशत मतदान भएको छ । सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता रहेकोमा बिहान ११ बजेसम्म १५ प्रतिशत मतदाताले मतदान गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले बताउनुभयो ।
डढेलोले सामुदायिक वनमा क्षति, एकको जलेर मृत्यु
डढेलोले यहाँ सामुदायिक र सरकारी वनजङ्गल सखाप पार्दै आएको छ । सुख्खायाम र आगलागी हुँदा समुदायले वर्षौँदेखि जोगाएका वनजङ्गल नासिँदै गएका छन् ।
बझाङमा बिहान १० बजेसम्म ७.५ प्रतिशत मतदान
बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१ ) मा आज बिहान १० बजेसम्म ७.५ प्रतिशत मतदान भएको छ । सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता रहेकोमा बिहान १० बजेसम्म चार हजार ६३२ मतदाताले मतदान गरेका छन् ।
बझाङमा बिहान ८ बजेसम्म २.५ प्रतिशत मतदान
बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१ ) मा आज बिहान ८ बजेसम्म २.५ प्रतिशत मतदान भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले सो कुराको पुष्टि गर्नु भएको हो ।
बझाङमा उत्साहपूर्वक मतदान हुँदै
बझाङ प्रदेश सभा निर्वाचन [१] मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताउनुभयो ।
बझाङमा मतदान सुरु
बझाङका (१ ) मा निर्धारित समय अनुसार आज बिहान ७ बजे मतदान सुरु भएको छ । उपनिर्वाचन हुने प्रदेश सभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९३ मतदान केन्द्रमा मतदान सुरु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले बताउनुभयो ।
किसानको पीडा : आगोले गहुँबाली खायो, अब हामी के खाने ?
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ बाबास्थानका सन्तोषबहादुर मगरले महिनौ मिहेनत गरेर फलाएको गहुँ काटेर घर भित्र्याउने तयारीमा हुनुहुन्थ्यो । त्यही बेला गत साता एक्कासी आगलागी भएपछि गहुँबालीको थुप्रो खेतमै जलेर खरानी भयो ।
चितुवाको आक्रमणबाट घाइते
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चितुवाको आक्रमणमा परी एक युवक घाइते भएका छन् ।
प्रधानमन्त्रीलाई डेढ सय बालबालिकाको चिठी
बैतडीको पाटन नगरपालिकाका १५० जना बालबालिकाले प्रधानमन्त्रीलाई ‘मैले चाहेको शिक्षा’ विषयमा चिठी लेखेका छन् । गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका लागि लेखेको चिठी शुक्रवार जिल्ला प्रशान कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाइएको छ ।
सेती लोकमार्ग निर्माणमा ढिलाइ, अझै खुलेन ट्र्याक
कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ जोड्ने सेती लोकमार्गको काममा ढिलाइ भएको छ । पर्याप्त बजेट नहुँदा सो लोकमार्ग निर्माण सुरु भएको १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्र्याक खुलेको छ ।
अपाङ्गता भएकालाई सामग्री सहयोग
धनगढी उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायता सामग्री वितरण गर्ने भएको छ । उपमहानगरपालिकाको २ सय ९० जना अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायता सामग्री वितरण गर्न लागेको हो ।
अमरगढी किल्लाका हतियार हराए
जिल्ला सदरमुकामको खलङ्गामा ऐतिहासिक ढुङ्गे अमरगढी किल्ला रहेको छ । अमरगढी नगरपालिका–५, खलङ्गामा अवस्थित यो किल्ला छ हजार ५०० फिट उचाइमा अवस्थित छ । सो किल्ला ढुङ्गा, माटोसँगै काठले बनेको छ । यसको आकार सिंहको टाउकोको जस्तो छ । तत्कालीन राजा रणबहादुर शाहको शासनकाल १८४७ साल भाद्र ३१ गते नेपाल एकीकरणको सिलसिलामा डोटेली राज्यको नारीदाङमा युद्ध भएपछि विशाल डोटी राज्य नेपाल अधिराज्य राज्यमा गाभिएको थियो ।
आगलागीका कारण बोटबिरुवा नष्ट, जीवजन्तु सङ्कटमा
सुक्खायाम सुरु भएदेखि दार्चुलाका विभिन्न सामुदायिक वनमा आगलागी भएको छ । आगलागीका कारण बोटबिरुवा जलेर नष्ट हुनका साथै जीवजन्तु सङ्कटमा परेका छन् । गत फागुन २५ गतेदेखि हालसम्म विभिन्न सामुदायिक वनमा नियमित आगलागी भइरहेको र आगलागी नियन्त्रण गर्न समस्या भइरहेको डिभिजन वन कार्यालयका वन अधिकृत लालबहादुर विश्कर्माले बताउनुभयो । उहाँका अनुसार, दार्चुलामा १८६ वटा सामुदायिक वन छन् । जसमध्ये १८ वटा सामुदायिक वन आगलागीको उच्च जोखिममा रहेको बताइएको छ ।
उपभोक्तालाई ग्यास सिलिण्डर र चुलो सहयोग
सामुदायिक वन जोगाउन उपभोक्ताहरूलाई एलपी ग्यास सिलिण्डर र चुलो सहयोग गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका–१२ नक्फोडुवामा रहेको जनता सामुदायिक वन उपभोक्ता समूहले खानापकाउने दाउराका लागि सामुदायिक वनमा आश्रित समूहका उपभोक्ताहरूलाई नवनिर्मित भवन उद्घाटनको अवसरमा ग्यास सिलिन्डर र चुलो वितरण गरेको हो ।
आप्रवासन नीतिमाथि सुदूरपश्चिममा छलफल
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालको श्रम तथा आप्रवासन नीतिका विषयमा छलफल गरेको छ ।
बझाङ उपनिर्वाचन : उम्मेदवारका साझा एजेण्डामा ताक्लाकोट सडक
शनिबार हुने प्रदेश सभा १ (१) को निर्वाचनका लागि बझाङमा उम्मेदवारले फेरि पनि आफ्ना साझा एजेण्डाका रूपमा ताक्लाकोट सडकलाई अघि सारेका छन् ।
चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु
कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना निर्माण सुरु भएको छ । चुरे गाउँपालिका–२, ४ र ६ गरी तीन वडामा छवटा सिँचाइ योजना निर्माण सुरु गरिएको हो ।
सिँचाइ योजना अलपत्र, खेतीयोग्य जमिन बाँझो
जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले सञ्चालन गरेको सिँचाइ योजना अलपत्र परेपछि किसान खेतीयोग्य जमिन बाँझो राख्न बाध्य भएका छन् । सिगास गाउँपालिका–१, स्यापागैर सिँचाइ योजना विगत चार वर्षदेखि अलपत्र परेको छ । सो कार्यालयले निर्माण सुरु गरेको योजना पूरा नहुँदा अधिकांश जमिन बाँझो भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा २० लाख रुपियाँमध्ये १३ लाख रुपियाँ खर्च गरेर योजना सुरु गरेको हो । तर २०८१ साल आइसक्दासम्म योजना पूरा हुने/नहुने टुङ्गो लाग्न सकेको छैन । सिँचाइका लागि खरिद गरिएका पाइप जङ्गलमा अलपत्र छन्, केही पाइप आगोले पोलिएका छन् ।
चित्रकलामा भविष्य खोजिरहेकी निर्मला
कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । उहाँ पढाइसँगै घरखर्च जोहो गर्नका लागि चित्र बनाउँदै आउनुभएको छ ।
द्रुतमार्ग निर्माणमा बजेट अभाव
सुदूरपश्चिम प्रदेशको मुख्य सहर धनगढीदेखि डोटीको दिपायल हुँदै बझाङ चैनपुर–उरै भन्ज्याङसम्म जोड्ने द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणका लागि बजेट अभाव भएको छ । चालु आर्थिक वर्षमा सरकारले पठाएको बजेट खर्च भइसकेकाले सम्पन्न हुनुपर्ने बाँकी कामका लागि बजेट अभाव देखिएको हो । धनगढी–दिपायल–चैनपुर–उरै भन्ज्याङ सडक योजना कार्यालयका अनुसार, चालु आर्थिक वर्षमा फास्ट ट्र्याकका लागि २५ करोड रुपियाँ बजेट आएको थियो । प्राप्त बजेट खर्च भएकाले बाँकी रहेको काम गर्न रकम अभाव भएको कार्यालयका सूचना अधिकारी दिनेश रौखेलाले बताउनुभयो । बजेट अभाव हुँदा निर्माण कम्पनीलाई भुक्तानी दिन समस्या भएको उहाँले बताउनुभयो ।
नरभक्षी चितुवा खोज्न क्यामरा
मानव र वन्यजन्तु (चितुवा) बिच द्वन्द्व बढेपछि नरभक्षी चितुवा र बँदेलको गतिविधि नियाल्न ग्वाल्लेक संरक्षित वन क्षेत्रमा ५० वटा स्वचालित क्यामरा जडान गरिएको छ । तल्लोस्वराड क्षेत्रको मेलौली, शिवनाथ र पञ्चेश्वरमा २८ जना चितुवाको आक्रमणबाट मरिसकेका छन् । चितुवा र जङ्गली बँदेलको आक्रमणमा परेर २० जनाभन्दा बढी घाइते भएका छन् । मानवले थापेको पासोमा परेर १२ वटा चितुवाको पनि मृत्यु भएको छ । मानव र वन्यजन्तुबिच द्वन्द्वबढेपछि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रम अन्तर्गत ग्वाल्लेक, मेलौली नगरपालिका–३, सलेना, तिताबै र महारुद्र क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको क्यामरा ट्र्यापर सुमन मल्लले जानकारी दिनुभयो ।