• ३० जेठ २०८२, शुक्रबार

चट्याङ लागेर एक जनाको मृत्यु

blog

कैलाली, जेठ २९ गते । कैलालीमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–२ झिलका २६ वर्षीय उपेन्द्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो ।

आज बिहान घर नजिकैको खेतमा हिँडिरहेका शाहीलाई चट्याङ लाग्दा घट्नास्थलमै मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो । रासस