सामुदायिक वनमा लागेको डढेलो
डोटी जिल्ला सदरमुकाम सिलगढी नजिकैको सामुदायिक वनमा लागेको डढेलो । गर्मी बढे सँगै जिल्लाका विभिन्न बनजङ्गलमा डढेलो लाग्ने क्रम बढिरहेको छ ।
गठबन्धनबाट एकीकृत समाजवादीका सोडारीको दाबी पेस
सुदूरपश्चिम प्रदेशमा सङ्घीय समीकरण दलबाट मुख्यमन्त्रीमा नेकपा (एस) का संसदीय दलका नेता दीर्घबहादुर सोडारीले दाबी पेस गर्नुभएको छ ।
बझाङ (क)को उपनिर्वाचन : मतदाता फकाउन उम्मेदवार गाउँगाउँमा
बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरु गाउँ–गाउँ पुगेर मतदातासँग आफ्नो पक्षमा मत गर्न आग्रह गर्न थालेक छन् ।
सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी आज ५ बजेसम्म
सुदूरपश्चिम प्रदेशमा सङ्घीय समीकरणमा भएका दल मिलेर आज बेलुका ५ बजेभित्र मुख्यमन्त्री पदको दाबी गर्ने समय निर्धारण गरिएको छ ।
बर्सेनि मासिँदै कैलालीका वन
बाढीपीडित, पहिरोपीडितलगायत प्राकृतिक विपत्ति र आफ्नो निश्चित आवास नभएकाहरूका कारण जिल्लाको वन क्षेत्र बर्सेनि मासिँदै गएको छ ।
पच्चिस प्रतिशत पनि भएनन् उत्तीर्ण
कैलालीको भजनी नगरपालिकामा सामुदायिक विद्यालयहरूको कक्षा ८ (आधारभूत तह) को नतिजा निराशाजनक देखिएको छ । सो पालिकामा २०८० सालको नतिजा विगत वर्षको तुलनामा निराशाजनक देखिएको हो । यस नगरपालिकामा २३ विद्यालयबाट जम्मा ७८९ विद्यार्थीले परीक्षा दिएका थिए । तीमध्ये १८९ जना (२३.९५ प्रतिशत) विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । दुई विद्यालय शून्य भएका छन् । अधिकांश विद्यालयको उत्तीर्ण सङ्ख्या न्यून छ । परीक्षा दिएकामध्ये छ सय विद्यार्थीले कक्षा ८ पास गर्न सकेनन् । फेल भएकामध्ये १४४ जनाले गे्रड वृद्धिको अवसर पाएका छन् । नगरपालिकाको कार्यालयले प्रकाशित गरेको नतिजा अनुसार राष्ट्रिय माध्यमिक विद्यालय पचमुडियाबाट ४८ विद्यार्थी परीक्षामा सहभागी भएकामा कोही पनि पास हुन सकेनन् ।
किन्नी झरनामा बढ्दै पर्यटक
बाजुराको त्रिवेणी नगरपालिका–५ मा रहेको किन्नी झरनामा आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो समय यो झरनाको सामाजिक सञ्जालबाट प्रचारप्रसार हुँदै गएपछि आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको हो । करिब ७० फिट उचाइबाट झर्ने यो झरनाको मनमोहक दृश्यले डोटी, अछाम, बाजुराका आन्तरिक पर्यटकलाई आकर्षित गरेको स्थानीय व्यापारी बजिरे बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “वसन्त ऋतुको आगमनसँगै झरना हेर्न आउने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको छ ।” जिल्लाका अन्य ठाउँबाट आएकाले झरनामुनि बसेर सेल्फी खिच्ने र रमाउने गरेको बुढाले बताउनुभयो ।
सुदूरपश्चिमकै सबैभन्दा ठुलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा
सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता भएको चिस्यान केन्द्र ‘कोल्डस्टोर’ ऋणको बोझले बन्द हुने अवस्थामा पुगेको छ । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको उक्त चिस्यान केन्द्र बैङ्कको ऋण तिर्न नसक्दा लिलामी हुने अवस्थामा छ ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसले सोडारीलाई उम्मेदवार बनाउने
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमाले अनिर्णीत हुँदा मुख्यमन्त्रीको दाबी प्रस्तुत भएन
सुदूरपश्चिम सङ्घीय समीकरणमा रहेका दल मिलेर सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) लाई मुख्यमन्त्री दिने सहमति भए पनि नेकपा (एमाले) ले कुनै निर्णय नगर्दा बुधबार साँझसम्म मुख्यमन्त्रीको दावेदारी प्रस्तुत हुन सकेन ।
कैलालीमा चैते धान उत्पादन बढ्ने अनुमान
कैलालीमा यस वर्ष चैते धान खेती बढ्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । पालिकामा चैते धान खेतीसम्बन्धी कार्यक्रम विस्तार भएकाले गत वर्षभन्दा यो वर्ष चैते धान खेती बढ्ने कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्र शर्माले बताउनुभयो ।
अपिमा स्वास्थ्य शिविर : ६९४ ले लिए सेवा
दार्चुलाको दुर्गम स्थानीय तह अपि हिमाल गाउँपालिकामा चार दिने स्वास्थ्य शिविर सञ्चालन भएको छ । सुदूरपश्चिम प्रदेश सरकार र अपि हिमाल गाउँपालिकाको सहकार्यमा नेपाल फार्मेसी सङ्घ र सिपी अस्पताल धनगढीले चार दिने स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
सुदूरपश्चिमका सिमानाका शुक्रबारसम्म बन्द
भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सिमानाका बन्द भएका छन् । बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका बन्द गरिएका हुन् ।
टीकापुरमा पोषणमैत्री स्थानीय शासनबारे छलफल
कैलालीको टीकापुरमा पोषणमैत्री स्थानीय शासनबारे छलफल भएको छ । ‘पोषणमैत्री स्थानीय शासन पालिका’ घोषणाका लागि भइरहेका योजना तथा कार्यान्वयनको अवस्थाबारे छलफल भएको हो ।
मेसिनको प्रयोगबाट चैते धान रोपियो
डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि ज्ञान केन्द्र डोटीले शिखर नगरपालिकासँगको समन्वयमा जिल्लामा पहिलो पटक मेसिनबाट धान रोप्न सुरु गरेको हो ।
विद्यार्थी घट्दा शिक्षक चिन्तित
बाजुराका अधिकांश विद्यालयलाई यो वर्षको नयाँ विद्यार्थी भर्ना अभियानमा कक्षा ६ र ९ मा विद्यार्थी कसरी ल्याउने भन्ने चिन्ता परेको छ । बुढीगङ्गा नगरपालिका र खप्तडछेडेदह गाउँपालिकालगायतका गाउँपालिकाले लिएको शैक्षिक सत्र २०८० को पालिकास्तरीय परीक्षामा कक्षा ५ र ८ का अधिकांश विद्यार्थी अनुत्तीर्ण भएपछि यो वर्ष यहाँका विद्यालयलाई ६ र ९ कक्षामा नयाँ विद्यार्थी भर्नाको चिन्ता परेको हो ।
अपाङ्गता भएकाको खण्डीकृत तथ्याङ्क ल्याउनुपर्नेमा जोड
१० प्रकारमा वर्गीकृत नेपाली अपाङ्गता भएका नागरिकको खण्डीकृत तथ्याङ्क ल्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सोमबार धनगढीमा आयोजित खण्डीकृत तथ्याङ्क सर्वेक्षणका लागि तयार पारिन लागेको प्रश्नावलीमा सरोकारवाला निकायसँग गरिएको प्रदेशस्तरीय परामर्श कार्यशालामा सहभागीले यस्तो विचार राख्नुभएको हो ।
सुदूरपश्चिम मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः आव्हान
सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले दुई दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुनः आव्हान गर्नुभएको छ ।
मुक्तहलिया पुनः स्थापना अलपत्र
स्थानीय तहले कानुन निर्माण नगर्दा मुक्तहलिया पुनः स्थापना कार्य अलपत्र परेको छ । स्थानीय तहले कार्यविधि निर्माण नगर्दा पुनः स्थापनाको काम अगाडि बढ्न नसकेको हो ।
सुदूरपश्चिममा समाजवादीको समर्थन फिर्ता
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन नेकपा (एकीकृत समाजवादी) ले मङ्गलबार फिर्ता लिएको छ ।
झुलाघाट नाका बन्द
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द हुने भएको छ । भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।
सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको मुख्य ‘एजेण्डा’ हुनुपर्ने बताउनुभएको छ । ‘समुदायमा कांग्रेस संवाद कार्यक्रम’मा महामन्त्री थापाले विकासका सावलमा दलहरुबीच राष्ट्रिय बहस छलफल गरी साझा धारणा बनाउन, भ्रष्टाचार निर्मूल गर्न र कानुनी शासनलगायतका मुद्दामा कांग्रेसले नेतृत्व गर्नुपर्ने बताउनुभयो ।
बस दुर्घटनामा अछामका एक युवककाे मृत्यु
भारतको पुना (पुणे)बाट धनगढी आउँदै गरेको बस दुर्घटनामा घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
महुवा सङ्कलन सिजन सुरु
कैलालीसहित तराईका वनमा पाइने औषधीय गुण भएको महुवा सङ्कलनको सिजन सुरु भएको छ । महुवाको फूल झर्न थालेपछि ग्रामीण क्षेत्रमा यसको सङ्कलन थालिएको हो । गाउँघरमा स्थानीय थारू समुदायले महुवाबाट सुगन्धित मदिरा बनाउने गरेका छन् । महुवा झर्न थालेकाले ग्रामीणवासीले सङ्कलनको काम सुरु गरेको कैलारी गाउँपालिका–५, बैजपुरकी कविता चौधरीले बताउनुभयो ।