• ७ पुस २०८१, आइतबार

दार्चुलामा उत्साहजनक मतदान, ६९ प्रतिशत मत खस्यो

blog

मतपेटिका संकलन गरिदै । तस्विरः लोकेन्द्र जोशी

लोकेन्द्र जोशी

दार्चुला, मङ्सिर १६ गते । दार्चुलाको दुहुँ गाउँपालिका–५ मा उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ । कुल एक हजार २७२ मतदाता रहेको दुहुँ ५ मा बेलुकी ५ बजेसम्म करिब ६९ प्रतिशत अर्थात् ८७७ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दुई वटा केन्द्र रहेको दुहुँ ५ गरमोराको (क) केन्द्रमा महिला २१४, पुरुष २२३ गरी जम्मा ४३७ मत र (ख) केन्द्रमा महिला २६२, पुरुष १७८ गरी जम्मा ४४० मत खसेको छ । 

दुहुँ गाउँपालिका-५ को दुवै केन्द्रमा गरी वडाध्यक्ष पदका लागि जम्मा ८७७ मत खसेको मुख्य निर्वाचन अधिकृत पुष्पराज पाण्डेले बताउनुभयो । दुहुँ ५ को वडाध्यक्षमा चार जनाको उम्मेदवारी छ । मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबिचमा हुने आङ्कलन गरिएको छ । दुहुँ ५ का तत्कालीन वडाध्यक्ष मनोरथ भट्टको निधन भएपछि उपनिर्वाचन भएको हो ।