बाजुरामा फेरि भूकम्प
बाजुरामा गए राती फेरि भूकम्पको धक्का महसुस भएको छ । बुढीगङ्गा नगरपालिकाको बाह्रबिस वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
योजना कार्यान्वयनमा बजेट अभाव
टीकापुर नगरपालिकाले अल्पकालीन योजना तय गरेको समयावधि सकिएर समीक्षा गर्ने बेलासम्म पनि दीर्घकालीन तथा अल्पकालीन योजना पूरा गर्न सकेको छैन । २०७७ सालमै बृहत् योजना बनाएको यस पालिकालाई बजेट र जनशक्तिको अभावमा योजना पूरा गर्न समस्या देखिएको हो ।
जीर्ण भवनभित्र कहालीलाग्दो पठनपाठन
शैल्यशिखर नगरपालिका–७, दोबाटास्थित भैरवनाथ आधारभूत विद्यालयको भवन जीर्ण हुँदा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ । शैल्यशिखर, लेकम र मालिकार्जुन सीमा क्षेत्रमा रहेको यो विद्यालय २०६८ सालमा स्थापना भएको हो । स्थानीयवासीले जस्तापाताको छानो हालेर दुई कोठाको विद्यालय भवन (कच्ची टहरो) बनाए पनि पुनर्निर्माण गर्न नसक्दा पठनपाठनमा समस्या भएको छ । भवनको छानामा राखिएको जस्तापातामा खिया लागेको छ ।
परीक्षामा उत्कृष्ट अनाथ विमल कामी
बाजुराको बुढीगङ्गा नगरपालिका –२ स्थित वसन्त प्राविका छात्र विमल कामी नगरकै पहिलो भएका छन् । शैक्षिक सत्र २०८० सालको कक्षा ५ को बुढीगङ्गा नगरपालिकाकाले गत चैतमा लिएको नगर स्तरीय परीक्षामा कामीले सबै भन्दा बढी अङ्क ल्याएर नगरकै पहिलो भएका हुन् ।
सुदूरपश्चिममा १५ लाख थान पाठ्यपुस्तक बिक्री
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा १५ लाख ११ हजार थान पाठ्यपुस्तक बिक्री वितरण गरेको जनाएको छ ।
टीकापुरमा लैङ्गिक हिंसा तथा बाल संरक्षणका कार्यको नक्साङ्कन
कैलालीको टीकापुरमा लैङ्गिक हिंसा तथा बाल संरक्षणका क्षेत्रमा पालिका र सेवा प्रदायक सङ्घसंस्थाले गर्ने कार्यको नक्साङ्कन गरिएको छ ।
अछाममा ट्याक्टर दुर्घटना हुँदा दुई घाइते
पञ्चदेवल विनायक नगरपालिका–२ मा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । विनायकबाट तोली गइरहेको ट्याक्टर दुर्घटना हुँदा चालक बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाका २५ वर्षीय महेश भारती र सहचालक पञ्चदेवल विनायक नगरपालिका–२ का २७ वर्षीय नेत्र विक रहनुभएको छ ।
शिक्षामा पच्चिस करोड लगानी, असी प्रतिशत अनुत्तीर्ण
पाटन नगरपालिकाले सामुदायिक विद्यालयमा वार्षिक २५ करोड रुपियाँ खर्च गर्दै आए पनि नगरस्तरीय परीक्षामा भने ८० प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् । शैक्षिक सत्र २०८० कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी पाटनका ३५ वटा विद्यालयका ६५२ विद्यार्थीमध्ये १३७ जना मात्रै उत्तीर्ण भएका छन् ।
क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई कारबाही
नयाँ वर्ष तथा बिसुपर्व नजिकिएसँगै सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै सवारीसाधनले क्षमताभन्दा दोब्बर यात्रु ओसार्न थालेका छन् । क्षमताभन्दा बढी यात्रु ओसार्दा दुर्घटनाको जोखिम पनि बढेको छ । तराईबाट पहाड प्रवेशको मुख्य नाका कैलालीको अत्तरियाबाट आउने अधिकांश सवारीसाधनमा यात्रुको चाप दोब्बर देखिएको छ ।
सामुदायिक वनमा आगलागी
सुक्खायाम सुरु भएसँगै चैतको महिनाको अवधिमा सात वटा सामुदायिक वनमा आगलागी भएको छ । कतै अज्ञात समूह र कतै ससाना बालबालिकाले बालेको आगोबाट सामुदायिक वनमा आगलागी भएको हो । चैत २४ देखि २६ सम्म बुढीगङ्गा नगरपालिका रातोमाटो सल्लेरी, रिठाबिरा, डोइला, खोकेलालगायत सात वटा सामुदायिक वनमा आगलागी भएको स्थानीय बताउँछन् ।
किसानले विद्यालयलाई बेचे एक करोड सत्र लाखको तरकारी
दार्चुलाका विद्यालयमा दिवा खाजा कार्यक्रमबाट विद्यार्थीसँगै किसानले समेत प्रत्यक्ष लाभ प्राप्त गरिरहेका छन् । एक वर्षको अवधिमा दार्चुलाका दिवा खाजा कार्यक्रम लागु भएका ३३६ विद्यालयले किसानबाट एक करोड १७ लाखभन्दा बढीको तरकारी किनेर विद्यार्थीलाई खुवाएका छन् ।
सहाराको खोजीमा हलियाका बालबालिका
बाजुरामा बसोबास गर्दै आएका हजारौँ हलिया परिवारका बालबालिका यतिबेला सहाराको खोजीमा छन् । अर्काको घरमा काम गरी पेट पाल्दै आएका हलिया परिवारलाई पछिल्लो समय साहुले धमाधम घरबाट निकाल्न थालेपछि बालबालिका सहाराको खोजीमा रहेका हुन् ।
नयाँ गठबन्धनमा जाने नागरिक उन्मुक्ति पार्टीको निर्णय
नागरिक उन्मुक्ति पार्टीले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ। सो पार्टीको संसदीय दलको बुधबार धनगढीमा बसेको बैठकले नयाँ गठबन्धनमा जाने निर्णय गरेको हो।
भारतको बेतालघाटमा दुर्घटना : शव परीक्षण सकेर नेपाल ल्याइँदै
सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाटमा सडक दुर्घटनामा परी मृत्यु भएका सात जना नेपालीको शव आज नेपाल ल्याइँदै छ ।
मेसिन बिग्रिदा खानेपानीको सुविधाबाट वञ्चित शुक्लाफाँटाका स्थानीय
एक सातादेखि खानेपानी आयोजनाको मेसिन बिग्रिएपछि शुक्लाफाँटा नगरपालिका-४ का बासिन्दा खानेपानीको सुविधाबाट वञ्चित भएका छन् ।
बझाङ उपनिर्वाचन: उम्मेदवारलाई चुनाव चिह्न प्रदान
बझाङमा आगामी वैशाख १५ गते हुने प्रदेशसभा निर्वाचनका लागि ११ राजनीतिक दलका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ ।
रुखबाट खसेर बालकको मृत्यु
जङ्गलमा झ्याउ निकाल्ने क्रममा रुखबाट खसेर रामारोशनमा एक बालकको मृत्यु भएको छ । रामारोशन गाउँपालिका–५ निवासी १४ वर्षीय पुरन रोकायाको रुखबाट खसेर मृत्यु भएको हो ।
शैक्षिक सुधारका लागि १० वर्षे शिक्षा नीति आवश्यक
सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालले सुदूरपश्चिमको शैक्षिक क्षेत्रको सुधारको लागि १० वर्षे शिक्षा नीति आवश्यक भएको बताउनुभएको छ ।
टीकापुरमा विपद् व्यवस्थापन पूर्वतयारीको अनुगमन
उक्त मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय पञ्जीकरण विभाग, नेपाल रेडक्रस सोसाइटी र डेनिस रेडक्रसका प्रतिनिधि सहभागी भएको अनुगमन टोलीले विपद् व्यवस्थापनका क्रममा गरिएका असल अभ्यास, आउँदा दिनका पूर्वतयारी र प्रतिकार्यबारे अझ प्रभावकारी ढङ्गले काम गर्न सुझाव दिएको थियो ।
अपि हिमालको आधार पर्यटन प्रवर्धन
दार्चुला सदरमुकाम खलङ्गादेखि २३ कोस टाढा रहेको अपि हिमाल गाउँपालिकाभित्र साबिकको खण्डेश्वरी र घुसा गाविस पूरै, गुल्जर र शितोला गाविसका केही भाग समेटेर छ वडामा विभाजन गरिएको छ । ६१३.९५ वर्गकिलोमिटर क्षेत्रफल रहेको यो पालिकाको पूर्वमा बझाङ, पश्चिममा नौगाड गाउँपालिका, दक्षिणमा मार्मा गाउँपालिका र उत्तरमा व्यास गाउँपालिका छन् । करिब सात हजार जनसङ्ख्या रहेको यस पालिकामा सुदूरपश्चिमकै अग्लो हिमाल अपि हिमालसहित नाम्पा, कापचुली र जेठी बौरानी रहेका छन् ।
न्यायको अनुभूति बिना कानुनी राज्य स्थापना हुन सक्दैन : प्रधानन्यायाधीश श्रेष्ठ
सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायको अनुभूति बिना राज्यमा कानुनी राज्य र जबाफदेहिता स्थापना हुन नसक्ने बताउनुभएको छ।
साहित्यकारद्वय त्रिपाठी र बन्धुलाई मनिराज वाङ्मय पुरस्कार
नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीले दुई जना साहित्यकारलाई मनिराज वाङ्मय पुरस्कार प्रदान गरेको छ।
हात्तीको आक्रमणले टीकापुरमा एक जनाको मृत्यु
हात्तीको आक्रमणबाट टीकापुरमा एक महिलाको ज्यान गएको छ। मङ्गलबार बिहान १० बजेतिर खोटेना भुराखानी सामुदायिक वनमा घाँस काटन गएकी टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ की ४४ वर्षीया जसुदेवी बटालालाई हात्तीले आक्रमण गरेपछि ज्यान गएको हो।
महाकाली कोरिडोर बजेट अभावमा योजना सुस्त
नेपाल-भारत र चीनसित नाका जोड्ने योजनासहित निर्माणाधीन महाकाली कोरिडोरको काम बजेट अभावले सुस्त भएको छ । कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने कोरिडोर अन्तर्गत साना र ठुला गरी २० खण्डमा ठेक्का लगाइ काम गरिएको थियो ।