अविनाश चौधरी
धनगढी, मङ्सिर १६ गते । जिल्ला समन्वय समितिको प्रमुखमा निर्विरोध निर्वाचित टीका चौधरी भुलले आज पदभार ग्रहण गर्नुभएको छ । कैलाली जिल्ला अदालतमा पद तथा गोपनीयताको शपथ ग्रहणपछि उहाँले कार्यभार सम्हाल्नुभएको हो ।
यसअघि, जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेले उहाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । भुल नेपाली कांग्रेसबाट जिल्ला समन्वय समिति प्रमुखमा निर्विरोध निर्वाचित हुनुभएको छ । तत्कालीन जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।